×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

४० वर्षीया सुशीला कक्षा ८ को परीक्षा दिँदै

  •  
  • बिहिबार, चैत ११, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :कोल्मा बराहचौर उमाविका कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिँदै गरेकी सुशीला विक ।

    भवानी अधिकारी
    स्याङ्जा: पढ्नका लागि उमेर र पेसाले छेक्दैन । जहाँ इच्छा त्यहीँ उपाए भने झैं कोल्मा बराहचौरकी ४० वर्षीया सुशीला श्रेष्ठ विक अहिले कक्षा ८ को जिल्ला स्तरीय परीक्षा दिइरहेकी छन् । बुधबारसम्म उनले ५ वटा परीक्षा दिइसकेकी छन् । कोल्मा गाविसस्थित कोल्मा बराहचौर उच्चमाध्यमिक विद्यालयको कक्षा ८ की नियमित छात्रा हुन् विक ।
    कक्षा ७ देखि सो विद्यालयमा भर्ना भएकी विक नियमिततर्फका विद्यार्थी हुन् । पति पदमबहादुर विक वैदेशिक रोजगारका लागि खाडी मुलुकमा छन् । दुई छोरीमध्ये एक कक्षा १२ र अर्की ७ मा पढ्दै छन् भने एक छोरा कक्षा २ मा पढ्दैछन् ।
    कोल्मा बराहचौर उच्चमाध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेकी सुशीला विक कोल्मा गाविस ९ वडा बराहखोलाको महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् । घर, परिवार, समाज, बालबालिका, समाजसेवामा क्रियाशील विकले आफ्ना सबै जिम्मेवारी बिहान बेलुकाको समयमा मिलाएर दिउँसो नियमित विद्यालय जाने गरेको बताउँछिन् ।
    सुशीला भन्छिन्, ‘सधैं विद्यालय जाने गरेकी छु, तर काम विशेषले एक दिन जान पाइनँ भने पनि दुःख लाग्छ ।’ उनी विद्यालयमा नियमित आउने र मेहनत गर्ने छात्रा भएको विद्यालयका प्राचार्य मधुकुमार गुरुङले जानकारी दिए ।
    पाल्पा माइती भएकी सुशीलाले १७ वर्षअघि पदम विकसँग अन्तर्जातीय प्रेम विवाह गरेकी हुन् । विद्यालय पढ्दै गर्दा प्रेम विवाहपछि रोकिएको पढाइलाई छोराछोरी विद्यालय गएपछि निरन्तरता दिइन् । पढाइलाई निरन्तरता दिने र एसएलसी पास गर्ने चाहना उनको छ ।
    घरपरिवार, बालबच्चा, खेतीपाती र सामाजिक सेवामा खटिएर पनि विद्यालय पुगेर नियमित अध्ययन गर्ने सुशीलाजस्ता महिला समाजका लागि उदाहरणीय भएको बताउँछन् कोल्मा निवासी दिलकुमार भुजेल । जुनसुकै उमेरमा पनि अध्ययन गर्न सकिने बताउँदै सुशीलाजस्ता धेरै महिला सुशीला बन्नुपर्नेमा भुजेलले जोड दिए ।
    यसैगरी नेपाल प्रहरीमा असई भइसकेका दूतप्रसाद नेपालीले कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिएका छन् । नेपालीले पनि पनि यही चैत ४ गतेबाट सञ्चालित कक्षा ८ को परीक्षा दिएका हुन् । उनी भने नियमित विद्यार्थी होइनन् । उनको पनि खुल्ला विद्यालयबाट एसएलसी पास गर्ने चाहना छ । ३६ बर्से नेपाली पनि कोल्मा गाविसवासी हुन् । प्रहरी जवानबाट जागिर सुरु गरेका नेपाली हाल पोखरामा असई पदमा कार्यरत रहेको विद्यालयका प्राचार्य मधुकुमार गुरुङले जानकारी दिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.