×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

दशगजा अतिक्रमण तीव्र, २ सय ५४ सीमास्तम्भ गायब

  •  
  • बिहिबार, चैत ११, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    झापाको घेराबारीस्थित पिलर नम्बर १३० निर्माण गर्दै नापी विभागका प्राविधिक र भारतीय सीमा सुरक्षा बलका जवान ।तस्बिर : पर्वत/कान्तिपुर

    चैत्र ११, २०७२- नेपाल र भारतबीचको सीमा छुट्याउने झापाका दुई सय ५४ वटा स्तम्भ ‘गायब’ छन् । हराएका भनिएका स्तम्भको खोजी गरेर पुरानै ठाउँमा कायम गरिने नापी विभागले जनाएको छ ।

    झापामा साना, ठूला र मझौला गरी नौ सय ८९ वटा स्तम्भ पर्छन् । विभागको टोली पाँच महिनायता सीमा स्तम्भको व्यवस्थापनमा जुटेको छ । हराएका र काम नलाग्ने अवस्थाका स्तम्भ पुन: नयाँ बनाइने अधिकृत सुशील डंगोलले जनाए ।

    ‘पहिले अवस्था पत्ता लगाउँछौं, त्यसपछि सम्बन्धित स्थानमा पुन: स्थापना गर्छौं,’ डंगोलले भने । उनका अनुसार दुई सय १५ वटा स्तम्भ मर्मत र ५० वटा नयाँ निर्माण गरिएको छ । हराएकालाई पुन: बनाउने, जीर्णलाई मर्मत गर्ने र रंगरोगनको काममा दुवै देशका अधिकारी सहभागी छन् ।

    दुवै मुलुकका नापी विभागका प्रतिनिधि, भारतीय सशस्त्र सीमा बल र नेपालको सशस्त्र प्रहरी त्यसमा खटिएका छन् । टोलीका अनुसार पाँच सय आठ वटा स्तम्भ साधारण मर्मत गरे हुने अवस्थामा छन् । ‘७६५ वटाको निरीक्षण गरिसक्यांै,’ डंगोलले भने ।

    यसअघि जिल्ला प्रशासन, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नापीसहितका प्रतिनिधि सम्मिलित टोलीले ०६७ माघ २० देखि फागुन १ सम्म झापामा सीमा र स्तम्भहरूको अनुगमन गरेको थियो । अनुगमनपछि टोलीले ५६ ठूला, मझौला तीन र दुई सय ५७ वटा साना गरी तीन सय १६ स्तम्भ साबुत अवस्थामा रहेको, एक सय दुई ठूला, १९ मझौला र दुई सय ५० साना गरी तीन सय ७१ स्तम्भ तत्काल मर्मत गर्नुपर्ने प्रतिवेदन दिएको थियो ।

    दशगजा अतिक्रमण तीव्र
    अन्तर्राष्ट्रिय कानुनमा सीमा क्षेत्रको करिब ३० फिट वारिपारि केही गर्न पाइँदैन । दसगजा भनिने यो क्षेत्रमा नेपाल र भारत दुवैतिरबाट बराबर जमिन भोग गरेको पाइएको छ । भारतसँग सीमा जोडिएको झापाको मेचीनगर, महेशपुर, घेराबारीलगायत क्षेत्रमा दुवैतर्फबाट दसगजा अतिक्रमण गरिएको पाइएको नापी विभाग स्रोतले जनाएको छ । ‘दुवैतिर दसगजा अतिक्रमण गरेर घरखेत बनाएको पाइयो,’ डंगोलले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.