×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

पाकुल्लीका घरमा बस्दा के गरे ह्यारीले

  •  
  • मङ्गलबार, चैत ०९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     फोटो :बेलायतका राजकुमार ह्यारी सोमबार लमजुङ गैडा गाविसको लेउरानी गाउँमा मंगली तामाङको परिवारसँग रातिको खाना खाँदै । तस्बिरः रासस
    दीपक अधिकारी
    गौंडा (लमजुङ): गाउँमा कहिल्यै उच्च ओहोदाका व्यक्ति नदेखेकी पूर्वी लमजुङको विकट गाउँ गौंडा ४ भिरकुनाकी ८६ वर्षीया पाकुल्ली गुरुङ सोमबार निकै खुसी देखिइन् । उनलाई भेट्न बेलायती राजकुमार ह्यारी घरमै आउँदैछन् भन्ने सुनेकी उनी दिनभरि कुरेर बसिरहिन् ।
    गाउँमा बेलायती राजकुमारको आगमनले उनी मात्रै होइन, सबै गाउँले हौसिए । उनको स्वागतका लागि बालकदेखि वृद्धसम्म स्थानीय गुरुङ र तामाङ भेषभूषामा सजिएर हातमा राष्ट्रिय फूल गुराँससँगै खादा लिएर बसेका थिए ।
    नेपाली सेनाको हेलिकोप्टरबाट दिउँसो २:५५ बजेमा बर्दिया राष्ट्रिय निकुञ्जबाट भिरकुना झरेका ह्यारीलाई स्थानीय उलीदेवी महिला समूह र सन्तोषी आमा समूहका महिला, उलीदेवी युवा क्लबका युवकयुवती र स्थानीय विद्यालयका बालबालिकासँगै बाबा समूहले भव्य स्वागत गरे ।
    निलो जिन्स पाइन्ट, जुत्ता र सर्ट लगाएर गाउँ आएका ह्यारी बालबालिकासँग निक्कै झ्याम्मिए । वडा नागरिक मञ्चकी संयोजक सरस्वती गुरुङले ह्यारीलाई स्थानीय बासिन्दाले तयार पारेको झोला उपहार दिइन् । स्वागतले हौसिएका ह्यारीले निवृत्त बेलायती सेनाका परिवारसँग अन्तरंग कुराकानी गर्नसमेत भ्याए ।
    पूर्वबेलायती सेना स्व. बलराम गुरुङकी पत्नी पाकुल्ली गुरुङको भूकम्पले भत्काएको घर हेर्दै टोलाएका ह्यारीले उनको भित्री इच्छासमेत बुझ्ने प्रयास गरे । शारीरिक रूपमा अशक्त छोरा चोकबहादुर गुरुङसँगै बस्दै आएकी उनलाई ह्यारीले प्रश्न गरे, ‘लाहुरेसँग विवाह गरेकोमा खुसी लाग्छ ? ‘ ह्यारीलाई उनले जबाफ दिइन्, ‘खुसी छु ।’
    बेलायती सेनामा हुँदा इन्डोनेसिया र बु्रनाईमा लडाइँ लडेका बेलायती पूर्वसेनाका ‘फस्र्ट÷सेकेन्ड’ जीआर रजमान गुरुङ गोरखा वेलफेयर स्किम (जीडब्लूएस) को सहयोगमा भूकम्पले भत्काएको घर बनाउँदैछन् । निर्माणाधीन उनको घरमा ह्यारी आइपुग्दा रजमानदम्पती निक्कै खुसी देखिन्थे । ‘बेलायतबाटै हामीलाई भेट्न आउँदा निकै खुसी लाग्यो नि’, रजमानले भने ।
    गोर्खा पूर्वसैनिकका परिवार भेटेपछि पदयात्राका लागि निस्किएका ह्यारीलाई हेर्न स्थानीय बासिन्दाको ओइरो लागेको थियो । ‘त्यस्तो राजा मान्छे पनि पैदल कसरी हिँड्ने रहेछन् भनेर आएका हौं’, गौंडा ३ का रनबहादुर गुरुङले भने । उनले भिरकुनादेखि गौंडाको लेउरानीसम्म झन्डै एक घन्टा पैदल यात्रा गरे ।
    ह्यारीले सोमबार राति गौंडा ७ लेउरानीस्थित मंगली तामाङको घरमा बिताएका छन् । स्थानीयले देखाएको सोरठी तामाङ सेलो हेर्दै रमाएका ह्यारीले सूर्यास्तको अवलोकन पनि गरे ।
    पाँचदिने नेपाल भ्रमणमा आएका ह्यारीले मंगलबार बिहान सूर्योदय हेरेपछि गौंडा १ ओखरीस्थित भूकम्पले क्षति पुर्‌याएको गोरखा वेलफेयर स्किम (जीडब्लूएस) द्वारा निर्माणाधीन १० कोठे गौंडा माध्यमिक विद्यालयको अवलोकन गर्ने जानकारी गोरखा वेलफेयर ट्रस्ट लमजुङका प्रमुख क्याप्टेन बालकृष्ण गुरुङले दिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत ०९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.