×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गुरुङ गीतमा नाचे ह्यारी

  •  
  • मङ्गलबार, चैत ०९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – आश गुरुङ, गौँडा(लमजुङ)
    तस्बिरहरु : आश गुरुङ/कान्तिपुर

    चैत्र ८, २०७२- तामाङ सेलो गीतमा ३ जना नाचिरहेका थिए । बेलायती राजकुमार ह्यारी मुसुक्क हाँस्दै थपडी बजाइरहे । त्यसअघिको सोरठी नाच्दा उनी थकित मुद्रामा थिए ।

    ह्यारीलाई गौँडा ७, लेउरानीमा तामाङ र गुरुङ समुदायको सँस्कृति झल्किने नाच देखाइने कार्यक्रम बनेको थियो । सोमबार साँझको समय । ‘ह्रामिनो, ए ङोलो ठागु, रोधीँर्बै डम्फू मादल (बजाइदेउ, ए सोल्टी जेठा, रोधीँको डम्फू र मादल) गीत गुञ्जिरहेको थियो । गीतको बोलबारे उनले सहयोगीलाई सोधिरहेका थिए । गोर्खा वेलफेयर स्कीम (जीडब्ल्यूएस), एरिया वेलफेयर अफिसर लमजुङका क्याप्टेन बालकृष्ण गुरुङ र गोर्खा मेजर प्रकाश गुरुङले गीतबारे जानकारी गराइरहेका थिए ।

    गुरुङ गीतमा २ युवा र २ युवती नाचिरहँदा ह्यारीले कुम हल्लाए । उनको हाउभाउमा उनी राजकुमारको हाउभाउ थिएन । उनले गीत बुझेर कुम हल्लाएको भने होइन । उनलाई संगीतले जुरुक्क बनाएको थियो । नाच्दै गरेका भीरकुनाकी गंगा र जमुना गुरुङले ह्यारीको हात समाए । उनले एकबचन ‘सरी’ भने । तर, गंगाजमुनाले उनलाई उठाएरै छाडे । असिना परेपछि खुल्ला आकाशमुनी उनी आउन सकेनन् । सवै टहराभित्रै छिरे । गंगा र जमुनासंगै ह्यारी पनि नाचे । उनी नाचेको तस्बिर र भिडियो खिच्न नेपाली पत्रकारमात्रै नभई बेलायती पत्रकार नछाडमछाड थियो ।

    गीत बजरिहँदा उनले २ मिनेट नाचे । उनले लामो हाँसे । गंगा र जमुनाले ह्यारीको हात छोडेनन् । ‘हामी १ घण्टा हिँडेर आयौँ । संगै नाच्ने धोको हो’ जमुनाले भनिन्, ‘संगै नाचियो । फोटो पनि खिचियो । रमाइलो भयो । यस्तो मौका कहिले पो आउँछ र ।’ ह्यारी नाच्दा बेलायती राजदूत रिचर्ड मोरिस मख्ख थिए । स्थानीयको कलासंस्कृतिलाई मन पराएर ह्यारीले २० हजार रुपैयाँ दिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत ०९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.