×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

पुनर्निर्माण प्राधिकरणमा हाजिर भएका कर्मचारी पनि हिँड्न थाले

  •  
  • सोमबार, चैत ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र ८, २०७२- कर्मचारी आकर्षित गर्न पुनर्निर्माण प्राधिकरणमा काम गर्नेलाई शत प्रतिशत भत्ताको व्यवस्था गरे पनि सहसचिव भने जानै मानेका छैनन् । सामान्य प्रशासन मन्त्रालयले प्राधिकरणमा हालसम्म सरुवा गरेमध्ये ४ जना सहसचिव हाजिर नै नभई अन्यत्र सरुवा भएका छन् ।

    बल्लबल्ल हाजिर भएर केही समय काम गरे पनि आएलगत्तै उनीहरू पनि अन्य निकायमा सरुवाको माग गर्दै हिँड्ने गरेका छन् । प्राधिकरणम आउनै नमान्ने र आएका समेत हिँड्न थाले पनि सरुवा गरिएका १० मध्ये ३ जना सहसचिव मात्रै बाँकी भएका छन् । हालसम्म समान्य प्रशासन मन्त्रालयले पटकपटक गरी १० जना सहसचिवलाई प्राधिकरणमा सरुवा गरिसकेको छ ।

    ‘पछिल्लो समय काजमा पठाइएकामध्ये ३ जना अन्यत्रै सरुवा भइसके छन्,’ मन्त्रालयका सचिव टंकमणि शर्माले भने, ‘पहिले सरुवा भएका तीनमध्ये एकको अर्को ठाउँमा सरुवा भइसक्यो ।’ पछिल्लो पटक सरुवा गरिएका कुलप्रसाद चुडाल, आनन्दराम रेग्मी र शत्रुधन पुडासैनी प्राधिकरणमा हाजिर नै नभई अर्को निकायमा पोस्टिङ भएका छन् । सचिव शर्माका अनुसार उनीहरू क्रमश: रक्षा, आपूर्ति र श्रम मन्त्रालयमा सरुवा भएका छन् ।

    यसअघि अर्थ मन्त्रालयको वैदेशिक महाशाखाको जिम्मेवारी सम्हालेका सहसचिव मधु मरासिनीलाई प्राधिकरणमा सरुवा गरे पनि उनले पनि हाजिर गरेनन् । हाल उनी योजना अयाोगमा छन् ।

    ‘पछिल्लो समय सरुवा गरिएकामध्ये बाँकी तीन प्राधिकरणमा हाजिर भए कि भएनन् जानकारी आउन बाँकी नै छ,’ शर्माले भने । बाँकी तीन सहसचिवमा सुशील पाण्डे, रवि भट्टराई, जनार्दन गुरागाई हुन् । यसमध्ये गुरागाई भने प्राधिकरणमा हाजिर भएका छन् । ‘योभन्दा अघिल्लो पटक सरुवा गरिएका तीनमध्ये सहसचिव सुरेश अधिकारी सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भइसक्नुभएको छ,’ उनले भने । हालका सहसचिव तथा प्रवक्ता अधिकारी सञ्चार मन्त्रालयमा सोमबारबाटै हाजिर हुँदै छन् ।

    अब प्राधिकरणमा तीन जना मात्रै सहसचिव बाँकी भएका छन् । कालिकाप्रसाद पराजुली, रामप्रसाद थपलिया र जनार्दन गुरागाई प्राधिकरणमा बाँकी रहेका हुन् । ‘प्राधिकरणका लागि आवश्यक कर्मचारी व्यवस्थापन गर्न सहसचिवको खोजी गरिरहेको छु,’ सचिव शर्माले भने, ‘इच्छुक भेटिनेबित्तिकै सरुवा गरिने छ ।’

    प्राधिकरण स्थापना भएलगत्तै कर्मचारीको आकर्षण नभएपछि तलबको शत प्रतिशत भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । प्राधिकरणले उच्च तहका कर्मचारी अभावका कारण पुनर्निर्माणसम्बन्धी काम अघि बढाउन कठिनाइ भएको जनाउँदै आएको छ ।

    प्रशासनबाहेक प्राविधिक तर्फका कर्मचारी सरुवा नै गर्न नसकेर प्राधिकरणलाई पुनर्निर्माणको काम अघि बढाउन कठिनाइ भइरहेको छ । प्राधिकरणका लागि २९ प्राविधिकहरूको आवश्यकता छ । यसमध्ये दुई जना प्राविधिक काजमा सरुवा भई हाल काम गरिरहेका छन् ।

    इन्जिनियरहरू नहुँदा पुन:स्थापना योजना, घरको सुपरिवेक्षण तथा नक्सा निर्माण, ग्रामीण पुनर्निर्माण योजना तयार गर्न समस्या भइरहेको प्राधिकरणले जनाएको छ ।

    हाल प्रशासनिक कर्मचारीले नै प्राधिकरणमा काम गरिरहेका छन् । प्राधिकरणमा २ सय ८ जना कर्मचारी आवश्यक छन् । हालसम्म ९१ कर्मचारी प्राधिकरणका लागि तोकिएका छन् । सरुवा भएकामध्ये धेरैजसो कर्मचारी प्राधिकरणमा हाजिर हुन पुगेका छैनन् ।

    प्राधिकरणले कानुनतर्फका कर्मचारी पनि नभएकाले समस्या भइरहेको जनाउँदै आएको छ । हाल कानुनतर्फ उपसचिवको दरबन्दी स्वीकृत भएको छ । कानुन मन्त्रालयले अहिलेसम्म उपलब्ध नगराएको प्राधिकरणले जनाएको छ ।

    खासगरी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को योग्यताको विषयलाई लिएर क्षमतावान् कर्मचारी प्राधिकरणमा जान नमानेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीले जनाएका छन् । यसबाहेक प्राधिकरणमा बढी काम, अतिरिक्त कमाइ नहुने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अनुगनकारी निकायको तारो, कामका लागि सर्वसाधारणको सम्भावित दबाब खेप्नुपर्नेलगायत कारणले कर्मचारीहरू जानै नमानेका हुन् ।

    कर्मचारी नै नभएपछि प्राधिकरणले उपक्षेत्रीय कार्यालयहरू स्थापनाको प्रक्रियासमेत अघि बढाउन सकेको छैन । प्राधिकरणले भूकम्प प्रभावित १४ जिल्लामध्ये ७ ठाउँमा उपक्षेत्रीय कार्यालय स्थापनाको तयारी गरिरहेको छ । काठमाडौं र भक्तपुरका लागि काठमाडौंमा एक उपक्षेत्रीय कार्यालय रहने छ । ललितपुर र मकवानपुरका हेर्ने गरी ललितपुरमा उक्त कार्यालय स्थापना हुने छ ।

    गोरखा र धादिङका लागि गोरखा, नुवाकोट र रसुवाका लागि नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीका लागि धुलिखेल, दोलखा, रामेछाप र ओखलढुंगाका लागि दोलखामा उपक्षेत्रीय कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ । उपक्षेत्रीय कार्यालयको नेतृत्व सहसचिवले गर्ने व्यवस्था गरिएको छ । सहसचिव नै नभएपछि कार्यालय स्थापनाको प्रक्रिया अघि बढ्न सकेको छैन ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.