×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल र चीनबीच पारवहनसहित महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

  •  
  • सोमबार, चैत ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :प्रधानमन्त्री ओली र समकक्षी ली खछ्याङको उपस्थितिमा सहमतिपत्र लेनदेन गर्दै । तस्बिर: पिपुल डेली चाइना
    सन्तोष घिमिरे
    समुन्द्रीमार्गको व्यापारमा भारतको एकाधिकार तोडियो 
    काठमाडौंः नेपाल र चीनबीच पारवहन तथा यातायात, खुल्ला व्यापार क्षेत्र व्यवस्थापन र ग्यास पेट्रोलको अन्वेषण सम्बन्धी सम्झौतामा सोमबार बेइजिङमा  हस्ताक्षर भएको छ ।
    बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङको उपस्थितिमा यो महत्वपूर्ण सम्झौता भएको हो ।
    पारवहन तथा यातायात सम्झौतामा हस्ताक्षर भएपछि नेपालले समुन्द्री मार्गबाट भारतसँग गर्दै आएको एकाधिकार पनि तोडिएकोछ ।
    प्रधानमन्त्रीका परराष्ट्र विज्ञ गोपाल खनालका अनुसार आजको सम्झौतापछि नेपालले अब चीनको ग्वान्झाओस्थित समुन्द्री बन्दरगाहबाट तिब्बतको स्वशासितक्षेत्र हुँदै सामान आयात निर्यात गर्न पाउने भएको छ ।
    सोमबार बिहान दुई देशका प्रधानमन्त्रीबीच पारवहनलगायतका महत्वपूर्ण विषयमा सम्झौता भएपनि यद्यपी बहुप्रतिक्षित इन्धन आयात सम्बन्धी सम्झौतामा भने हस्ताक्षर हुन सकेन ।
    दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको ग्यास तथा पेट्रोलको अन्वेशण सम्बन्धी सम्झौतामा भने हस्ताक्षर भएको छ ।
    नेपालले यसअघि भारतका कोलकातासहितका बन्दरगाहबाट मात्रै समुन्द्रीमार्गको प्रयोग गरेर सामान आयात निर्यात गर्ने गरेको थियो । अब भने चीनको ग्वान्झाओ बन्दरगाहबाट पनि सामान आयात निर्यात गर्न पाउने भएको छ ।

    त्यस्तै चीनले नेपालका ३२ हजार घरधुरीलाई सोलार प्यानल अनुदान दिने भएको छ ।
    पोखरा विमानस्थलको निर्माणका लागि आवश्यक ऋण सहयोगमा पनि नेपाल र चीनबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार पोखरा विमानस्थल निर्माणका लागि चाहिने रकम चीनले बिना व्याज नेपाललाई ऋण सहयोग उपलब्ध गराउनेछ ।
    त्यस्तै हुम्लाको हिल्सा र तिब्बत जोड्ने पुल चीनले बनाइदिने भएको छ ।
    यसैगरी नेपाल र चीनबीच विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य अघि बढाउन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान र चिनियाँ एकडेमिक साइन्सेजबीच पनि सहकार्यका लागि बेग्लै सम्झौता भएको छ ।
    त्यस्तै चीनका विभिन्न सहर र नेपालका काठमाडौं, पोखरा लगायतका सहरसँग भगिनी सम्बन्ध स्थापनाका लागि पनि दुई देशबीच सम्झौता भएको छ ।
    त्यस्तै चीनमो ग्वान्झाओमा नेपालको महावाणिज्य दूतावास स्थापना गरिने भएको छ । आर्थिक कारोबारलाई प्रभावकारी बनाउन नेपालमा चिनियाँ बैंकका शाखा खोल्नुका साथै चीनमा पनि नेपाल बैंकका शाखा खोलिने भएकोछ  ।
    यसरी प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीन बीच विभिन्न १० विषयमा फरक फरक सम्झौता भएको छ ।

    नेपाल र चीनबीच भएका सम्झौता
    १) पारवाहन तथा यातायात सम्झौता
    २) स्वतन्त्रव्यापार सम्झौता
    ३) ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता
    ४) सुविधायुक्त ऋण सम्झौता
    ५) पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता
    ६) नेपालमा ग्यास तथा इन्धनको अन्वेषण गर्ने सम्झौता
    ७) हुम्लाको हिल्सामा पुल निर्माण गर्ने सम्झौता

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.