×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

पीडितका कुटीमा राजकुमार

  •  
  • सोमबार, चैत ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    उपेन्द्र लामिछाने

    भक्तपुरको व्यासीस्थित भूकम्प पिडितको शिविरमा पस्दै बेलायती राजकुमार ह्यारी। तस्बिर : उपेन्द्र लामिछाने भक्तपुरको व्यासीस्थित भूकम्प पिडितको शिविरमा पस्दै बेलायती राजकुमार ह्यारी। तस्बिर : उपेन्द्र लामिछाने
    भक्तपुर- वैशाख १२ को भूकम्पपछि शिविरको कष्टकर बसाइ। लगातार अनुकम्पनसँगै घर भत्कनुको पीडाले अझै लयमा फर्किनसकेको दैनिकी। भक्तपुर, व्यासीस्थित भूकम्पपीडित अस्थायी शिविरमा आइतबार अचानक ‘खुसीको कम्पन’ फर्कियो। बेलायती राजकुमार ह्यारीको प्रवेशले एकाएक शिविरमा उत्साह र उल्लासको माहोल बन्यो।
    त्यो उल्लास गहिरोसँग अनुभूति गर्ने मौका पाए, शिविरका बासिन्दा १४ वर्षीय पुरुषोत्तम सुवालले। पाँचदिने नेपाल भ्रमणमा रहेका ह्यारी अचानक आफ्नो शिविर प्रवेश गरेपछि सुरुमा त उनी हडबडाए। लगत्तै यी विशिष्ट अतिथिलाई ‘नमस्ते सर’ भन्दै स्वागत गरे। यो सान्निध्य यतिमै सीमित रहेन, उनले ह्यारीलाई आधा घन्टाजति भक्तपुर डुलाउने अवसर पनि पाए।
    प्रभात उच्च माविमा कक्षा ८ अध्ययनरत सुवालले त्यसअघि राजकुमारलाई शिविर क्षेत्र घुमाए, स्थानीयसँग साक्षात्कार गराए। ‘उहाँले यहाँ कहिलेसम्म बस्ने, कहिले घर बनाउने भनेर सोध्नुभयो,’ उनले भने, ‘आफूहरूले घर बनाउन नसक्ने भएकाले अझै एक वर्ष यहीँ बसिएला भनेर जानकारी गराएँ।’

    सुवालका अनुसार राजकुमारले भूकम्पपीडितको अवस्था र समस्याबारे चासो देखाएका थिए। ‘स–साना कुरा पनि सोध्नुहुन्थ्यो,’ उनले भने, ‘राजकुमार होइन, परिवारकै मान्छेजस्तो लाग्यो।’

    यसक्रममा ह्यारीले त्रिपालभित्र छिरेर स्थानीयसँग भलाकुसारी गरेका थिए। लक्ष्मीसुन्दर कोजुको त्रिपालभित्र केही समय बिताएका उनले त्यहाँको अवस्था निकै ध्यान दिएर नियाले, केटाकेटीसँग रमाए। ‘घरमा पाहुना आएजस्तो भयो,’ उनले भने, ‘भित्र रहेका केटाकेटी पनि निकै रमाए।’

    राजकुमारले शिविरभित्र करिब २० मिनेट बिताएका थिए। उनले भूकम्प पीडितका समस्यासँगै उनीहरूसँग अन्य प्रसंगमा पनि भलाकुसारी गरेको सुवाल सम्झन्छन्। ‘उहाँले मलाई बाल्यकालको मन पर्ने खेल सोध्नुभयो,’ उनले भने, ‘मैले गुच्चा भन्दा उहाँ मुस्कुराउनुभयो।’ पछिल्लो समय आफू फुटबलको फ्यान रहेको सुनाउँदा राजकुमारले आफूलाई पनि फुटबल मन पर्ने बताएको उनले सुनाए।

    शिविरमा रहेका ६० परिवारले गच्छेअनुसार राजकुमारलाई अतिथि–सत्कार गरेका थिए।

    त्यसपछि राजकुमार भक्तपुर दरबारक्षेत्रतिर लागे, बाटो देखाउने उनै सुवाल। यो सान्निध्यले सुवाल पनि देशी–विदेशी सञ्चारकर्मीको क्यामरामा कैद भए। तस्बिर खिच्दाको चमकले राजकुमारसँगै उनको मुहार पनि उज्यालो देखिन्थ्यो। सुवालले राजकुमारलाई भक्तपुरका क्षतिग्रस्त सम्पदाबारे बेलीविस्तार लगाए। ‘उहाँले कति सम्पदा क्षति भयो भनेर सोध्नुभयो,’ उनले भने, ‘मैले आफूलाई जानकारी भएजति सबै बताएँ।’ भत्केका मन्दिरबारे जानकारी लिएका राजकुमारले तिनीहरूको ऐतिहासिक पक्षबारे पनि चासो देखाएका थिए।

    दर्जनौं पत्रकारका सयौं ‘क्लिक’ भोगेका सुवाललाई राजकुमारसँग सेल्फी खिचाएको क्षण सबैभन्दा प्रिय लागेको छ। ‘मोबाइलमा उहाँ र मेरो तस्बिर छ,’ उनले खुसी हुँदै भने, ‘यही तस्बिर मेरो र राजकुमारको मित्रताको साक्षी हुनेछ।’

    राजकुमारलाई नमस्ते गर्दै स्वागत गरेका सुवाललाई फर्कने बेला उनले पनि ‘नमस्ते’ भन्दै बिदा मागे। आमा साइली सुवाल र दिदीसहित शिविरमा बस्दै आएका सुवाल राजकुमारसँगको करिब आधा घन्टाको सामीप्यमा उनलाई निकै सरल व्यक्तिका रूपमा पाएको बताउँछन्।

    राजकुमार जानेबित्तिकै अधिकांश सञ्चारकर्मीको घेरामा परेका उनी केही समय जवाफ दिन भ्याइ–नभ्याइ रहे। सबैको जिज्ञासा उनले राजकुमारसँग बिताएका क्षणबारे केन्द्रित थियो। त्यसपछि उनी फेरि स्थानीयको घेराउमा परे। उनीहरूसँग केही बेर भलाकुसारी गर्दै उनी कक्षा ८ को परीक्षा तयारी गर्नु छ भन्दै शिविरतर्फ लागे।

    भक्तपुरमा ‘ओइ हरि’

    सामान्य पहिरनमा आएका अन्य पर्यटकजस्तै देखिन्थे ह्यारी। त्यसैले भक्तपुरका सर्वसाधारणले उनलाई राजकुमार भनेर झट्टै ठम्याउन सकेनन्। सुरक्षाकर्मीको बाक्लो उपस्थितिका कारण कुनै विशिष्ट व्यक्ति आउने अड्कल भने धेरैले काटिसकेका थिए।

    राजकुमार नजिकै आउँदै गर्दा चिनेका पर्यटकले उनलाई ‘हाई ह्यारी’ भन्दै चिच्याए। त्यसअघिसम्म अन्जानजस्तै रहेका केही सर्वसाधारण उनीहरूकै स्वरमा स्वर ‘ओइ हरि’ बोलाउँदै थिए।

    ‘पर्यटकले ह्यारी भन्दा स्थानीयले हरि सुने,’ कमलविनायकबाट आएकी सुनीता अवालले भनिन्, ‘त्यसैले सर्वसाधारण पनि ‘ओइ हरि’ भन्दै चिच्याउन थाले।’ राजकुमारलाई हेर्न युवा–युवती, महिला बालबालिका र पर्यटकको भिड लागेको थियो।

    काठमाडौं ओर्लेपछि उच्चस्तरीय भेटघाट र अवलोकन भ्रमणमा व्यस्त राजकुमार आइतबार बिहान पाटन दरबार स्क्वायर पुगेका थिए। उनले त्यहाँ काठ खोप्ने काम गर्नुका सार्थै ढुंगाका मूर्ति र कलाकृति ध्यान दिएर नियालेका थिए। राजकुमार आइतबार भक्तपुरस्थित भूकम्पपीडित शिविर पुग्नुअघि त्यहाँस्थित रेडक्रस कार्यालयसमेत पुगेका थिए।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.