×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

इम्जा हिमतालको पानी घटाउने जिम्मा सेनालाई

  •  
  • सोमबार, चैत ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सोलुखुम्बुस्थित इम्जा हिमताल (घेरामा) । तस्बिर सौजन्य : जल तथा मौसम विज्ञान विभाग
    – अब्दुल्लाह मियाँ , काठमाडौं
    चैत्र ८, २०७२- विस्फोटको जोखिममा रहेको सोलुखुम्बुस्थित इम्जा हिमतालको पानीको सतह ३ मिटर घटाउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । मन्त्रिपरिषदको निर्णयपछि वातावरण मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग र नेपाली सेनाबीच यसै साता पानीको सतह घटाउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर (एमओयू) हुँदैछ ।

    ‘इम्जाको पानीको सतह घटाउन यसै साता सेनाको इन्जिनियर विभागसँग एमओयू गर्दछौं,’ विभागका महानिर्देशक डा.ऋषिराम शर्माले आइतबार कान्तिपुरसित भने, ‘च्छो रोल्पा हिमतालकै मोडलअनुसार इम्जाको पानीको सतह घटाइनेछ ।’

    विस्फोटको खतरामा रहेको दोलखाको च्छो रोल्पा हिमतालमा यसअघि विभागले ‘ओपन च्यानल’ बनाएर पानीको सतह तीन मिटर घटाएको छ । जसले गर्दा विस्फोटको सम्भावना न्यून भएको जानकारहरूको दाबी छ । डा.शर्माका अनुसार च्छोरोल्पाको पानीको मात्रा घटेका कारण विस्फोटको सम्भावना कम भएको हो ।

    विभाग मातहत सञ्चालित ‘समुदायमा आधारित बाढी तथा हिमताल विस्फोट जोखिम न्यूनीकरण आयोजना’ अन्तर्गत इम्जा हिमतालको पानीको सतह तीन मिटर घटाउन लागिएको जानकारी डा.शर्माले दिए । ‘नेपाली सेनाको क्षमता अभिवृद्धि होस् भनेर उसलाई जिम्मा दिन लागिएको हो,’ डा.शर्माले भने, ‘एमओयू गरेलगत्तै फिल्डमा प्राविधिक काम सुरु हुन्छ ।’ सेनालाई ३० करोड रुपैयाँमा उक्त जिम्मा दिन लागिएको हो । आगामी माघसम्ममा पानीको सतह घटाउने काम पूरा हुने अपेक्षा गरिएको छ ।

    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र अति कम विकसित राष्ट्रहरूको कोष (एलडीसीएफ) को ७२ लाख अमेरिकी डलरको सहयोगमा विभागमा उक्त चार वर्षे आयोजना सञ्चालित छ । आयोजनाले हिमतालको पानीको सतह घटाउनुका साथै तल्लो तटीय क्षेत्रका बासिन्दालाई विस्फोटको सम्भावित दुर्घटनाबारे सचेतना गराउने कार्यक्रम गरिरहेको छ ।

    डा.शर्माका अनुसार इम्जा हिमताल विस्फोटबाट हुन सक्ने मानवीय र भौतिक क्षति न्यून गर्न तथा विस्फोटले तराईको समथर भागसम्मै पुग्न सक्ने बाढीजन्य जोखिम न्यून गर्ने उद्देश्यले सन् २०१४ देखि आयोजना सञ्चालन भएको हो ।

    ‘इम्जाको पानीको सतह तीन मिटर घटाइए सम्भावित जोखिम न्यून हुने हाम्रो अपेक्षा छ,’ महानिर्देशक तथा आयोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक डा.शर्माले भने । हिमनदी र हिमतालका जानकार काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.रिजनभक्त कायस्थका अनुसार करिब एक सय ३६ देखि २ सय ९७ फिट गहिरो र दुई हजार मिटर लामो इम्जा हिमतालमा करिब ३ करोड टन पानी छ ।

    हिमतालदेखि तल दिङबोचे, खुम्जुङ, नाम्चेबजार, बेल्कार, मञ्जो, चौरीखर्क, लुक्लालगायत मानवीय बस्ती र पर्यटकीय गन्तव्यहरू छन् । आयोजनाले सम्भावित दुर्घटनाबारे जानकारी दिन मानवीय बस्तीसम्मै साइरनसमेत जडान गरेको छ ।

    आयोजनाका कार्यक्रम व्यवस्थापक टोपबहादुर खत्रीले आयोजनाअन्तर्गत तल्लो तटीय क्षेत्रका समुदायलाई इम्जा हिमताल विस्फोटबाट बच्न र क्षति न्यून गर्न क्षमता अभिवृद्धिसमेत गरिएको छ । ‘स्थानीय समुदायलाई हिमताल विस्फोटको बाढीजन्य जोखिमबारे सचेत गराउँदै उनीहरूलाई समक्षम बनाउनु कार्यक्रमको उद्देश्य पनि हो,’ खत्रीले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.