×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपालीको जीवनदेखि ह्यारी मोहित

  •  
  • सोमबार, चैत ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र ८, २०७२- बेलायती राजकुमार ह्यारी नेपालीको जीवनदेखि मोहित भएका छन् । नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष प्रवेशको अवसरमा नेपाल भ्रमणमा आएका ह्यारीले आइतबार पाटन र भक्तपुरका विभिन्न क्षेत्र घुमे । पाटनमा उपस्थित ठूलो जमातसँग उनले भूकम्पले भत्किएका भवनबारे चासोसमेत राखे ।

    ‘विपतमा पनि तपाईंहरूको मुहारमा हाँसो देख्दा म लट्ठ भएँ,’ नेपाल भ्रमणमा रहेका राजकुमार ह्यारी अर्थात् हेनरी चाल्र्स अल्बर्ट डेभिडले उपत्यकाका विभिन्न भ्रमणमा सर्वसाधारणसँग भने, ‘तपाईंहरूको जीवन जिउने शैलीलाई मान्नैपर्छ ।’

    पुनर्निर्माण कहिलेसम्ममा सकिएला, त्यसमा आफूहरूको कस्तो योगदान चाहिएलाजस्ता जिज्ञासासमेत उनले राखे । भक्तपुरमा उनले भूकम्पपीडितसँग प्रत्यक्ष भेटेर कुराकानी गरे । ‘तपाईंहरूको अवस्था कस्तो छ, कसरी दैनिकी चलेको छ ?’ उनले जान्न चाहे ।

    भक्तपुर नगरपालिका १० व्यासीकी आकृति सुवालको घर भूकम्पले भत्कियो । उनको ४ जनाको परिवार ११ महिनायता सानो व्यासीस्थित अस्थायी शिविरमा बसोबास गरिरहेको छ ।

    साँघुरो टेन्टमा बसेर एसएलसी परीक्षाको तयारी गरिरहेकी आकृतिसँग राजकुमार ह्यारीले टेन्टको अवस्थाबारे जिज्ञासा राखे । भूकम्पले पढाइ र बसाइमा पारेको प्रभावबारे प्रश्न सोधे । ‘ह्यारीले टेन्टको अवस्था र एसएलसी पूर्वतयारीबारे सोध्नुभयो,’ उनले भनिन्, ‘टेन्टमा बत्तीको समस्या छ, बस्ने ठाउँ अप्ठयारो छ र पूर्वतयारी सकेसम्म राम्रै भइरहेको छ भनें ।’ उनका अनुसार भूकम्पपीडितलाई हेरेर ह्यारी दु:खी देखिए ।

    सानो व्यासीस्थित भूकम्पपीडितको अस्थायी टेन्टमा ६० परिवार बस्दै आएका छन् । तीमध्ये तीनवटा टेन्टमा छिरे । हिउँद–वर्षा टेन्टमै बिताएका भूकम्पपीडितको शिविर छिरेका बेलायती राजकुमारले भूकम्पपीडितको हालको अवस्था, पछिको योजना, शिविर बस्ने समय र सरकारले भूकम्पपीडितलाई गरेको सहयोग तथा सरकारी योजनाबारे जिज्ञासा राखेका थिए ।

    ‘भूकम्पपीडितलाई सरकारले सहयोग गरेको तर भारतको अघोषित नाकाबन्दीले पीडितलाई थप समस्या पारेको जानकारी दियौं,’ शिविर व्यवस्थापन समितिका संयोजक पुरुषोत्तम सुवालले भने ।

    भूकम्पपीडित रामदेवी पराजुलीले ह्यारीले टेन्टको अवस्था देख्दा दु:खी देखिएको बताइन् । ‘टेन्ट एकदम पुरानो देखियो । यो पहिला सेतो थियो होला, कालो भइसकेछ भन्नुभयो,’ उनले भनिन्, ‘कहिले फेर्नुहुन्छ ? यहाँ कतिन्जेल बस्नुहुन्छ ? भनेर सोध्नुभयो ।’ उनले आफूहरूले घर बनाउनै अन्योल भएकाले कतिन्जेल बस्नुपर्ने हो थाहा नभएको बताएको जानकारी दिइन् । ह्यारी शिविरबाट दरबार स्क्वारसम्म पैदलै गए ।

    उनले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । त्यस क्रममा उनले नेपालीको धैर्य र साहस देखाउने गुण रहेको बताएका थिए । ‘विपतमा पनि धैर्य र साहस देखाउने गोर्खाली सैनिकको गुण सबै नेपालीमा रहेको मैले प्रत्यक्ष अनुभूत गर्न पाएँ,’ राजकुमार ह्यारीले राष्ट्रपतिसमक्ष भने ।

    गोर्खा सैनिकको लगन, इमानदारी, बहादुरी र बफादारीलाई नजिकबाट प्रत्यक्ष रूपमा नियालेका उनले राष्ट्रपतिसमक्ष त्यही विषयलाई स्मरण गरे । उनले गोर्खा सैनिक बाँकी विश्वका लागि सद्भावना राजदूतका रूपमा रहेको बताए । शीतलनिवासमा भएको भेटवार्तामा दुई देशबीच दुई शताब्दीदेखि रहँदै आएको मित्रवत् सम्बन्धका विविध पक्षमा छलफल भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

    राष्ट्रपति भण्डारीले नेपालको विकासमा साझेदार मुलुकका रूपमा बेलायतबाट ठूलो सहयोग हुँदै आएकामा आभार व्यक्त गरेकी थिइन् । उनले सबै नेपालीबीच सुपरिचित राजकुमारका पर्यटन, पर्यावरण, साहसिक र परोपकारीजस्ता कार्यबाट नेपाललाई योगदान पुग्ने विश्वास लिइन् ।

    राजकुमारले भेटपछि विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र र नागबहालस्थित हिरण्यवर्ण महाविहारको अवलोकन गरे । उनी मध्याहन साढे १२ बजे पाटन पुगेका थिए । उनलाई नेवारी सांस्कृतिक पहिरनमा सजिएका युवतीहरूले स्वागत गरेका थिए ।

    उनले पाटनमा रहेका विभिन्न ऐतिहासिक चोक तथा मन्दिरहरूको अवलोकन गरे । उनलाई हेर्न सर्वसाधाणको उल्लेख उपस्थिति थियो । उनले भत्किएर टेको लगाएका मन्दिरहरू देखेसँगै पुनर्निर्माणबारे जिज्ञासा राखे ।

    कृष्ण मन्दिर, तलेजु, चार नारायणलगायत पुरातात्विक महत्त्व रहेको धार्मिक सम्पदाको अवलोकनसमेत गरे । उनको भ्रमण स्थलमा सुरक्षा कडा पारिएको थियो । उनले त्यहाँ भेटिएका विदेशी पर्यटकसँग समेत कुराकानी गरेका थिए ।

    कुँदिरहेको काठ तथा ढुंगाका सामानहरू उनले आफैं कुँदेरसमेत देखाए । सिकर्मीसँगै काम गरे । उनले बर्दिया, पोखरा र लमजुङ पुगेर यसरी नै नेपालीसँग प्रत्यक्ष गफगाफ गर्नेछन् । बहादुर गोर्खाली जन्माउने आमाहरूलाई भेट्नेछन् भने नेपालको सुन्दर तस्बिर र टेलिभिजन हेरेर हुर्केका उनले यहाँको मनमोहक दृष्यावलोकन गर्नेछन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.