×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

‘गोर्खादेखि तालिवानी पनि डराउँथे’

  •  
  • सोमबार, चैत ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :बेलायती राजकुमार ह्यारी आइतबार पाटन दरबार क्षेत्रमा । तस्बिरः दिनेशविक्रम शाह

    सन्तोष घिमिरे
    काठमाडौं: नेपालको औपचारिक भ्रमणमा रहेका बेलायतका कान्छा राजकुमार ह्यारीले आइतबार राष्ट्रपति बिद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा २५ मिनेट भएको भेटमा ह्यारीले गोर्खाहरुले बेलायतका लागि दिएको बलिदानको मुक्तकण्ठले प्रशंशा गरे ।
    आफूले सन् २००७ मा अफगानिस्तानमा सात हप्ता गोर्खा सैनिकहरुसंग तालिवानसंग लडाइं लड्दाको अनुभव सुनाउंदै ह्यारीले राष्ट्रपतिसंग भने ‘गोर्खा सैनिक जवानदेखि तालिवानी आतंकवादी समेत डराउंथे । साँच्चै गोर्खाहरु बहादुर र साहसी छन् ।’ राजकुमार ह्यारीले आफू गोर्खा सैनिकका परिवारजन तथा आफन्तसंग भेट्न आतुर रहेको बताए ।
    कुराकानीमा राष्ट्रपति भण्डारीले नेपाल र बेलायतको कुटनीतिक संबन्ध स्थापना भएको दुई सय बर्ष पुगेको चर्चा गर्दै राजपरिवारका सदस्य ह्यारीको भ्रमणले द्विपक्षिय संबन्ध प्रगाढ हुने विश्वास ब्यक्त गरिन् ।
    राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा. मदनकुमार भट्टराईले ह्यारीले राष्ट्रपतिसंग शिष्टाचार भेट गरेको बताए । बेलायतले भूकम्प पछिको उद्वार, राहत तथा पुर्ननिर्माण प्रक्रियाका साथै यहांको विकास प्रक्रियामा पुर्‌याएको सहयोगका लागि राष्ट्रपति भण्डारीले बेलायत सरकारलाई धन्यवाद ब्यक्त गरेको भट्टराईले उल्लेख गरे ।
    राष्ट्रपति भण्डारीले आउंदो अप्रिल २१ मा ९० औं बर्षमा प्रवेश गर्न लागेकी बेलायती महारानी एलिजाबेथ द्वितियलाई जन्मदिनको अग्रिम शुभकामना पनि दिइन् ।
    ह्यारीले नेपालका जनतामा रहेको भूकम्पको पीडा सहनसक्ने क्षमताको प्रशंशा गर्दै भूकम्पले क्षत विक्षत पारेको नेपालका लागि आफ्ना तर्फबाट सद्भाव दर्शाउन भ्रमणमा आएको बताए ।
    ‘नेपाललाई सहयोग गर्न चाहने विश्वभरका मानिसलाई नेपाल घुम्न खुल्ला छ, साथै ब्यापारिक दृष्टिले पनि खुल्ला छ, त्यसैले यहां आउन र भ्रमण गर्न आउनुहोस् भन्ने सन्देश दिन म नेपाल आएका हुं’ ह्यारीले भेटमा भने ।
    नेपालको पर्यटनको महत्व, भूकम्प पछिको पुर्ननिर्माण, जलवायु परिवर्तन र प्रकृति संरक्षणका बिषयमा भेटमा कुराकानी भएको बेलायती राजदरबार केसिङ्टन प्यालेसले विज्ञप्तिमा जनाएको छ ।
    भेटमा आगामी बुधबार राष्ट्रपति भण्डारी र ह्यारीले संयुक्त रुपमा उद्घाटन गर्ने ‘फस्र्ट गर्ल समिट’ का बिषयमा पनि कुराकानी भएको थियो । ‘महिला, वालवालिका माथि हुने भेदभाव र वालविवाहका बिषयमा मेरा तर्फबाट केही थप कुराहरु राख्नुपर्छ भने कृपया बताउनुहोला’ राष्ट्रपतिसंग ह्यारीले भेटमा भने । सन् २०३० भित्र नेपालबाट वाल विवाह निर्मूल पार्ने नाराका साथ हुन लागेको उक्त सम्मेलनमा बिभिन्न देशका प्रतिनिधीहरु सहभागि हुंदैछन् ।
    पाटनका कालिगढसँग भलाकुसारी
    राजकुमार ह्यारीले आइतबार मध्यान्ह भुकम्पले क्षति पुर्‌याएको ललितपुरको पाटन दरबार स्क्वायर पुगी सम्पदाहरुको अवलोकन गरे । अत्यन्त कडा सुरक्षा ब्यबस्थाबीच साधारण जिन्स पाइन्ट र पातलो सर्टमा त्यहां पुगेका ह्यारीले पाटनका ऐतिहासिक चोक तथा मन्दिरहरुको अवलोकन गरे । दरबार संगै रहेको गोल्डन टेम्पलमा पनि उनले भ्रमण गरे । भूकम्पले क्षति पुर्‌याएका दरबारका संरचनाहरुले उनले अभिरुचीपूर्वक जानकारी लिए ।
    दरबार क्षेत्रको भ्रमणका क्रममा उनले ‘यहां बिदेशी पर्यटकहरुको संख्या किन थोरै ?’ भनि जिज्ञासा राखे । दरबार स्क्वायरमा भेटिएका साना तिनवटा पर्यटकको समूहसंग उनले भलाकुसारी गरे । ‘कृपया तपाईंको देशका अरुलाई पनि नेपाल राम्रो छ । घुम्न आउनुस् भन्नुहोला है’ उनले ति पर्यटकहरुसंग भने ।
    दरबार स्क्वायरमा झुम्मिएका नेपालीहरुको भिडसंग पनि भलाकुसारी गरे । त्यस्तै उनलाई हेर्न थुप्रै युवति पनि त्यहां पुगेका थिए । दरबार पुर्ननिर्माणमा खटिएका कालिगढहरुसंग उनले केही समय बिताए । उनी आफैंले कालिगढहरुसंगै काठहरु पनि कुंदे । ह्यारीले त्यस क्रममा कालिगढहरुलाई सोधे, ‘तपाईंहरुका छोराछोरीले यो काम सिकेका छन् कि छैनन् ?’
    पाटन दरबार स्क्वायरमा डेढ घण्टा बिताउने क्रममा उनलाई पत्रकार एवं काठमाडौ भ्याली संक्षण कोषका प्रतिनिधी एवं पत्रकार कनकमणि दिक्षित र कोषका निर्देशकहरु रोहित रंजित तथा प्रतिमा पाण्डेले ब्रिफिङ गरेका थिए ।
    ‘राजकुमार ह्यारी नेपालले भूकम्प पछि झेलेको समस्याबारे राम्रो जानकारी लिएर आएका रहेछन् । नेपालमा भूकम्प पछि कत्तिको पर्यटकको पुनरागमन भइरहेको छ भन्नेमा उनको दिमाग घुमिरहेको रहेछ । उनी नेपालको अवस्थाबारे चिन्तित रहेको पाएँ,’ पत्रकार दिक्षितले अन्नपूर्णसंग भने ।
    ह्यारी लमजुङ्मा होमस्टे बस्ने
    बेलायती राजकुमार ह्यारी सोमबार बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमणमा जांदैछन् । त्यस्तै उनी आजै हेलिकोप्टरबाट लमजुङ्को गौडा गाविस स्थित भिरकुना पुगेर त्यहांका गोर्खा सैनिक परिवारसंग ‘होमस्टे’ मा रमाउने भएका छन् । उनले त्यहां एकघण्टा ट्रेकिङ पनि गर्नेछन् ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.