×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

यही हो ह्यारी बस्ने घर

  •  
  • सोमबार, चैत ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र ८, २०७२- आँगनमा दाउराको खलियो । ढुंगा र माटोले बनेको २ तले घर । छानो टिनको । बाहिर बौद्ध धर्मावलम्बीको झन्डा (लुङार) पनि फहराइएको छ । परम्परागत गाउँले पाराको घर । यही घरमा बेलायती राजकुमार ह्यारीले सोमबारको रात बिताउँदै छन् ।

    जिल्लाको पूर्वी भेगमा पर्ने गौंडा ७, लेउरानीमा ह्यारीको बास हुने छ । भूकम्पबाट अति प्रभावित जिल्लाको ६ गाविसमध्ये गौंडा पनि एक हो ।

    तारे होटल छाडेर यही ठाउँमा एक रात काट्न ह्यारी स्वयंले रोजेका हुन् । बास बस्नुअघि ह्यारीले ट्रेकिङ गर्नेछन् । भूकम्पपीडित भेट्नेछन् । सूर्यास्त हेर्नेछन् । साँझ स्थानीय संस्कृतिमा रमाउनेछन् ।

    आफ्नै घरमा राजकुमार आउने भएपछि ८७ वर्षीया मंगली तामाङ मख्ख छिन् । राजकुमार आउने भनेपछि लेउरानीका आमाहरूले गाउँको सरसफाइ गरेका छन् । मंगलीसहितका आमाहरू आइतबारदेखि नै मौलिक पोसाकमा सजिएर राजकुमार पर्खिरहेका छन् । ‘नामै नसुनेको मान्छे आउने रे । राजाजस्तै हो भन्छन्,’ ढोकाबाट नियाल्दै मंगलीले भनिन्, ‘कस्तो रहेछ, हेर्न मन छ ।’ उनका पति गम्दु बेलायती सेनाका सेवानिवृत्त हुन् ।

    ‘३० वर्षअघि बुढाले छोड्यो । बुढाले लडाइँ लडेको ठाउँको ठूलो मान्छे भन्छन्,’ अनभिज्ञता व्यक्त गर्दै उनले भनिन्, ‘यहाँ आएपछि मेरो कुरा राख्ने ठूलो धोको छ ।’ गाउँमा बेलायती सेनाका सुरक्षाकर्मी तैनाथ छन् । प्रमुख जिल्ला अधिकारी मोहन जीसीले जिल्ला सुरक्षा समितिको बैठक बसेर राजकुमारको सुरक्षाका लागि सतर्कता अपनाएको बताए ।

    गोर्खा वेलफेयर स्किम (जीडब्ल्यूएस) को लमजुङस्थित एरिया वेलफेयर अफिसर क्याप्टेन बालकृष्ण गुरुङका अनुसार ह्यारी बस्ने घर मंगलीको ठूलो छोरा डिलबहादुरको साइँलो छोरा मेनबहादुरको हो । मंगली त्यही छेउको एकतले झुपडीमा बस्छिन् । आँगन एउटै छ ।

    ८ छोरामध्ये उनी अहिले जन्तरे छोरा क्षेत्रबहादुरसँग बस्छिन् । ‘टीभीमा देखेका राजकुमारलाई यहाँ कतिखेर हेरूँ भइसक्यो,’ अन्नपूर्ण आमा समूहकी अध्यक्ष विलमाया तामाङले भनिन् ।

    क्याप्टेन गुरुङका अनुसार राजकुमार ह्यारी नेपाली सेनाको हेलिकप्टरबाट सोमबार दिउँसो पौने ३ बजे गौंडा ४ भीरकुनामा ओर्लिनेछन् । उनले पूर्वगोर्खा सैनिकको निर्माणाधीन घर हेर्नुका साथै परिवारसँग भेटघाट गरी लेउरानीसम्म सवा १ घण्टाको बाटामा ट्रेकिङ गर्नेछन् ।

    त्यसपछि साँझ लेउरानी डाँडाबाट सूर्यास्तको दृश्य हेरेपछि तामाङ र गुरुङ समुदायका सांस्कृतिक कार्यक्रममा रमाउने छन् । राजकुमारको बास बस्ने घर बालकृष्णले नै सिफारिस गरेका हुन् ।

    मंगलबार बिहान सूर्योदय हेरेपछि गौंडा १, ओखरीमा भूकम्पबाट क्षतिग्रस्त भएपछि जीडब्ल्यूएसद्वारा निर्माणाधीन १० कोठे गौंडा मावि अवलोकन गर्ने कार्यक्रम छ । राजकुमार ह्यारीले विद्यार्थीसँग भलिबल खेल्नेछन् । उनी विद्यार्थीसँगै होली पनि खेल्नेछन् । त्यसपछि पुन: भीरकुनासम्म ट्रेकिङ गरेर फर्कनेछन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.