×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

सीमास्तम्भ गाड्दा नेपाली भूमि भारतमा

  •  
  • आइतबार, चैत ०७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :क्रान्ति शाह (नयाँ सीमास्तम्भ गाड्दा भारततर्फ नेपाली भूमि परेपछि शुक्रबार स्थलगत अनुगमनमा आएको टोलीसँग गुनासो राख्दै पीडित जग्गाधनी)

    वीरगन्ज: नेपाल–भारत सीमा क्षेत्रमा नयाँ स्तम्भ गाड्ने क्रममा नेपालको ६ बिघा जग्गा भारततर्फ परेको छ । नेपाल र भारतका नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले सीमा क्षेत्रका जीर्ण स्तम्भको मर्मतसम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाड्ने क्रममा पर्साको पिडारीगुठी गाविसका आठ नेपालीको जग्गा भारततर्फ परेको हो ।
    पिडारीगुठी ३ की लालीदेवीको दुई बिघा, लक्ष्मण हजराको एक बिघा १० कट्ठा, बालदेव महराको १४ कट्ठा, रकट रायभरको पाँच कट्ठा, धनराज महतो नुनियाको पाँच कट्ठा, चोकट राउत कुर्मीको एक बिघा तीन कट्ठा, कमलनारायणको दुई बिघा र डेबाठाकुर हजामको पाँच कट्ठा गरी ६ बिघाभन्दा बढी नेपाली भूभाग भारतीय सीमाभित्र परेको छ ।
    पीडितले गत बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे नेतृत्वको टोलीले शुक्रबार पिठारीगुठीमा पुगेर स्थलगत अनुगमन गरेको थियो ।
    टोलीमा सशस्त्र प्रहरी सीमा सुरक्षा बल पर्साका प्रमुख सशस्त्र प्रहरीउपरीक्षक भीमबहादुर थापा, नापी विभागका प्रमुख नापी अधिकृत रमेश ज्ञवाली र पर्सा क्षेत्र नम्बर ५ का सांसद जयप्रकाश थारू पनि सहभागी थिए । स्थलगत अनुगमन गरेपछि प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको टोलीले पीडित जग्गाधनीसँग छलफल गरेको थियो ।
    छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले नयाँ सीमास्तम्भ गाड्ने क्रममा भारततर्फ परेको नेपाली जग्गा फिर्ता गर्न नमिल्ने जबाफ दिएको पीडित जग्गाधनीले बताए । ‘लालपुर्जा नै भएको मेरो एक बिघा तीन कट्ठा जग्गा भारततर्फ परेको छ’, पीडितमध्येका चोकट राउत कुर्मीले भने, ‘त्यो जग्गा फिर्ता गर्न मिल्दैन भनेर सीडीओसा’बले भन्नुभयो । पछि मुआब्जा पाइन्छ भन्ने आश्वासन दिएर जानुभयो । तर मलाई सीडीओसा’बले भनेको कुरा पटक्कै चित्त बुझेको छैन । मुआब्जा पाउने ग्यारेन्टी पनि छैन ।’
    प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि नयाँ सीमास्तम्भ निर्माणका क्रममा नेपालको केही जग्गा भारतीय सीमाभित्र परेको बताए । भारततर्फ परेका नेपालका जग्गाका धनीलाई प्रमाणका आधारमा मुआब्जा उपलब्ध गराउन आफूले पहल गर्ने पनि उनले बताए । ‘नयाँ पिलर गाड्ने क्रममा यताको केही जग्गा उता परेको छ । उताको केही जग्गा यता पनि परेको छ’, उनले भने, ‘जो पीडित छ, उसलाई प्रमाणका आधारमा मुआब्जा उपलब्ध गराउन हामी सम्बन्धित निकायमा पहल गर्छौं ।’
    अनुगमन टोलीमा सहभागी नापी विभागका प्रमुख नापी अधिकृत ज्ञवालीले पनि अहिलेको सीमांकनका क्रममा नेपालको केही जग्गा भारततर्फ पर्न गएको बताए । २००७ सालमा नेपाल र भारतको नापी विभागको उच्चस्तरीय बैठकले तयार पारेको नक्साअनुसार नै अहिले सीमांकन गरेर नयाँ स्तम्भ गाड्ने र पुराना स्तम्भको मर्मतसम्भार गर्ने कार्य भइरहेको जनाउँदै ज्ञवालीले भने, ‘अहिले नयाँ स्तम्भ गाड्ने क्रममा केही नेपालीको जग्गा भारततर्फ पर्न गएको छ ।’
    नयाँ सीमास्तम्भ गाड्ने र पुरानाको मर्मतसम्भार कार्य सकिएपछि दसगजा क्षेत्रको नक्सांकन गर्ने टोली (इन्क्लोसमेन्ट म्यापिङ टिम) ले सीमा क्षेत्रको अनुगमन गरेर नयाँ नक्सा बनाउने उनले बताए । ‘इन्क्लोसमेन्ट म्यापिङ टिमले पहिला नक्सा बनाउँछ अनि कसको जग्गा भारततर्फ परेको छ, डाटा लिन्छ । त्यसपछि आफ्नो प्रतिवेदन नापी विभागमा बुझाउँछ’, उनले भने, ‘अनि मात्रै पीडितका लागि मुआब्जाको प्रक्रिया अगाडि बढ्छ ।’
    नयाँ सीमास्तम्भ गाड्ने कार्यमा खटिएका ज्ञवालीले सीमा छुट्ट्याउने खोलाले धार परिवर्तन गर्दा समस्या देखिएको बताए । उनले अहिले गाडिएका नयाँ सीमास्तम्भ दुवै देशले हस्ताक्षर गरेको नक्साकै आधारमा भएको बताए । पर्सासँग जोडिएका नेपाल–भारत सीमा क्षेत्रका मुख्य र सहायक गरी दुई सय ३८ वटा सीमास्तम्भ हराएका छन् ।
    सशस्त्र प्रहरी सीमा सुरक्षा बलले दुई वर्षअघि गरेको स्थलगत अनुगमनका क्रममा मुख्य सीमास्तम्भ पाँचवटा र सहायक सीमास्तम्भ दुई सय ३३ वटा हराएको पाइएको सशस्त्र प्रहरीउपरीक्षक भीमबहादुर थापाले बताए । भारतसँग जोडिएको पर्साको करिब १ सय सात किलोमिटर लामो खुला सीमामा मुख्य र सहायक गरी एक हजार ७० सीमास्तम्भ छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत ०७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.