×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

के हाे बोधिचित्त ?यसबाट कति कमाउन सकिन्छ ?याे विरूवा कहाँ पाइन्छ ?

  •  
  • शनिबार, चैत ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बोधिचित्त एक जिजिपस जातीमा पर्ने नया प्रजाति जिजिपस वुद्धेन्सिस् हो । यसलाई स्थानीय भाषामा वुद्धचित्त वा वोधिचित्त पनि भनिन्छ ।
    यसको फल माला बनाउन तथा सजावटको लागि पनि प्रयोग गरिन्छ भने विरुवा गाई बस्तुको दानाको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
    यस विरुवाबाट प्राप्त हुने फल वा दानाको माला मुख्यतया वुद्ध धर्मावलम्बि हरुले प्रयोग गर्छन् ।वौद्धिक गुरु दलाई लामाले आफ्नो प्राथनाको समयमा यसैको माला प्रयोग गर्नुहुन्छ ।प्राय बौद्ध धर्ममा धेरै महत्वको वस्तु भएकै कारणले एसलाई नेपाली समाज तथा स्थानीय भाषामा बौद्धचित्त भनेर चिनिन्छ ।
    महत्वको कुरा गर्दा फल जति सानो दानामा भयो त्यतिनै महत्व मानिन्छ ।अर्को भाषामा भन्दा साना दाना धेरै मुल्यमा विक्री हुन्छन् ।
    नेपालको काभ्रेमा फलेको १ पाथि दाना वा ३.६ देखि ३.९ के.जी दानाको मुल्य रु.२५ लाख पर्छ ।
    buddha chitta plant

    बोदिचित्तको दानालाई सुख्खा पारिन्छ र मालाको रुपमा परिणत गरीन्छ ज्न अहिले अत्याधिक मागको श्रोत हो ।विशेष गरेर
    बौद्धिक समुदाय,तिब्वतिहरु यसको अत्याधिक माग राख्छन् ।
    यो विरुवा अहिले विभिन्न ठाउमा लगाउने तर्फ किसानहरु लागेका छन् ।यो विरुवाको माग आगामि वर्षमा अत्याधिक रुपमा बढ्ने अनुसन्धान कर्ताहरुको भनाई रहेको छ ।भारत,चीन,जापान,
    सिंगापुर,कोरीया यस विरुवा बाट प्राप्त हुने दानाको माला निर्यात हुने मुख्य देशहरु हुन् ।

    बुद्धचित्त बेचेर गाउँमा एक अर्ब बढी आम्दानी

    वस्तुलाई राम्रो स्याउला पनि नहुने एकथरि रूखले तिमाल भेगमा एक अर्ब रुपैयाँभन्दा बढी भित्र्यायो ।

    लेकको बारीको कान्लामा हुने बुद्धचित्तको रूख तिमाल गाउ वासिन्दाको लागि बरदान साबित भएको छ। रूखमा लाग्ने बयर जस्तो फलको गेडाका लागि व्यापारीले एउटै रुखको फलको आकार हेरि दुईदेखि दस लाख रूपैयाँसम्म तिर्ने गरेका छन्। यसरि तिमाल भेगका किसानले बुद्धचित्त बेचेर वर्षेनी एक अर्ब रूपैयाँ भन्दा बढी पाइरहेका छन् ।
    नारायणस्थान २ का ७१ वर्षे तिमालसिंह तामाङको बारीमा बुद्धचित्तको ५० रुख थियो। पाँच वर्षअघि ३५ वटा काटेर दाउरा बेचे। अहिले १५ वटा मात्र बाँकि छ।
    ‘मकैलाई सेप लाग्यो भनेर बुद्धचित्तको काटेँ,’ उनले भने, ‘नत्र म पनि वर्षमा करोड करोड भित्र्याउने हुँदो रहेछु।’
    स्याउला, काठपात काम नलाग्ने हुँदा बुद्धचित्त भाउ कौडी बराबर थियो। ‘यसपाली २ सय ५० वटा बुद्धचित्तको विरूवा रोपेको छु,’ उनले चित्त बुझाए।
    २०४० सालतिर केही तिब्बतीयनहरू औषधी र सियो बेच्न यो भेगमा व्यापार गर्न आउँथे। औषधि र सियो बेचिसकेपछि उनीहरुले ती गाउँका रूखमा फलेका बुद्धचित्त झारेर लैजान्थे। पैसा दिएर होइन सित्तैमा। रूखमा फलेर भूईँमा झरेर बिलाउने फलप्रति स्थानीयको कुनै चासो थिएन। पैयुँ, बकाइनोको फल जस्तै बुद्धिचत्तको पनि कुनै भाउ थिएन।
    ‘तीन वर्ष भयो बुद्धचित्तको दाम आउन थालेको,’ तामाङ भन्छन्, ‘अहिले बुद्धचित्त बेच्दा पाएको पैसा नक्कली झैं लाग्छ। हजारको नोट नदेखेको अवस्थाबाट सिरानीमा लाखौं रकम राखेर सुत्दा निन्द्रा पर्दैन।’

    उनले यस वर्ष १५ वटा बोटका बुद्धचित्त २५ लाखमा बेचेको सुनाए। बुद्धचित्तको फल सानो भए भाउ धेरै हुने र ठूलो दानाको मोल कम हुन्छ। ‘यसपाला सबै बोटमा ठूलो फलेकोले २५ लाखमा चित्त बुझाउनुपर्यो ,’ उनले भने।

     

    नाराणस्थानका ८२ वर्षे दुधराज तामाङले बारीमा रहेका ६ वटा रूखमा फलेको बुद्धचित्त कुर्न छिमेकीलाई रातको एक हजार रुपैयाँ दिए। ‘यसपाला २५ लाख रुपैयाँको बेचे बाबु,’ उनले भने।

    स्थानीय पेमा तामाङको पनि उस्तै समस्या छ। बुद्धचित्त पाक्ने बेलामा सुरक्षा भएन चोरीको डर भयो। त्यसैले आफ्नो बारीको ८ वटा रुखमा चिचिला लाग्नेबित्तिकै २२ लाखमा बेचेको सुनाए।
    बुद्धचित्तको पैसाले उनले काठमाडौं कपनमा घर बनाएका छन्।

    आधा बोरा फलको २९ लाख रुपैया, एउटै रूखको एक करोड मोलमोलाई !

    आफैंले पनि पत्याउन नसक्ने सपनामा जस्तो जति भन्यो त्यति पैसा दिने व्यवसायी निस्किएपछि बोधिचित्त रुखधनी रातारात लखपति हुँदै छन् ।‘मैले सोचेको पनि थिइनँ यति धेरै पैसा एउटै रुखको दानाले दिन्छ भनेर,’ आइतबार अपरान्ह आधाबोराजति बोधिचित्तको दाना बिक्री गरेर २९ लाख लिएका सुकाजोरका दुर्गाबहादुर श्रेष्ठले भने । श्रेष्ठले झन्डै तीस वर्षअघि उक्त रुख लगाएका थिए ।

    bodhichitta

    दानाको महत्त्व र पैसा बुझेर नभै कान्लामा त्यसै घुसारेको रुखको कमाइ त्यसबेला ख्याल नै भएन । केही वर्ष अघिसम्म हाँगा काटेर बारको रूपमा प्रयोग गरे । जब दानाबाट पैसा आउँछ भन्ने थाहा पाएँ, त्यसबेलामा पनि मोल आएन । केही त्यतिकै खेर जाने गयो, बाँकी दुईचार माना सय दुई सयमा बिक्री गरे श्रेष्ठले ।चार वर्ष भयो बोधिचित्तको भाउ उम्लिएको । चार वर्षअघि श्रेष्ठले १० हजारमा भएजति सबै दाना बिक्री गरे । तीन वर्षअघि बढाएर ६० हजार लिए । अनि गएको साल ४ लाख हात लाए ।
    ४ लाख पाएपछि रौसिएका श्रेष्ठले यो साल २९ लाखको बिटो समाते । २९ लाख मूल्य पाउने दाना पुग९नपुग एक बोरा थिए । बाहिरी बोक्रो फाल्दा बिक्री हुने मुख्य दानाचाहिं आधा बोरा पनि हुँदैन ।गत वर्ष मझुवाका किसान धनबहादुर तामाङले एकै रुखबाट ३६ लाखको दाना बिक्री गरेका थिए ।Content Advertisement:

    बिरुवाको लागि सम्पर्क गर्नुहोस् :०१-४४१८९२१ ,९८४५४२१९०६ ,९८०८५११९८१

    (काठमाडौं रिङ्गरोड भित्र नि:शुल्क डेलिभरी )

    =============================================

    बोधिचित्त मालाको खेति कसरी गर्ने ?

    =============================================

    परिचय :

    बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइंदो रहेछ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्च बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भैरहेको छ । अत्यादिक माग र उच्च मुल्यको कारण व्यवसायिक खेति गर्ने जमात गएको सिजनमा उच्च भयो , यसलाई सौख र केहि आम्दनी लिन को लागि गमलामा पनि रोप्न सकिन्छ |

    बयर प्रजातिको एक प्रकारको हल्का काडा हुने रुख जसको उत्पति काभ्रेको तिमाल क्षेत्र हो | भारत मा भएको बौद्द सम्मेलन प्रस्चात लोकप्रिय हुन पुगेको बोधिचित्त जसको माग चीन, ताइवान, कोरिया , सिंगापुर आदि देशमा पनि उच्च नै रहेको छ |

    ===============================================

    खेती प्रविधी:

    बोधिचित्त मालाको विरुवा समशितोष्ण भुभाग (४०० मि. देखी २३०० मि.) मा लगाउन सकिन्छ । नयाँ पलुवा र जरा आउनु भन्दा अगाडि रोपीएको विरुवा सप्रिने र राम्रो हुनका साथै छिटो फल्ने हुन्छ । तर पनि उचित हेरचाह गरेमा असार/साउन सम्म र हिउद मा पनि यसलाई रोप्न सकिन्छ | यस विरुवालाई ठुलो गमलामा पनि सौखको लागि आवश्यक मलजल सहित रोप्न सकिन्छ भने जमिनमा धेरै संख्यमा रोप्दा ५/६ मिटरको दुरी कायम गरी रोप्नु पर्छ ।यसको वोटमा रोपेको ३/४ वर्ष देखी दाना फल्न शुरु हुन्छ ।

    रातो माटो र कालोमाटोमा,राम्रो संग हुर्काउन सकिने ।

    बलौटे माटोमा पनि राम्रो संग मलजल र हेरचाह गर्न सके हुर्काउन सकिने ।

    तुसारो तथा हुस्सु पर्ने जस्ता कुराहरुले खासै असर नपार्ने ।

    ==============================================

    लगाउने विधि :

    -ठुलो खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।

    -हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।

    -स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने

    ==============================================

    बजार मुल्य:

    बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फली रहेको प्रकार अनुसार ३ देखी ७ मुखे सम्मको मुल्य प्रती गोटा रु. ४ सय देखी ६ लाखसम्म पर्छ । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार मुल्या हुन्छ; ७ मिमी को १०८ गेडा (एक माला) रु. ६ लाख पर्छ भने साइज बढ्दै जांद मुल्य कम हुंदै जान्छ । अन्त्यममा सबभन्दा ठुलो साइजको माला भने पाथिमा भरेर २५ हजार देखी ३० हजर सम्ममा बेचिन्छ |

    बुद्ध धर्म मान्नेहरुको लागि यो माला बिषेश मानिन्छ |यस्को माला दलाई लामा ले पनि प्रयोग गर्नु हुन्छ | चिन , जापान्, कोरिया ,थाइल्यान्ड्,तिबेत्,भिएतनाम्,मकाउ,ताईवान आदी देशहरुमा यस्को माग उच्च छ र कम से कम १० बर्ष सम्म यस्को माग उच्च नै रहनेछ !

    ************************************************************************

    बिरुवाको लागि सम्पर्क गर्नुहोस् :०१-४४१८९२१ ,९८४५४२१९०६ , ९८०८५११९८१

    (काठमाडौं रिङ्गरोड भित्र नि:शुल्क डेलिभरी)

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.