×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

पत्रकारको न्यूनतम मासिक तलब रु १९ हजार ५०० !

  •  
  • शनिबार, चैत ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, चैत ६ गते । आगामी वैशाख १ गतेदेखि पत्रकारको न्यूनतम मासिक तलब रु १९ हजार ५०० बनाउने तयारी गरिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पुनरवलोकन गरी सिफारिस गरेको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० र सञ्चार खर्च रु एक हजार वैशाख १ गतेदेखि लागू हुनेगरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागिएको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

    समितिले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री राईले सञ्चारगृहको वर्गीकरण गर्ने, पत्रकारको मापदण्ड तोक्ने, पत्रकारको योग्यता तोकी इजाजतपत्र दिने लिने प्रक्रियासमेत अघि बढाइने जानकारी दिनुभयो । उहाँले आवश्यकताअनुसार सञ्चारगृह गाभ्ने विकल्पसमेत खुला राख्न सुझाव दिँदै अहिलेकै जसरी ठूलो सङ्ख्यामा सञ्चारगृह खुल्ने क्रम रोकिनुपर्नेमा जोड दिनुभयो ।

    सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले पारिश्रमिक पुनरवलोकनका सम्बन्धमा कुनै राय, सुझाव, प्रतिक्रिया भए सम्बन्धित निकायलाई यही चैत १७ गतेभित्रै बुझाउन आग्रह गर्नुभयो ।
    सरकारद्वारा केही समयअघि गठित सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय सुझाव आयोगका संयोजक काशीराज दाहालले श्रमजीवी पत्रकार ऐन, २०५१ लागू भएको लामो समय हुँदा समेत पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्नु दुःखद् भएको बताउँदै त्यो लागू गर्न सरकार र सरोकारवाला निकाय गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

    पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले श्रमजीवी पत्रकारले हाल पाइरहेको सेवा, सुविधासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै हाल पत्रकारले पाउँदै आएको न्यूनतम पारिश्रमिक रु १० हजार आठबाट बढाउन समितिले सिफारिस गरेको बताउनुभयो ।

    कार्यपत्रमा सञ्चार प्रतिष्ठानमा कार्यरत सबै पत्रकार, कर्मचारी र कामदारलाई तोकिएको ढाँचामा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक र प्रत्येक महिनामा तलब भुक्तानी गर्न निर्देशन सहितको पत्र पठाउनुपर्ने तथा उनीहरुलाई दिइने तलब, सुविधा अनिवार्य बैंकमार्फत गर्नुपर्ने उल्लेख छ ।

    कार्यक्रममा सञ्चारसम्बन्धी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउनका लागि समितिले सिफारिस गरेको पारिश्रमिक तत्काल लागू गर्न सुझाव दिनुभएको थियो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.