×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५७ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

यसरी ओसाररिन्छ लागूऔषध

  •  
  • शनिबार, चैत ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    किशोर बुढाथोकी

    फोटो :विराटनगरमा पक्राउ परेका इटहरी ४ का विश्वराज श्रेष्ठ शरीरमा आफूले बाँधेर ल्याउँदै गरेको लागूऔषध देखाउँदै ।
    विराटनगरः कारोबारीहरुले पछिल्लो समयमा आफ्नै शरीरमा फिटिङ गरेर कानुनद्धारा बर्जित लागूऔषध ओसारपसार गर्ने गरेको पाइएको छ ।
    भारतको जोगवनीमा किनेर आफ्नै शरीरमा लागूऔषध टेपले बाँधेर फिट गरेपछि कारोवारी नेपाल भित्रने गरेको प्रहरीले जनाएको छ । शरीरको अगाडि देखि पछाडिको भाग सम्म टेपले बाँधेर लागूऔषध ल्याउँदै गरेको अवस्थामा विराटनगरबाट शुक्रबारराति एक युवा पक्राउ परेपछि लागूऔषध कारोवारीले अपनाउन थालेको नयाँ उपाय पत्ता लागेको हो ।
    प्रहरीले विराटनगर १५ स्थित होटेल गीताञ्जली रेष्टुरेन्ट अगाडि हिंडिरहेको अवस्थामा भारतको जोगवनीबाट ठूलो परिणामको लागूऔषध लिएर आएका इहटरी ४ का २५ वर्षीय विश्वराज श्रेष्ठलाई राति ८ बजे पक्राउ गरेको छ ।
    जोगनवीबाट लागूऔषध लिएर आएका उनी इहटरीतर्फ जाँदै गर्दा प्रहरी फन्दामा परेका हुन् । पक्राउ परेका श्रेष्ठ लामो समयदेखि जोगनवीबाट लागूऔषध ल्याएर पूर्वका विभिन्न ठाउँ सम्म लगेर विक्री गर्ने धन्दामा संलग्न रहेको प्रहरीले पत्ता लगाएको छ ।
    उनी विरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी मुद्धा चलाउन थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक किशोर लम्सालका अनुसार श्रेष्ठका साथबाट लुपिजेसिक, डाइजेल्याब र एभिल गरेर ६९ थान लागूऔषध बरामद गरिएको छ ।
    ‘प्रहरीले गरिरहेको नियमित चेकजाँचका क्रममा श्रेष्ठको शरीर अस्वभाविक देखिएपछि खानतलासी गरिएको थियो,’ लम्सालले भने, ‘खानतलासी गर्ने क्रममा उनले शरीरको आगडिदेखि पछाडि सम्मनै सेतो सेलो टेपले बाँधेको अवस्थामा लागूऔषध फेला परेको हो ।’
    ‘शरीरमा बाँधेर लगाएको कपडाले छोपेपछि प्रहरीले थाहा नपाउने अनुमान गर्दै कारोवारीले शरीरमा बाँधेर लागूऔषध ओसारपसार गर्ने गरेको पाइयो,’ उनले भने, ‘राति र दिउँसो जुनसुकै समयमा भएपनि शंकास्पद अवस्थाका सबैलाई नियन्त्रणमा लिएर खानतलासी सुरु गरिएको छ ।’
    प्रहरीले लागूऔषध धमाधम भित्रन थालेको सूचना पाएसंगै सबै ठाउँमा कडाई गरिएको नजाएको छ । यस अघि कारोवारीले सवारी साधनको प्रयोग गरेर लागूऔषध भित्राउँदै आएका थिए । लम्सालका अनुसार प्रहरीले सवारी साधनमा हुने गरेको ओसारपसारमा कडाई थालेसंगै कारोवारीले शरीरमा फिटिङ गरेर भित्राउन थालेको पाइएको हो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.