×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५७ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

प्रधानमन्त्रीले निजी एअरलाइन्स रोजेपछि निगमका कर्मचारीको विरोध

  •  
  • शनिबार, चैत ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रधानमन्त्री केपी ओली राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सट्टा उडान नै सुरु नगरेको निजी कम्पनीको विमान चार्टर गरी आइतबार चीन भ्रमणमा जाने भएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाई ‘भीभीआईपी’ (ओली) को चीन भ्रमणका लागि निजी क्षेत्रको वायुसेवा ‘हिमालय एयरलाइन्स’ को विमान चार्टरमा लिने व्यवस्था गर्न निर्देशन दिएको छ । हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि ५८ सिट क्षमताको एयरबस ए ३२० जहाज खरिद गरेको छ । यो जहाजले अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान गरेको छैन । हिमालय एयरलाइन्सले आगामी चैत ३० देखिमात्रै व्यापारिक उडान सुरु गर्दैछ ।

    व्यापारिक उडान सुरु नगर्दै हिमालय एयरलाइन्सले  चैत ७ मा नै प्रधानमन्त्रीसहितको भ्रमण टोलीलाई लिएर बेइजिङ जाने निश्चित भएको छ । प्रधानमन्त्री कार्यालयले पर्यटन मन्त्रालयलाई पत्र लेखेर प्रधानमन्त्रीको चीन भ्रमण हिमालय एयरलाइन्सको विशेष विमानबाट हुने भएकाले भीभीआईपीको उडानका लागि हुनुपर्ने आवश्यक सवै व्यवस्था मिलाउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

    प्रधानमन्त्री कार्यालयको पत्रमा ओली चैत ७ गते विहान ११ बजे हिमालय एयरलाइन्सको विमानबाट बेइजिङ जाने र चैत्र १४ मा छेन्दुबाट काठमाडौं र्फकने कार्यक्रम रहेको उल्लेख छ । प्रधानमन्त्रीको भ्रमण टोली ५६ सदस्यीय छ ।

    नेपाल वायु सेवा निगमका उच्च अधिकारी र कर्मचारीहरूले प्रधानमन्त्रीको औपचारिक भ्रमणमा राष्ट्रिध्वजाबाहक विमान प्रयोग नगरी निजी क्षेत्रको एअरलाइन्समा जान लाग्नुले राम्रो सन्देश नजाने उल्लेख गर्दै पर्यटन मन्त्री आनन्द पोखरेल र सचिव प्रेम राईसमक्ष असन्तुष्टि प्रकट गरेका छन् । निगमका उच्च अधिकारीले पर्यटन मन्त्री र सचिवसित मौखिक र कर्मचारीहरूले लिखित रूपमा नै असन्तुष्टि प्रकट गरेको जानकारी स्रोतले दिएका छन् । उनीहरूले प्रधानमन्त्रीको चीन भ्रमणमा निजी कम्पनीको विमानको चार्टर रद्द गरी राष्ट्रिय ध्वजावाहक निगमको जहाज प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रधानमन्त्रीले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सट्टा उडान नै सुरु नगरेको निजी कम्पनीको विमानलाई प्रवर्द्धन गर्नु आफैंमा आश्चर्यजनक र रहस्यमय भएको कर्मचारीहरूले पर्यटन मन्त्रालयलाई दिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । निजी कम्पनीका प्रवर्द्धकको प्रभावमा प्रधानमन्त्री पर्नु अस्वभाविक भएकोसमेत निगमका कर्मचारीहरूको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
    चिनियाँ सरकारले प्रधानमन्त्री ओलीलाई आफ्नो देशको भ्रमणमा आउन निःशुल्क रूपमा विमान पठाउने प्रस्ताव गरेको थियो । चीनले निःशुल्क रूपमा पठाउन खोजेको र राष्ट्रिय ध्वजावाहक विमानलाई छाडेर प्रधानमन्त्री ओलीले एमालेसँग विशेष सम्बन्ध रहेका आङकाजी शेर्पाको लगानी रहेको निजी कम्पनीको विमान रोजेका हुन् । प्रधानमन्त्री चैत ७ मा चीन गएर १४ गते र्फकने कार्यक्रम छ ।

    हिमालय एयरलाइन्स चीन र नेपालको संयुक्त लगानीको कम्पनी हो । यसमा आङछिरिङ शेर्पाको प्रमुख लगानी रहेको यति वल्र्ड इन्भेस्टमेन्टको ५१ र तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.