×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५९ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

सरकारको गति सुस्त भएको कांग्रेसको ठहर

  •  
  • शनिबार, चैत ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     फोटो :कांग्रेस केन्द्री समितिको बैठकका सहभागीहरु । तस्बिर: रासस
    भातृसंगठनको निर्वाचन ६ महिनाभित्र
    काठमाडौँ: नेपाली कांग्रेसको १३औँ महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले एमाले नेतृत्वको सरकारले जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको निचोड निकालेको छ ।
    नवनिर्वाचित सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नाकाबन्दी हटेको लामो समयसम्म पनि सरकार प्रभावकारी नहुँदा कालोबजारी र महंगीले जनताको ढाड सेकेको बताएका थिए ।
    कांग्रेसले संविधान कार्यान्वयनको जिम्मेवारी र प्रदेश सीमाङ्कन लगायत समस्या समाधानका लागि अन्य दलसँग अगुवाइका साथ छलफल गरी निष्कर्षमा पर्याउने निर्णय गरेको मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।
    कांग्रेस केन्द्रीय समितिले भूकम्पपछिको पुनःनिर्माणको काममा देखिएको सुस्तताप्रति चिन्ता जाहेर गर्दै त्यसलाई गति दिन सरकारलाई आग्रह गरेको छ ।
    नाकाबन्दी खुलेको लामो समयसम्म पनि आपूर्ति व्यवस्था सहज नहुँदा महंगी र कालोबजारी नियन्त्रण गर्न नसकेको प्रति ध्यानाकर्षण गराउँदै तीव्रताका साथ काम अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।
    आजको बैठकमा कांग्रेसका २८ जना केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखेका थिए । बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
    संसदीय दलको नेता चयनका लागि केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे र गुरुराज घिमिरे रहनुभएको समिति गठन गरेको हो ।
    बैठकले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) लगायत सम्पूर्ण भ्रातृ संस्थाको अधिवेशन छ महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीलाई जानकारी दिए ।
    ‘केन्द्रीय समितिको पहिलो बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ,’ उनले भने, ‘त्यस्तै भ्रातृ संस्थाको आगामी छ महिनाभित्र निश्चित कार्य तालिकासहित महाधिवेशन सम्पन्न गर्ने र त्यसमा पहिलो चरणमा नेविसङ्घको प्रक्रिया अघि बढाउन निर्णय भएको छ ।’
    बैठकमा सभापति देउवाले संसदीय दलको नेता चयन गर्ने, सबै भ्रातृ संस्थाको अधिवेशन गर्ने लगायत आठ कार्यसूची प्रस्तुत गरेका थिए ।
    केन्द्रीय सदस्य डा प्रकाशशरण महतका अनुसार बैठकमा सभापति देउवाले लामो समयदेखि पार्टीका भ्रातृ संस्थाको हुन नसक्दा नेविसङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ लगायत सङ्गठनको अधिवेशन आगामी नौ महिनाभित्र सम्पन्न गराउने प्रस्ताव पेस गरेका थिए ।
    ‘संसदीय दलको नेता चयनका लागि निर्वाचन समितिले पार्टी नेतृत्वसँग छलफल गरेर चैत २० वा २२ गतेका लागि निर्वाचन मिति तय गर्नेछ’, उनले भने ।
    बैठकले अधिवेशनको दौरानमा सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा कांग्रेस केन्द्रीय निर्वाचन समिति, पार्टी समर्थित कानुन व्यवसायीको सङ्गठन प्रजातान्त्रिक कानुन व्यवसायी सङ्घ, सञ्चार जगत् र सुरक्षाकर्मी लगायतलाई धन्यवाद दिएको छ ।
    बैठकले म्यान्माका नवनिर्वाचित राष्ट्रपति तीन क्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना तथा नेपालमा नजिकिएको फागु पर्वको शुभकामना समेत दिएको छ ।
    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.