×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५९ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे समितिमा जानकारी

  •  
  • शुक्रबार, चैत ०५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, चैत ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले हामी भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्न चाहन्छौँ र दुवै ठूला छिमेकीबाट लाभान्वित हुन चाहन्छौँ तर कुनै राष्ट्रविरुद्ध अर्को राष्ट्रलाई कार्डका रुपमा प्रयोग गर्न चाहँदैनौँ भन्नुभएको छ । प्रधानमन्त्री ओलीले आज व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकलाई चैत ७ गतेदेखि हुने आफ्नो चीन भ्रमणबारे जानकारी दिँदै भारत भ्रमणपछि हुन लागेको मित्रराष्ट्र चीनको भ्रमणबाट नेपाल—चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध अझ मजबुत हुने बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले मागेर विकास हुने होइन भन्नुहुँदै हाम्रा उत्पादनहरु निर्यात गर्नु र पूर्वाधारको विकास गर्नुमा नै देशहित आधारित हुने प्रष्ट पार्नुभयो ।

    उहाँले चीन भ्रमणक्रममा चीनका राष्ट्रपति, प्रधानमन्त्री तथा चिनियाँ जनकाँग्रेसका प्रमुख, चीनको व्यापारिक समुदायलगायतसँग भेटवार्ता हुने पनि जानकारी दिनुभयो । उहाँले आफूले बोआओ सम्मेलनमा भाग लिने पनि जानकारी दिनुभयो ।

    आफू सम्पूर्ण नेपाली जनताको प्रतिनिधि भएको तथा आफूबाट देशलाई हानी हुने कुरामा कुनै सम्झौता नहुने कुरामा आश्वस्त पार्दै प्रधानमन्त्रीले यस भ्रमणबाट राजनीतिक, आर्थिक तथा अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले नेपाल नयाँ चरणमा प्रवेश गर्ने पनि बताउनुभयो ।

    उहाँले भ्रमण क्रममा रसुवागढी नाकाको विकास गर्ने, तातोपानी नाका सुचारु गर्ने, किमाथाङ्का नाकासम्म सडक दुई लेनको र सबै मौसममा चालु गर्न सकिने गरी विकास गरिने, सीमापार प्रसारण लाइन विस्तार गर्ने, रसुवागढी—काठमाडौँ तथा काठमाडाँैबाट पोखरा तथा लुम्बिनीसम्म पनि रेलमार्ग निर्माण, माथिल्लो अरुण ४३४ मेवा निर्माण, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, चक्रपथको दोस्रो चरणको काम, मोनोपोल निर्माण आदि कुरालाई उठाइने र केहीमा सम्झौता हुनुका साथै केहीमा अध्ययनका लागि समझदारी हुनसक्ने बताउनुभयो । उहाँले नेपाल–चीनबीच पारवहन तथा व्यापारको स्वरुपबारे अध्ययन गरेर सम्झौतामा पुग्ने गरी समझदारी हुने पनि सो अवसरमा जानकारी दिनुभयो ।

    समितिका सभापति प्रभू शाहको सभापतित्वमा भएको बैठकमा सांसदले भ्रमणमा इन्धन आयातसम्बन्धी सम्झौता महत्वपूर्ण हुने र सो छुट्नु नहुने, लिपुलेकबारे गृहकार्य गरेर कुरा उठाउनुपर्ने, कर्णाली आयोजनाबारे पनि कुरा उठाउनुपर्ने, तेल उत्खननको सम्भाव्यता अध्ययन आदि छुट्नु नहुने कुरा राख्दै सुझाव दिन ढिलो हुने भए पनि भ्रमणबारे जानकारी दिनुभएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो । सुझाव दिने सांसदमा श्याम श्रेष्ठ, राजन भट्टराई, जीतेन्द्र देवलगायत हुनुहुन्थ्यो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत ०५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.