×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५८ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

चीन भ्रमणमा इन्धन सम्झौता नहुने

  •  
  • शुक्रबार, चैत ०५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो

    काठमाडौं: अन्तिम समयमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण टोलीमा नपरेका आपूर्तिमन्त्री गणेशमान पुनले अहिले नभए पनि कुनै बेला चीनसँग इन्धन सम्झौता हुने बताएका छन् ।

    ‘इन्धन सम्झौतासहितका प्रस्ताव हामीले पठाएका छौं । प्रधानमन्त्रीको भ्रमण टोलीमा म सहभागी नरहे पनि अन्य बेला इन्धन सम्झौता हुनसक्छ’, मन्त्री पुनले अन्नपूर्णसँग भने, ‘चीनबाट इन्धन आपूर्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा पनि चीनबाट इन्धन आपूर्ति गर्ने विषयमा छलफल भएको छ ।’

    प्रधानमन्त्री टोलीमा आपूर्तिमन्त्री पुनलाई सहभागी नगराइएपछि अहिले इन्धन व्यापार सम्झौता हुने सम्भावना लगभग टरेको हो । प्रधानमन्त्री ओलीले चैत ७ गतेदेखि एक साता चीन भ्रमण गर्दैछन् । चीनसँग इन्धन व्यापार र द्विपक्षीय सम्झौताको मस्यौदा आपूर्तिमन्त्री पुनले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयको रायसुझावसहित अनुमोदन गराइसकेका थिए ।
    इन्धन व्यापार सम्झौता भएमा ३० प्रतिशत डिजेल, पेट्रोल, मट्टीतेल, हवाईइन्धन र एलपी ग्यास चीनबाट आपूर्ति गराउने तयारी गरिएको थियो ।
    वाणिज्यमन्त्री दीपक बोहोरा भने प्रधानमन्त्री नेतृत्वको टोलीमा सहभागी छन् । यसअघि गत कात्तिक ११ गते नेपाल आयल निगम र चीन सरकारको स्वामित्वको पेट्रो चाइनाका अधिकारीले इन्धनको व्यापार गर्ने विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । भारतले नाकाबन्दी लगाएर इन्धन अभावमा मुलुक अस्तव्यस्त भएपछि सरकारले चीनसँग इन्धन आपूर्ति गर्ने विकल्प अगाडि सारेको थियो ।
    भारत सरकारले नेपाललाई चाहिने इन्धन उपलब्ध गराउने आश्वासन दिएपछि तत्काल चीनबाट इन्धन आपूर्ति गर्ने सम्झौता नहुने सम्भावना बढेको स्रोतले बतायो । चीन र नेपालबीच इन्धन व्यापार गर्ने विषयमा सहमति भए पनि दुई पक्षबीच बिजिनेस टु बिजिनेससम्बन्धी सम्झौता भएको छैन । सरकारी तहमा सम्झौता नभएसम्म व्यापारिक कारोबार सुरु हुन सक्दैन । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा इन्धन आपूर्ति सम्झौता गर्ने तयारी गरिएको थियो ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत ०५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.