कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र २ गते । बिनाशकारी भूकम्प पछि गोरखाको उत्तरी क्षेत्रमा बसोबास गर्ने दलित समुदायका मानिसहरुलाई केयर नेपालले आर्य आर्जनमा सहयोग गर्ने उद्वेश्यका साथ आरनका सामाग्रीहरु बितरण गरेको छ ।
केयर नेपाललले गोरखा सदमुकाममा रहेको स्वाराँ सघन संग समन्वय गरी पहिलो चरणमा गोरखा जिल्लाको केरौजा र उहियाँ गाउँ बिकास समिति ७ समूहलाई आरनको सामाग्री बितरण गरेको हो । 
सबै दलित जातिले आरनको काम नगर्ने भएका कारण दलित समुदायका ब्यक्तीहरुको समूहलाई उत्त सामाग्री बितरण गरीएको केयर नेपालका खाद्य सुरक्षा तथा निर्यात पबद्र्वन अधिकृत लेखनाथ अधिकारीले जानकारी दिए । 
अधिकारीका अनुसार बितरण गरीएको सामाग्रीहरुमा लिग, घन, खरायो गल, मैरी, रेतीका साथै फलाम काट्ने कैची प्रदान गरीएको थियो । बितरीत सामाग्री बजार मुल्य अनुसार ३५ हजार बरावरको रहेको केयर नेपालले जानकारी दिएको छ ।
उत्त सामाग्री बितरण गरीए पछि स्थानिय स्तरमा नै किसानका लागि आवश्यक पर्ने सामाग्री तयार पार्न सजिलो हुनुका साथै सर्ब सुलभ मुल्यमा स्थानिय स्तरमा नै बिक्री बितरण गर्न सकिने संस्थाले विश्वास लिएको छ ।
केयर नेपालले दिएको जानकारी अनुसार दोस्रो चरणमा बारपाक, लाप्राक र गुम्दाँमा रहेको दलित समुदायलाई आरनको सामाग्री बितरण गरीने छ ।
दलित समुदायको आर्य आर्जनमा केयरको सहयोग
दलित समुदायको आर्य आर्जनमा केयरको सहयोग
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



