×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १२ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

हतियारको बिगबिगीः काठमाडौंमा कति छन् व्यक्तिका नाममा बन्दुक ?

  •  
  • मङ्गलबार, चैत ०२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लाइसेन्सवाला हतियार नै अपराधमा प्रयोग हुन सक्ने खतरा

    रमेश धमला

    २ चैत, काठमाडौं । एमाओवादी सांसद ल्हारक्याल लामा गोलीसहित पक्राउ परेपछि व्यक्तिका नाममा रहेका हातहतियारको बहस सतहमा आएको छ । र, यही क्रममा थप रहस्य के खुलेको छ भने कानूनमन्त्रीको प्रस्तावमा हालैमात्र हातहतियार खरखजनासम्बन्धी कानून संशोधन गरेर अपराधीलाई फाइदा पुग्नेगरी सजायँ घटाइएको छ ।

    लाइसेन्सवाला हतियारको बिगबिगी

    केही दिनअघि सीआइबीले आधुनिक हतियार काठमाडौंमा भित्रिएको भन्ने सूचनाका आधारमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गोमा छापा मार्‍यो । जतिखेर सीआइबीले विमानस्थलमा हतियार खोज्दै थियो, त्यसको केही दिन अघिमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले हातहतियार खरखजना सम्बन्धी अपराधको सजायँ घटाउने कानूनमा हस्ताक्षर गरेकी थिइन् ।

    विमानस्थलमा छापा मार्ने क्रममा सीआइबीको टोलीले एउटा एयर गन फेला पार्‍यो, जसले राजधानीमा निकै सनसनी मच्चायो । कार्गोका प्रमुख योगेन्द्र भट्टचनका अनुसार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल आफैंले उक्त हतियारबारे जाँच गर्न टोली पठाएका थिए । चेकजाँचका क्रममा घातक नभएको एक जापानी नागरिकले कुनै तालिमका लागि सो हतियार ल्याएको हुन सक्ने देखिएपछि अहिले सो हतियार भन्सारको नियन्त्रणमा राखिएको छ ।

    विमानस्थलको हतियार काण्ड सेलाउन नपाउँदै एमाओवादी सांसद ल्याहारक्याल लामाको बैंक लकरमा १४ राउण्ड गोली भेटिएको घटना चर्चामा आयो । बैंकको लकरमा राखिएको गोली त भेटियो, तर हतियार भने अझै भेटिएको छैन । प्रहरीले सोमबार बूढानीलकण्ठस्थित लामाको घरमा खानतलासी समेत गरेको छ, तर हतियार फेला परेको छैन । सांसद लामाले गोली कहाँबाट र के प्रयोजनका लागि राखेका थिए भन्ने प्रहरीको अनुसन्धानपछि मात्रै खुल्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले बताउँछन् । प्रजिअ सुवेदीका अनुसार गोलीको ल्याब परीक्षण हुनेछ र त्यसबारे थप अनुसन्धान भएपछि लामामाथि कस्तो कार्वाही गर्ने भन्ने टुंगो लाग्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा लामाले अहिलेसम्म हतियार वा खरखजना राख्ने कुनै अनुमति लिएका छैनन् ।

    लाइसेन्स लिएर पनि प्वाइन्ट टु टु, सर्टगन र बार बोरजस्ता ठूला प्रकृतिका हतियारमात्रै राख्न पाइन्छ । पेस्तोलजस्ता साना हतियार तथा अन्य शक्तिशाली हतियार राख्न नेपालको कानुनले अनुमति दिँदैन ।

    महानगरीय प्रहरी वृत्त स्वयंभुको टोलीले ०७० साल फागुन २० गते बिहान ४ बजे नियमित चेकजाँचका क्रममा बा १ ज ७६७० नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लियो । पाँच व्यक्तिहरु चढेको सो ट्याक्सीमा तीन थान हतियार फेला पर्‍यो ।

    सो ट्याक्सीमा शंकरदेव क्याम्पसका स्ववियु सभापतिसमेत रहेका सुभराम बस्नेतसहित लीलाबहादुर खड्का, सचीन शर्मा, जोन खड्का र काठमाण्डौ सीतापाइलाका राकेशविक्रम शाही थिए ।

    उनीहरुका साथबाट प्रहरीले म्यागनम टु टु २ थान र सर्टगन १ थान बरामद गर्‍यो । तर, तीनवटै हतियार अनुमति प्राप्त थिए । तीमध्ये म्यागनम टु टु एउटाको नवीकरण गरिएको थिएन । त्यसैका आधारमा उनीहरुलाई प्रहरीले जिल्ला प्रशासनमा हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलायो ।

    बरामद भएको बाह्र बोरको हतियार ०५३ सालमा काठमाण्डौंबाट लीलाबहादुर खडकाका नाममा दर्ता देखिएको थियो भने एउटा म्याग्नम टु टु ०६८ सालमा ललितपुरबाट लिएको भेटिएको थियो । त्यस्तै अर्को एउट टुटु म्याग्नम ०७० साल माघ ५ गते शुभरामका नाममा पास भएको देखिएको थियो ।

    त्यसैगरी ०७० साल फागुनमै महानगरीय प्रहरी परिसर काठमाण्डौंको टोलीले महंगोे ब्याजमा ऋण लगानी गर्ने गरेको आरोपमा ललितपुरका महेशबहादुर सिंहलाई पक्राउ गर्‍यो । अपहरण तथा शरीर बन्धक बनाएर पैसा असुल्ने र चर्को ब्याजमा रकम लगानी गर्ने गरेको भन्दै तत्कालीन एसएसपी रमेश खरेलले महेशलाई पक्राउ गरेका थिए ।

    जब प्रहरी टोली सिंहको घरमा छापा पुग्यो, त्यसपछि चकित पर्‍यो । किनकि उनका घरमा ७ वटा हतियार भेटिए । तर, अनुसन्धानका क्रममा यी सबै हतियार लाइसेन्स प्राप्त भएको थाहा भयो । त्यसले प्रहरीलाई अर्को आश्चर्यमा पार्‍यो ।

    एउटा प्रहरी चौकीमा भन्दा बढी हतियार प्रहरीको वान्टेड सुचीमा रहेका व्यक्तिको घरमा थियो, ती पनि लाइसेन्सप्राप्त ।

    प्वाइन्ट टु टु दुई थान र त्यसमा लाग्ने ९७ वाट गोली सिंहको घरमा फेला परेका थिए । त्यस्तै बार बोरका बन्दूक २ थान र त्यसमा लाग्ने गोली ३९ राउण्ड भेटिएका थिए । साथै एक थान एयर गनसमेत महेशले आफ्नो घरमा राखेका थिए । ती ७ थान हतियार महेश र उनकी श्रीमतीका नाममा लिइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

    त्यसैगरी महानगरीय प्रहरी परिसर काठमाण्डौंको टोलीले ०७० साल बैशाख ३ गते यमबहादुर थापाको डेराबाट जर्मनमा बनेको GSG-357791 नं लेखिएको कालो रंगको अर्धस्वचालित हतियार बरामद गर्‍यो ।

    प्वाइन्ट टुटु क्यालिभर भएको टेलीस्कोपयुक्त उक्त हतियारले लामो दुरीसम्म निशाना लगाउन सकिने काठमाडौंका तत्कालीन एसएसपी रणबहादुर चन्दले बताएका थिए ।

    यमबहादुरलाई अर्धस्वचालित हतियार राख्ने अनुमति जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले दिएको अनुसन्धानबाट खुलेको थियो । ०६९ साल बैशाख २६ गते यमबहादुरका नाममा पास भएको हतियार वैशाख १३ गते सदीक्षा गौचनले लिएको देखिएको थियो । ०६९ वैशाख २६ गते लाइसेन्स पाएका थापाले सिरियल नम्बर १३११३ को लाइसेन्समा उक्त राइफल सदीक्षा गौचनबाट नामसारी गरेर लिएको देखिएको थियो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको अनुमतिपत्रमा लेखा अधिकृत यज्ञराज उप्रेतीको हस्ताक्षर थियो ।

    कसरी पाइन्छ हतियारको लाइसेन्स ?

    नेपालको कानुनले यदि सुरक्षा चुनौती महशुस भए व्यक्तिलाई आफनो सुरक्षाको लागि हतियार राख्न पाउने अधिकार दिएको छ । कानुनले एउटा व्यक्तिलाई ३ वटा र परिवारमा ६ वटासम्म हतियार राख्न पाउने अनुमति दिएको छ ।

    काठमाडौंका सिडियो रामकृष्ण सुवेदीका अनुसार हतियार राख्न चाहने व्यक्तिले सिडियो कार्यलयमा गएर हतियार खरिद गर्ने अनुमति लिन एउटा फारम भर्नुपर्छ । त्यसपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त व्यक्तिका बारेमा अनुसन्धान गर्छ । र, उसलाई सुरक्षा थे्रट हेरेर अनुमति दिने कि नदिने निर्णय गरिन्छ ।

    जिल्ला सुरक्षा समितिको निर्णयपछि सिडियो कार्यालयले हतियार खरिद गर्न दिने सिफारिस गर्छ र गृह मन्त्रालयलयले हतियार खरिदको अनुमति दिएपछि सो व्यक्तिले हतियार खरिद गर्न पाउने कानुनी व्यवस्था छ ।

    त्यसमा उक्त व्यक्तिले हतियार कुन देशबाट ल्याउने, कुन रुट प्रयोग गर्ने, भन्सार कार्यालय महसुल बुझाउने लगायत सबै विवरण उल्लेख गर्नुपर्ने हुन्छ । ती सबै प्रक्रिया पूरा गरेपछि सिडियो कार्यलयले हतियार राख्ने अनुमति-पत्र दिने गरेको छ ।

    तर, त्यसरी लाइसेन्स लिएर प्वाइन्ट टु टु, सर्टगन र बार बोरजस्ता ठूला प्रकृतिका हतियारमात्रै राख्न पाइनेछ । पेस्तोलजस्ता साना हतियार तथा अन्य शक्तिशाली हतियार राख्न नेपालको कानुनले अनुमति दिएको छैन ।

    व्यक्तिलाई हतियार राख्न दिने लाइसेन्सका कारण यतिबेला अमेरिकाले ठूलो समस्या भोगिरहेको छ । नेपालमा पनि त्यसरी लाइसेन्सप्राप्त हतियार बोक्नेहरुले गलत कार्यमा संलग्न हुने गरेको तथ्य बेलाबखत उदघाटित हुने गरेको छ ।

    चार वर्षमा १४९ हतियार नवीकरण

    नेपालमा कानुनले दिएको अधिकारको प्रयोग गर्दै हतियार राख्नेहरुको संख्या घटेको देखिँदैन । कतिपयले सुरक्षा चुनौति भएरै अनुमति लिएर घरमा हतियार राख्ने गरेका छन् भने कतिपयले सौखका लागि घरमा हतियार राख्ने गरेका छन् ।

    विषेश गरेर द्वन्द्वकालमा राजधानीमा केही राजनीतिज्ञ तथा व्यवसायीहरुले अनुमति लिएर हतियार राख्ने गरेका थिए । तर, मोफसलमा भने व्यक्तिका साथमा भएका हतियार राज्यले नियन्त्रणमा लिएको थियो । एकताका विभिन्न जिल्ला प्रशासनमा भरुवा बन्दुक लगायतका व्यक्तिगत हतियार बुझाउनेहरुको समेत भीड लाग्ने गरेको थियो ।
    पछिल्लो चार वर्षमा काठमाडौं सिडियो कार्यालयबाट १४९ वटा हतियारको नवीकरण भएको स्रोतले बतायो । विभिन्न समयमा लिइएका हतियार नविकरण गर्न आउनेहरु धेरैजना रहेको प्रशासन स्रोत बताउँछ ।

    आर्थिक वर्ष ०६९/०७० मा ८६ वटा हतियारको नवीकरण भएको सिडियो कार्यालयको तथ्यांकमा छ । त्यस्तै ०७०/०७१ मा २६ वटा र ०७१/०७२ मा १६ वटा हतियार नवीकरण भएका छन् । यस वर्ष काठमाडौं जिल्ला प्रशासनमा २१ वटा हतियारको नवीकरण भएका छन् ।

    पछिल्लो समय गृह मन्त्रालयलयले नयाँ हतियार राख्न दिएको छैन । सशस्त्र द्वन्द्व पनि सकिएको र व्यक्तिलाई हतियारै राख्नुपर्ने गरी सुरक्षा थे्रट हुने अवस्था पनि नरहेकाले गृहमन्त्रालयले हतियार राख्ने अनुमति नदिएको प्रशासकहरु बताउँछन् । तर, पुराना लाइसेन्सको नवीकरण भने गरिँदै आएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीका अनुसार अहिले नयाँ हतियार राख्ने अनुमति दिइएको छैन, त्यसका लागि सरकारले नै निर्णय गर्नुपर्छ ।

    हतियारको दुरुपयोग गरे कारवाही हुन्छः प्रजिअ

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी सुवेदी व्यक्तिको सुरक्षाका लागि कानुनले हतियार राख्ने अधिकार दिएको बताउँछन् । तर, त्यस्ता अनुमति लिएर राखिएका हतियारको दुरुपयोग भएको भेटिए कार्वाही हुने उनी बताउँछन् ।

    प्रजिअ सुवेदी भन्छन्- हतियार सुरक्षाका लागि राख्ने हो, दुरुपयोग गर्न होइन । कसैले त्यस्तो गरेको भेटिए घटना अनुसार कार्वाही हुन्छ ।

    कारवाही त हुन्छ, तर सजायँ घटाइयो

    प्रमुख जिल्ला अधिकारीले सुवेदीले हतियारको दुरुपयोग गर्नेमाथि कारवाही हुने बताए पनि अहिले हात हतियार खरखजना ऐनमा रहेको सजायँको व्यवस्था रहस्यमय तरिकाले घटाइएको छ । ३ वर्षदेखि पाँचवर्षसम्म हुने सजायँलाई घटाएर ६ महिनादेखि एक वर्षसम्ममात्रै सजायँ हुने प्रावधान राखिएको छ भने १ वर्षदेखि ३ वर्षसम्म हुने सजायँलाई घटाएर ३ महिनादेखि ९ महिनामा झारिएको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत ०२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.