×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

खिरखिरेमा जिन्दगी खियाउँदै

  •  
  • मङ्गलबार, चैत ०२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिवप्रसाद उप्रेती

    गोरखा: घ्याल्चोक ६ छेर्दीखोलाका सुनील चेपाङ यो फागुनमा १८ वर्ष लागे । पारिवारिक समस्याले तीन कक्षाभन्दा पढ्न सकेनन् । स्थानीय प्रजाज्योति प्राविमा कक्षा तीनमा पढ्दापढ्दै छोडेर उनी चितवनतिर हिँडे, कामको खोजीमा ।
    ‘म नौ वर्षको छँदा आमा पोइल गइन् । बा सधैं रक्सी खाएर हिँड्छन्’, सुनीलले आफ्नो कथा सुनाए, ‘अनि मैले पढ्न पाइनँ । काम खोज्दै चितवन गएँ । त्यहाँ पनि राम्रो भएन । अहिले ढुंगाखानीमा आएको हुँ ।’ यहाँ दुःख धेरै भए पनि कमाइ राम्रो भएको उनले बताए ।
    उनी सबेरै उठ्छन्, बिहान साढे ६ बजे खाना खाइसक्छन् । आठ बजे कौदीफाँटको ढुंगाखानीमा पुग्छन् । त्यहाँ उनी आफूभन्दा ठूलाले भनेअनुसार बडेमानका ढुंगा उचाल्छन्, कोर्केमा भर्छन् । ओरालो लट्ठामा कोर्के सरर्र कुदेर त्रिशूली पार गर्छ । अनि कम्मरमा बाँधेको खिरखिरे झिकेर लमतन्न तन्किएको लट्ठामा जोड्छन् । खिरखिरेमा बस्छन् । खिरखिरे सरर्र ओरालो लट्ठामा गुड्छ । अनि अघिको कोर्केसँगसँगै गहिरो सुसाएको त्रिशूली तर्छन् ।
    त्रिशूली तरेर कोर्केको ढुंगा भुइँमा थुपार्छन् । फेरि भुइँको ढुंगा ट्रकमा लोड गर्छन् । सबेरै खाना खाए पनि दिउँसो खाजा खाँदैनन् ।
    उनले भने, ‘खाजा खाने बानी नभएर होला, बिहान र बेलुका खाना खाने हो । दिउँसो भोक नै लाग्दैन ।’ उनी दिनभर लखतरान भएर साँझ छ बजेतिर घर फर्किन्छन् । यसरी नै उनको दिन, साता, महिना हुँदै वर्ष बितेको छ ।
    सुनील मात्रै होइन, भुम्लिचोक ८ कौदीफाँटको ढुंगाखानीमा एक सयभन्दा धेरै चेपाङको जिन्दगी यसरी नै खिरखिरेमा झुन्डिएर बितिरहेको छ । खिरखिरेमा झुन्डिने काम पाउनु उनीहरूका लागि अवसर भएको छ ।
    त्रिशुलीमाथि लट्ठामा ढुंगा राखिएको कोर्के अड्किएपछि खिरखिरे चढेर तान्न गएका सुनील चेपाङ । उनी वर्षौदेखि खिरखिरे चढेर जोखिमपूर्ण रुपमा ढुंगा बोक्ने काम गरिरहेका छन् । तस्बिरः शिवप्रसाद उप्रेती
    त्रिशूलीमा खिरखिरे खेल्ने, ढुंगामुढा उचाल्ने, पछार्ने अवसर उनीहरूलाई हेटौंडा सिमेन्ट उद्योगले दिएको हो । ढुंगा निकाल्न उद्योगले ‘ब्लास्ट’ गर्दा पहरोमाथि रहेको आफ्नो गाउँ नै थर्किएर पहिरो जाने खतरा रहे पनि काम गर्ने अवसर दिएकोमा यस भेगका चेपाङ समुदाय उद्योगसँग खुसी नै छन् ।
    उद्योगका पेटी ठेकेदार वीरबहादुर चेपाङले उनीहरूको व्यवस्थापन गरेका छन् । उनले एउटा लट्ठामा आठदेखि दसजनासम्मलाई काम दिन्छन् । यस्ता लट्ठा आठवटा छन् । ‘वीरबहादुरले सबैलाई मासिक पैसा त दिँदैनन्’, १८ बर्से सुनील भन्छन्, ‘हामीलाई दुईतीन महिनामा एकपटक भए पनि पैसाचाहिँ दिन्छन् । अब फाउपुर्नेमा दिन्छु भनेको छ ।’ कमाइले उनले परिवार धानेका छन् । ‘रासन किन्छु । लुगा किन्छु’, उनी भन्छन्, ‘सानैदेखि दुःख पाइयो । दुःख गरेर भए पनि आफू पालिनुपर्‌यो । परिवार पाल्नुपर्‌यो ।’
    उनको परिवारमा बुबा, कान्छीआमा, एउटा भाइ र एउटी बहिनी छन् ।
    यहाँ ढुंगाखानी चलाउन थालेको २०४६ सालदेखि हो । खानी चलेपछि आसपासका चेपाङ समुदायले राम्रैसँग रोजीरोटी पाएका छन् । जोखिमको पर्वाह नगरी खिरखिरेमा झुन्डिएर काम गर्नुलाई उनीहरू अवसर ठान्छन् । कामले खिचेको उनीहरूको ध्यान दुईजनालाई त्रिशूलीले निलिसकेको घटनाले भड्काएको छैन ।
    २०६५ सालमा गौतम चेपाङ र २०६९ सालमा मकवानपुरका अर्का एकजना खिरखिरेबाट त्रिशूलीमा खसेर बेपत्ता भएको थुम्का प्राविका शिक्षक चन्द्र चेपाङ बताउँछन् । पानीमा खसे पनि उत्रिएर ज्यान जोगाएको घटना झन् प्रसस्त रहेको उनले बताए । लट्ठाले हात खाएका र औंला गुमाएका घटना पनि कयौं रहेको उनको भनाइ छ ।
    यहाँ भुम्लिचोकका हिक्लुङ, थुम्का, घ्याल्चोकका बेलटार, छेर्दीखोला, कौदी, धादिङको रोबाङ, चितवनको शक्तिखोर, मकवानपुरको लोथरदेखि काम गर्न आउँछन् । काँधकाँधमा खिरखिरे बोकेर साँझबिहान उकालोओरालो गर्ने, दिनभरि त्रिशूलीमाथि खिरखिरेमा ओहोरदोहोर गर्ने पुरानै परम्परा हो । यसरी नै यहाँका चेपाङ समुदायले बर्सौं बिताएका छन् ।
    त्रिशूलीमाथि लट्ठामा ढुंगा राखिएको कोर्के अड्किएपछि खिरखिरे चढेर तान्न गएका सुनील चेपाङ । तस्बिर: शिवप्रसाद उप्रेती

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत ०२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.