×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

जटाधारीले फर्काइदिएको खुसी

  •  
  • सोमबार, चैत ०१, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    रितेश त्रिपाठी

     विवाह मण्डपमा नयाँ बेहुला जटाधारी बर्णवाल र बेहुली सोनीकुमारी बर्णवाल। तस्बिर:रितेशविवाह मण्डपमा नयाँ बेहुला जटाधारी बर्णवाल र बेहुली सोनीकुमारी बर्णवाल। तस्बिर:रितेश
    वीरगन्ज-विवाह–मण्डपमा बसेका बेहुलाले दाइजो नपाएको निहुँमा सिन्दूर हाल्न इन्कार गरेपछि आँसुमा डुबेकी २१ वर्षीया सोनीकुमारी बर्णवालको अनुहारमा ४८ घन्टा नबित्दै आभा फैलिएको छ। उनको मुहारमा कान्ति ल्याइदिने युवक हुन्, वीरगन्ज–१२ का २८ वर्षीय जटाधारी बर्णवाल। उनले दाइजोका कारण विवाह रोकिएकी सोनीकुमारीलाई समाज साक्षी राखेर अर्धांगिनी स्विकारे । त्यति मात्र होइन, दाइजो नलिने सार्वजनिक उद्घोषै गरे।
    आदर्शनगरस्थित महावीर धर्मशालामा बिहीबार आयोजित वैवाहिक कार्यक्रममा २३ वर्षीय बेहुला अनुप बर्णवालले बेहुली सोनीकुमारीलाई सिन्दूर हाल्न इन्कार गरेका थिए । कारण थियो, दाइजोमा मागेको सुनको औंठी नपाउनु ।
    अनुपले सिन्दूर हाल्न इन्कार गरेपछि केटा र केटी पक्षबीच कुटाकुट पनि भयो । विवाहस्थलबाटै प्रहरीले केटा अनुप र उनका बाबु अंकुरलाई पक्रेर लग्यो । विवाह रोकियो । अनुप वीरगन्ज–१८ लक्ष्मणवाका हुन् भने केटी भारत, बेतियाकी ।

    तर, आइतबार साँझ वीरगन्जकै गहवा अतिथि सदनमा भिन्दै वातावरण थियो । जहाँ तिनै सोनी बेहुली थिइन्, जटाधारीसँग उनको बिहे हुँदै थियो ।

    दाइजो निहुँमा सोनीको बिहे रोकिएको खबर वीरगन्जभरि फैलियो । प्रश्न थियो, परम्परागत समाजमा बिहे मण्डपबाट फर्काइएकी केटीसँग बिहेका लागि अर्को केटा राजी हुन्छ त ? वीरगन्ज बर्णवाल समाजका अध्यक्ष रवीन्द्र बर्णवालले भने, ‘यो खबर हामीले सुन्यांै, लाजमर्दो भयो । हामीले निधो ग¥यौं, अर्को केटा खोज्नुपर्छ । केटा पनि वीरगन्जकै खोजियो । सोनीको बिहे भयो । अहिले आनन्द अनुभूति भएको छ ।’

    बर्णवाल समाजका अगुवा नयाँ केटा खोज्न सक्रिय भए । उनीहरूले वीरगन्जकै युवक जटाधारीसँग शनिबार भेटेर सोनीसँग बिहेकोे प्रस्ताव राखे । उनी सहर्ष बिनादाइजो सोनीलाई बिहे गर्न राजी भए ।

    मनोजकुमार बर्णवाल र मृत्युञ्जयकुमार बर्णवाललगायत अगुवा केटा खोज्न सक्रिय भएका थिए । जटाधारीलाई राजी गराउन वीरगन्जका व्यवसायी वीरेन्द्रप्रसाद क्षेत्री कुर्मी उनकै घर पुगे । ‘नमाने लाग्ने खर्च म नै तिर्छु भनेर पुगेँ, केटा पक्षले सहर्ष प्रस्ताव स्विकारेपछि आदर्श बिहे सम्भव भयो,’ कुर्मीले भने ।

    अतिथिसदनमा बेहुलाबेहुलीलाई आशीर्वाद र बधाई दिन वीरगन्जका सामान्यसँगै गण्यमान्य व्यक्ति ओइरिएका थिए । धेरैले केटा पक्षलाई राम्रो काम गरेको भन्दै धन्यवाद दिए । कतिले त उनलाई ‘हिरो’ को संज्ञा पनि दिए।

    अतिथि सदनमा महिला चलन–विधिका काममा व्यस्त देखिन्थे । बर्णवाल समाजकै आयोजनामा भोज गरियोे।

    बेहुलीका बाबु बेतिया स्टेसन रोडका बृजकिशोर बर्णवालको आँखामा खुसीको आँसु छचल्किएको थियो । ‘मसँग खुसी वर्णन गर्ने शब्द छैन, हिजोसम्म रुँदै थियौं, आज छोरीको बिहे भयो, खुसीको सीमा नै छैन,’ उनले भने, ‘नेपालले मलाई जीवनमा यो उपहार दियो । यहाँको समाज र प्रहरी प्रशासनप्रति कृतज्ञ छुँ ।’

    बेहुला जटाधारीले भने, ‘दाइजो नपाएर सोनीलाई बिहे गर्न केटाले इन्कार गरेको कुरा मसँग ल्याइयो । दाइजो लिनुदिनु राम्रो होइन । यसै निहुँमा कसैको बिहे रोकिनु त झनै राम्रो होइन । त्यसैले म सोनीसँग बिहे गर्न राजी भएँ। मलाई आनन्द लागेको छ।’

    दाइजो नपाएर बिहे गर्न नमानेका बाबुछोरालाई लागेको खर्च बेहोर्ने र विवाहमा उपस्थित हुने सर्तमा प्रहरीबाट छुटाइएको थियो । उनीहरूकै आँखाअगाडि यो सुकार्य गर्ने र उनीहरूलाई लज्जाबोध गराउन आफूहरूले प्रहरीबाट छुटाउन पहल गरेको बर्णवाल समाजले जनाएको छ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०१, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.