×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

प्रश्रितको प्रत्यारोपः शारदा भुसाल पागल थिइन्, ‘अश्लील साहित्य’ जफत गरियोस्

  •  
  • सोमबार, चैत ०१, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पिता भन्छन्ः मोदनाथले त्यस्तो गरे भन्ने विश्वास लाग्दैन

     

    चिरञ्जीवी पौडेल

    १ चैत, काठमाडौं । पूर्वएमाले नेता मोदनाथ प्रश्रितले आफूमाथि बलात्कारजस्तो संगीन आरोप लगाउने अर्घाखाँचीकी महिला शारदा भुसाललाई ‘पागल’को संज्ञा दिएका छन् । भुसालले लेखेको आत्मकथा नियन्त्रणमा लिन प्रश्रितले प्रशासनसँग आग्रहसमेत गरेका छन् ।

    हालै बजारमा आएको ‘धरातल’ शीर्षकको आत्मकथामा भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसालले १३ वर्षको उमेरमा आफूसँग प्रश्रितले पटक-पटक जबरजस्ती सम्वन्ध राखेको र यौन हिंसा गरेको आरोप लगाएकी छिन् ।

    चर्चित साहित्यकार एवं पूर्वशिक्षा मन्त्रीसमेत रहेका प्रश्रितले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर भुसालको पुस्तकमा लगाइएको आरोपबारे आपत्ति जनाएका छन् ।

    पत्नी र छोरासहित बागबजारको हार्दिक होटलमा पत्रकार सम्मेलनमा आएका प्रश्रितले शारदाको आत्मकथालाई ‘अश्लील साहित्य’ को संज्ञा दिए ।

    प्रश्रितले अनलाइनखबरसँग भने- ‘चन्द्रमाको प्रभावले गर्दा यस्तो हुँदोरहेछ, उनी (शारदा) दोस्रो दर्जाकी पागल हुन् ।’

    आफ्नो लिखित मन्तव्य वाचन गर्दै प्रश्रितले भने, ‘केही दिनयता अत्यन्त काल्पनिक, मनगढन्त, दुराशयपूर्ण र समाजका लागि हानिकारक कुराहरु लेखी एउटा अश्लील साहित्यको पुस्तक बजारमा ल्याइएको रहेछ । यदि मैले पुस्तकमा भनेजस्तै कुनै अपराध गरेको थिएँ भने यतिका वर्षसम्म किन कतै, कुनै आवाज उठाइएन ?’

    प्रश्रितले शारदा भुसालसँग आफ्नो पुरानो चिनजान रहेको बताएका छन् । उनको दावी अनुसार शारदा सानैमा मानसिक रोगी थिइन् ।

    ‘निज हाम्रो पार्टीका तत्कालीन जिल्ला नेताकी छोरी हुन् । सानैमा पागलपनको सिकार भएपछि उनका बुबाको आग्रहमा ०४८ सालमा मैले काठमाडौंमा ल्याएको थिएँ,’ प्रश्रित भन्छन्- ‘मेरो स्वयंभूमा रहेको डेराकै नजिक मित्रसागर नेपालको घरमा डेरा खोजेर राखिदिएको थिएँ । तत्कालै एकजना मानसिक चिकित्सककहाँ लगेर औषधि पनि गरायौं । तर, उनी १०-१२ दिनमै डेरा छाडेर भागिछन् । हामीले त्यसपछि उनका बाबुआमालाई तत्कालै खबर गरिदिएका थियौं ।’

    एमालेका पूर्व पालिटब्यूरो सदस्यसमेत रहेका प्रश्रितका अनुसार भुसालको पागलपन कहिले कम र कहिले बेसी हुन्थ्यो । अनलाइनखबरसँग कुरा गर्दै उनले भने-‘पागलपन दुई किसिमका हुँदा रहेछन्, एउटा पूर्णपागल जो, हरबखत एउटै गतिमा पागल हुन्छ, दोस्रो चाहिँ अँधेरी रातमा बढी च्याप्ने र उजेली रातमा अलि ठीक हुने ।’

    पालगपनको परिभाषा दिँदै प्रश्रितले अनलाइनखबरसँग भने- ‘चन्द्रमाको प्रभावले गर्दा यस्तो हुँदोरहेछ, उनी (शारदा) दोस्रो दर्जाकी पागल हुन् ।’

    चर्चित प्रगतिशील साहित्यकार प्रश्रितले शारदा भुसालको चरित्रमाथि पनि प्रश्न उठाएका छन् । उनले भने, ‘सानैदेखि आवारागिरी गर्थिन् । चरित्र राम्रो थिएन र उमेरमा बिहे पनि भएन । पछि श्रीमती गुमाएका एकजना झा थरका व्यक्तिले बिहे गरे भन्ने सुनेको थिएँ ।

    प्रश्रितले समाजविरोधी एवं तथ्यहीन सामाग्री प्रकाशित गरेको भन्दै शारदाको आत्मकथा नियन्त्रणमा लिन प्रशासनसँग आग्रहसमेत गरेका छन्

    शारदासँग ०४८ सालमा भेट भएपछि आफ्नो एकैपटक ०५४ सालमा भेट भएको प्रश्रितले बताए । उनले भने- ‘त्यतिबेला शारदा भुसालले कुनै सभाको आयोजना गरेकी थिइन् र त्यसमा मलाई निज आफैंले प्रमुख अतिथिका रुपमा भाषण गर्न लगाएकी थिइन् । मलाई निजबाट ‘मेरा अभिभावक तथा सम्मानित काका’ भनेर सम्बोधन गरिएको थियो ।’

    प्रश्रित प्रश्न गर्छन्, ‘यदि निजको नजरमा म अपराधी नै थिएँ भने किन मलाई आमसभामा प्रमुख अतिथि बनाइयो ?’

    प्रश्रितले आफूमाथि कुनै ठूलो षडयन्त्रको तानाबाना बुनिएको र नक्कली विवरणसहितको पुस्तक तयार गरिएको दाबी गरे ।

    पुस्तक नियन्त्रणमा लिन आग्रह

    प्रश्रितले समाजविरोधी एवं तथ्यहीन सामाग्री प्रकाशित गरेको भन्दै शारदाको आत्मकथा नियन्त्रणमा लिन प्रशासनसँग आग्रहसमेत गरेका छन् । उनको विज्ञप्तिमा भनिएको छ, ‘कसैको व्यक्तित्व नै समाप्त गरिदिने उद्देश्यले प्रकाशित गरिएको सामाग्री तत्काल प्रशासनले नियन्त्रणमा लेओस् भन्ने मेरो अनुरोध छ ।’

    प्रश्रितद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यसखाले कुकर्म गर्नका लागि कुनै पनि प्रकाशक वा लेखक उद्यत नहोस् भन्नका लागि सबै साहित्यकार तथा पत्रकार मित्रहरुलाई आवश्यक वातावरण मिलाउन पनि अनुरोध गर्न चाहन्छु ।’

    शारदा भुसालको पुस्तक मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो । पुस्तकमा शारदाले प्रश्रितमाथि मात्रै आरोप लगाइकी छैनन्, पशुमन्त्री शान्ता मानवी र आफ्नै पिता गुणनीधि भुसालले समेत मोदनाथ प्रश्रितलाई नै सहयोग गरेर आफूमाथि अन्याय गरेको आरोप लगाएकी छिन् । शारदाका पिता गुणनिधि भुसाल अर्घाखाँचीका पूर्वएमाले नेता हुन् ।

    बाबु भन्छन्ः प्रश्रितले त्यस्तो कार्य गरेको विश्वास छैन

    शारदा भुसालले पुस्तकमा आफ्नै बाबुसमेतको सहयोगमा प्रश्रितले आफूमाथि घृणित कार्य गरेको आरोप लगाएकी छिन् । एमाले छाडेर सामान्य जीवनयापन गर्दै आएका शारदाका बुवा गुणनीधि भुसाल अहिले अर्घाखाँचीमै छन् ।

    शारदाका ७७ वर्षीय बुवा गुणनीधिसँग अनलाइनखबरले फोनमा सम्पर्क गर्दा उनले छोरीको प्रकाशित पुस्तकका बारेमा हल्ला सुनेको बताए ।

    उनले भने, ‘चार वर्ष भयो छोरीसँग हाम्रो घरपरिवारको सम्पर्क छैन । अहिले जे पायो त्यही लेखेर किताब निकालेको कुरा सुनेको छु, तर पढेको छैन । पढ्नु पनि छैन ।’

    के तपाईंकी छोरा सानो छँदा मानसिक रोगी थिइन् ? भन्ने प्रश्नमा गुणनीधिले यो विषयमा आफूलाई एकिन नभएको बताए । उनले भने, ‘बौलाही भनेर लुगा खोलेर हिँड्ने र जे पायो त्यही बोल्ने खालको होइन । तर, सानैदेखि हाम्रो कन्ट्रोलमा थिइन, आफूखुशी हिँड्ने र मनलाग्दी कामहरु गर्ने गर्थी । उसमा पागलपनको लक्षण थियो, तर एकिनका साथ भन्न सक्दिँन ।’

    काठमाडौंमा आफूलाई दिनभरि कोठाभित्र थुनेर राख्ने गरिएको र राति प्रश्रितले आफूमाथि जबरजस्ती यौनसम्वन्ध राख्ने गरेको शारदाले आरोप लगाएकी छिन्

    प्रश्रितले पिताको आग्रहमा उपचारका लागि काठमाडौं ल्याएको बताए पनि गुणनिधिले त्यो अस्वीकार गरे । उनले भने- ‘मैले काठमाडौं पठाएको होइन, शान्ता मानवीको पछि लागेर आफैं गएकी हो ।’

    मोदनाथले आफूमाथि पटक-पटक बलात्कार गरेको र यसमा पिताको समेत साथ रहेको भन्ने शारदाको आरोपका विषयमा गुणनिधिले भने, ‘मोदनाथजीसँग पहिले पार्टीमा सँगै काम गरेको हुँ, उहाँबाट त्यस्तो हर्कत भयो होला भन्ने विश्वास छैन । ऊ जसको सरसंगतमा छे, उसैको उक्साहटमा यस्ता कुराहरु लेखेकी हुन सक्छे ।’

    गुणनिधिका अनुसार ९ कक्षामा पढ्दै गर्दा शारदा जनकपुरका झा थरका व्यक्तिसित हिँडेकी थिइन् । तर, बिहेपछि छोरीसँग सम्पर्क नरहेको उनले बताए ।

    ‘बिहेपछि परिवारका सदस्य कसैसँग पनि सम्पर्कमा आइन, हाम्रो रीतिरिवाज तोडेर बिहे गरेकाले हामीले पनि वास्ता गरेनौं,’ गुणनिधिले अनलाइनखबरसँग भने- ‘पछि पत्रपत्रिकामा उसका विषयमा राम्रा कुराहरु आउन थाले । कहिले भ्रष्टाचारको विषयमा अनसन बसेको भनेर आयो, कहिले अमेरिकामा पुरस्कार पाउन लागेको भनेर आयो ।’

    आफ्नी छोरीसँग ४/५ वर्ष पहिले एकपटक भेट भएको बताउँदै उनले भने, ‘त्यसपछि उसको मुख पनि देखेको छैन ।’

    किताबमा के छ ?

    मञ्जरी प्रकाशनले बजारमा ल्याएको धरातल नामक आत्मकथामा शारदाले प्रश्रितसँगको संगतबारे लामो परिचर्चा गरेकी छिन् । पुस्तकमा उनले मोदनाथलाई तँ भनेर सम्वोधन मात्रै गरेकी छैनन्, नाम बिगारेर ‘मोदे’ भनेकी छिन् ।

    पुस्तकमा लेखिए अनुसार ०४६ सालमा प्रजातन्त्र आएपछि ०४७ साल वैशाख १ गते अर्घाखाँचीको सन्धिखर्कमा विजयसभा राखिएको थियो । उक्त सभामा प्रश्रित र गुणनीधिसहित एमालेका विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत थुप्रै नेता आएका थिए । सो कार्यक्रम सकिएपछि शान्ता मानवीले गुणनीधिसँग शारदालाई काठमाडौंमा लगेर पढाउने प्रस्ताव गरेको र गुणनीधिले स्वीकार गरेको पुस्तकमा उल्लेख छ ।

    काठमाडौं लैजाने क्रममा बाटोमा विभिन्न ठाउँमा बास बस्दा हाल पशुमन्त्री रहेकी शान्ता मानवीले आफूलाई राति मोदनाथसँग सुत्न लगाएको उनले लेखेकी छिन् ।

    काठमाडौंमा आफूलाई दिनभरि कोठाभित्र थुनेर राख्ने गरिएको र राति प्रश्रितले आफूमाथि जबरजस्ती यौनसम्वन्ध राख्ने गरेको शारदाले आरोप लगाएकी छिन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०१, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.