१ चैत, काठमाडौं । नेपाली कांग्रेसको खुला तर्फका केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्बजनिक भएपछि नेता-कार्यकर्ताहरुले खुसियाली मनाइरहेका छन् ।
सभापति शेरबहादुर देउवाले १३ औं महाधिवेशनलाई हारजितको रुपमा नलिएकाले खुसियालीमा अबिरसमेत नलगाएको प्रतिक्रिया दिए पनि केन्द्रीय सदस्यहरुको शैली भने फरक देखियो । उनीहरु दूबो, फूल, खादा र अबिरले रंगिए ।
सबैभन्दा आकर्षकको केन्द्र बने युवा नेता प्रदीप पौडेल । २५ केन्द्रीय सदस्यहरुमध्ये सर्बाधिक मत ल्याउनेहरुको सूचीमा पौडेल छैटौं नम्बरमा परेका छन् । दूबोको माला र अबिर लगाइदिएर कार्यकर्ताहरुले काँधमै बोके र पार्टी कार्यालय परिसरमा केहीबेर घुमाए ।
बालकृष्ण खाँण, शंकर भण्डारी, धनराज गुरुङ लगायतका नेताहरु पनि फूलमाला र अबिरले रंगिएका देखिन्थे । पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका कांग्रेस कार्यकर्ताहरुले जितको खुसियालीमा आफ्ना नेताहरुको पक्षमा नाराबाजीसमेत गरेका छन् ।
onlinekhabar










