×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १३ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

निजी अस्पतालमा बिरामी लैजाँदा एम्बुलेन्सलाई कमिसन

  •  
  • सोमबार, चैत ०१, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :बिहीबार बिहान घाइते दाउरी तामाङलाई भवानी अस्पतालमा लिएर गएको एम्बुलेन्स ।

    क्रान्ति शाह
    वीरगन्ज: वीरगन्जको मुर्ली चोकमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट घाइते भएकी ६१ वर्षीया वृद्धा दाउरीदेवी तामाङलाई उपचारका लागि अस्पताल लैजान मोटरसाइकल चालक हरिशंकर साहले ना २ च ५५१९ नम्बरको एम्बुलेन्समा हाले ।
    घन्टाघर चोक पुगेपछि साहले एम्बुलेन्स चालक रुस्तम आलमलाई नारायणी उपक्षेत्रीय अस्पतालमा लैजान भने । तर चालक आलमले एम्बुलेन्स नारायणी उपक्षेत्रीय अस्पताल तिर नलगी भवानी हस्पिटल एन्ड रिसर्च प्रालिको प्रांगणभित्र लगेर रोके । घाइते वृद्धालाई एम्बुलेन्सबाट चालक आलम आफैंले झारेर अस्पतालको शड्ढयामा राखेपछि चिकित्सकले उपचार सुरु गरे ।
    ‘मैले नारायणी उपक्षेत्रीय अस्पतालमा लिएर हिँड भनें तर घन्टाघर पुगेपछि ड्राइभरले एम्बुलेन्स भवानी अस्पतालतिर मोडे’, मोटरसाइकल चालक साहले भने, ‘बिरामी सिकिस्त थिए, त्यसैले मैले धेरै विवाद गरिन ।’
    वीरगन्जमा रहेका नीजी अस्पताल, नर्सीङ होम र क्लिनिकले बिरामी ल्याइदिएबापत एम्बुलेन्स चालकलाई कमिसन दिने गरेका छन् । बिरामी वा कुरुवाले सरकारी अस्पतालमा लैजान भने पनि कमिसन पाइने लोभले एम्बुलेन्स चालकले बिभिन्न बहाना बनाएर आफ्नो सम्पर्क रहेका अस्पतालमा बिरामी लैजाने गरेका छन् ।
    वीरगन्जका नीजी अस्पताल र नर्सीङ होमले बिरामी ल्याइदिएबापत बिरामीको अवस्था हेरेर एम्बुलेन्स चालकलाई तीन सयदेखि एक हजार रुपैयाँसम्म कमिसन दिने गरेका छन् ।
    ‘आईसीयू ÷एनआईसीयू वा सुत्केरीका बिरामी छन् भने एक हजार रुपैयाँ दिन्छन्’, नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले भने, ‘नर्मल केस छ भने एम्बुलेन्स ड्राइभरले तीन सयसम्म पाउँछ ।’ अस्पतालमा बिरामी झारेलगत्तै एम्बुलेन्स चालकले अस्पतालको काउन्टरबाट कमिसनको नगद वा स्लिप बुझ्ने गर्छन् ।
    ‘रातिको समय छ भने स्लिप दिइन्छ्’, निजी अस्पतालकै एक कर्मचारीले भने, दिउँसोको समय छ भने नगद नै दिएर पठाइन्छ ।’ वीरगन्जमा निजी क्लिनिक सन्चालन गरेका चिकित्सकले पनि बिरामी ल्याइदिएबापत एम्बुलेन्स चालकलाई एक सयदेखि दुई सय रुपैयाँसम्म कमिसन दिने गरेका छन् । वीरगन्जबाट थप उपचारका लागि काठमाडौंका लागि रिफर गरिएका बिरामी ओसार्ने एम्बुलेन्स चाकललाई त्यहाँका नाम चलेका र महंगा निजी अस्पतालले एउटै बिरामीबापत १० हजार रुपैयाँसम्म कमिसन दिने गरेको वीरगन्जका एक एम्बुलेन्स चालकले बताए ।
    ‘काठमाडौंका अस्पतालले त हामीलाई ज्वाइँजस्तै सेवा सत्कार गर्छन्, बास बस्न एसीवाला रुममा सुताउँछन् । खानपान पनि मस्त गराउँछन्’, ती चालकले भने, ‘अनि कमिसन पनि टन्नै पाइन्छ ।’ वीरगन्जमा कमिसनको लोभमा निजी अस्पताल र नर्सिङ होममा बिरामी ओसार्नेमा भारतीय नम्बर प्लेटका एम्बुलेन्स बढी छन् । यहाँका हरेक निजी अस्पताल र नर्सिङ होम अगाडि भारतीय नम्बर प्लेटका एम्बुलेन्स लाम लागेर बसेका हुन्छन् ।
    नेपालमा भारतीय नम्बर प्लेटका एम्बुलेन्सले बिरामी ओसार्न नपाइने भए पनि वीरगन्जमा ३०÷३२ वटा भारतीय नम्बर प्लेटका एम्बुलेन्स सञ्चालनमा छन् ।
    नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले पनि भारतीय नम्बर प्लेटका एम्बुलेन्स खरिद गरेर वीरगन्जमा चलाउँदै आएका छन् । अस्पतालमा कार्यरत अहेब एवं अस्पताल कर्मचारी युनियनका अध्यक्ष रामेश्वरप्रसाद कुर्मी र अर्का अहेब अक्षयलाल यादवको भारतीय नम्बर प्लेटका आफ्नै एम्बुलेन्स छन् ।
    यस्तै अस्पतालकै अर्का अहेब सिकेन्द्र जयसवाल र मनकलाल यादवले पनि नेपाली नम्बर प्लेटका एम्बुलेन्स चलाउँदै आएका छन् ।
    भारतीय नम्बर प्लेटका एम्बुलेन्सले नेपालमा बिरामी ओसार्न नपाउने जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति पर्साका अध्यक्षसमेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।भारतबाट बिरामी लिएर आउन पाउँछन्’, उनले भने, ‘तर नेपालमै नेपालका बिरामी ओसार्न भने उनीहरूले पाउँदैनन् ।’ एम्बुलेन्स चालकले बिरामी ओसारेबापत निजी अस्पतालबाट कमिसन लिनु गैरकानुनी काम भएको भन्दै घिमिरेले भने, ‘एम्बुलेन्स चालकले कमिसनको लोभमा बिरामी ओसारेको सुन्नमा त आएको छ तर यसबारे कसैले औपचारिक रूपमा गुनासो भने गरेका छैनन् ।’
    प्रजिअ घिमिरेले वीरगन्जमा रहेका भारतीय एम्बुलेन्स र निजी अस्पतालबाट कमिसन लिने एम्बुलेन्सका बारेमा अनुगमन गरिने बताए ।बिहीबार बिहान घाइते दाउरी तामाङलाई भवानी अस्पतालमा लिएर गएको एम्बुलेन्स ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०१, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.