×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १२ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

‘चीनसित होसियार हुनुपर्छ’

  •  
  • सोमबार, चैत ०१, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे परामर्श  
    सन्तोष घिमिरे
    काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संजोजक डा. बाबुराम भट्टराईले भारतले नेपालमा नाकाबन्दी लगाएको प्रतिक्रियास्वरूप चीनसँग ज्यादा नजिक नहुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
    आफ्नो आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र चीनका लागि पूर्वराजदूतहरूसँग सुझाव लिन प्रधानमन्त्री ओलीले आइतबार साँझ डाकेको परामर्श बैठकमा डा. भट्टराईले यस्तो सुझाव दिएका हुन् ।
    ‘हामीलाई भारतले नाकाबन्दी लगाएर केही समय पीडा दियो भनेर आत्तिएर चीनसँग बढ्दा लहसिनु उचित होइन । हामी चीनसँग व्यवहार गर्दा सधैं होसियार रहनुपर्छ’, डा. भट्टराईले प्रधानमन्त्रीलाई दिएको सुझाव उल्लेख गर्दै भेटमा सहभागी स्रोतले अन्नपूर्णसँग भन्यो ।
    अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई ख्याल गर्दै देशभित्र लगानीको वातावरण तयार गर्न आवश्यक रहेको उनले बताएका थिए । ‘चीनसँग हामीले पूर्वाधार विकास र लगानी भित्र्याउने सन्दर्भमा छलफल केन्द्रित गर्दा उपयुक्त हुन्छ’ भट्टराईले भनेका थिए । बैठकमा निकै छोटो आफ्नो भनाइ टुंग्याएर भट्टराई बाहिरिएका थिए । ‘भट्टराईले चीनसँगको सम्बन्धलाई लिएर तिक्तता पोख्नेबाहेक अरू धेरै बोल्नुभएन’, स्रोतले भन्यो ।
    पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले चीनसँग पारवहन सन्धिमा हस्ताक्षर गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए । ‘चीनसँग पारवहन सन्धि हुन सक्यो भने नेपालको भूराजनीति नै बदलिनेछ । भारतको एकाधिकार तोड्न पनि हामीले चीनसँग व्यावसायिक इन्धन आयात सम्झौता गर्नुपर्छ । चीनसँग दीर्घकालीन महत्त्व राख्ने मुद्दामा अघि बढ्नुहोला’, डा. लोहनीले बैठकमा भने । चिनियाँ लगानीमा बन्ने पश्चिम सेती परियोजनाको काम तीव्र बनाउन थप छलफल गर्न पनि उनले सुझाव दिएका थिए ।
    स्रोतका अनुसार बैठकमा अर्का पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले भने चीनले नेपाललाई सहयोग गर्छु भन्दै पटकपटक लामो सूची दिने गरेको तर कामचाहिँ नगरेको भन्दै चीनको आलोचना गरेका थिए । ‘चिनियाँहरू यसो गरिदिन्छु, उसो गरिदिन्छु भन्दै लामै सूची पेस गर्छन्, वचन पनि दिन्छन् । तर कामचाहिँ गर्दैनन्’, महतले भने ।
    अर्का पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले चीन जोड्ने कोदारी राजमार्ग र स्याफ्रुबेसी सडक बन्ने बेलाको र अहिले चीनले सीमासम्म रेल सञ्जाल विस्तार गर्न लाग्दाको भूगोलमा निकै परिवर्तन आइसकेकाले नेपालले चीनसँग सम्बन्ध विस्तारबारे नयाँ रूपमा सोच्नुपर्ने आवश्यकता औंल्याए । ‘नेपाल र चीनको मात्रै होइन, भारतसँगको पनि अहिले भूगोल परिवर्तन भइसकेको अवस्था छ । यसमा हामीले ख्याल गर्नुपर्छ’, उनले भनेका थिए ।
    पूर्वमन्त्री पाण्डेले चीनसँग झिनामसिना द्विपक्षीय एजेन्डा लिएर चीन नजान प्रधानमन्त्रीलाई सुझाव दिए । ‘कर्मचारीस्तरबाटै टुंगो लाग्ने कुरालाई प्रधानमन्त्रीको तहमा उठाइरहन जरुरी छैन’, पाण्डेले भने । चीनलगायत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका नेताहरूप्रति अविश्वास देखिन थालेकाले त्यसलाई हटाउनुपर्ने उनको भनाइ थियो । ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पत्यार घट्न थालेको छ । चीनमा पनि नेपालबारे त्यही बुझाइ हुन थालेको छ । सरकारको कुन मन्त्रीले बोलेका कुरा आधिकारिक हो, कार्यान्वयन हुन्छ कि हुँदैन र कसले बोलेको कार्यान्वयन हुन्छ भन्ने खुट्ट्याउन मुस्किल छ अन्तर्राष्ट्रिय तहमा’, पाण्डेले भने ।
    पूर्वपरराष्ट्रमन्त्री माधव घिमिरेले चीनसँग पारवहन र व्यापारका सम्बन्धमा दीर्घकालीन हित हुने गरी व्यापार विविधीकरणका विषयहरू भ्रमणमा राख्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
    प्रधानमन्त्री ओलीले सबैको सुझाव मननयोग्य रहेको बताउँदै सुझावका लागि धन्यवाद दिएका थिए । ‘भ्रमणबाट चीनसँग नयाँ आयाम थप्न सकियोस् भन्ने मेरो चाहना छ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले अन्नपूर्णसँग भने ।
    चैत ७ देखि सुरु हुने प्रधानमन्त्रीको साताव्यापी चीन भ्रमणका लागि सुझाव दिन डाकिएका पूर्वप्रधानमन्त्रीहरूमध्ये भट्टराई मात्रै त्यहाँ पुगेका थिए । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र लोकेन्द्रबहादुर चन्द डाकिए पनि सहभागी भएनन् । पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने पाकिस्ता भ्रमणमा छन् ।
    बैठकमा परराष्ट्रमन्त्री कमल थापा, सचिव शंकरदास बैरागी, पूर्वपरराष्ट्र सचिवहरू मधुरमण आचार्य, डा. मदनकुमार भट्टराई र चीनका लागि पूर्वराजदूत टंक कार्कीलगायत सहभागी थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०१, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.