चैत्र १, २०७२- नेपाली कांग्रेसको खुलातर्फका २५ केन्द्रीय सदस्यको टुंगो लागेको छ ।
सोमबार सकिएको मतगणना अनुसार डा. शेखर कोइरालाले सबैभन्दा बढी १८४८ मत प्राप्त गरेका छन् । त्यस्तै, खुमबहादुर खड्का १८४६ मत र प्रकाशमान सिंह १७९५ मतसहित दोस्रो र तेस्रो भएका छन् ।
मत परिणाम अनुसार नवनिर्वाचित सभापति शेरबहादुर देउवा समूहका १४ जना विजयी भएका छन् भने रामचन्द्र पौडेल समूहका ११ जना विजयी भए । केन्द्रीय सदस्यमा खुल्लातर्फ विश्वप्रकाश शर्मा, रमेश लेखक नयाँ अनुहार हुन् । प्रदिप पौडेललाई तत्कालिन सभापति सुशील कोइरालाले मनोनयन गरेका थिए ।
ekantipur




















