×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

ल्यारक्याललाई फाइदा ! यसकारण अदालत नलगी सिडियोमा पुर्‍याइयो

  •  
  • आइतबार, फागुन ३०, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    संविधान भन्छ-एक वर्षभन्दा बढी सजायँ हुने मुद्दा अदालत लैजाऊ

     

    ३० फागुन, काठमाडौं । इन्भेष्टमेन्ट बैंकको लकरमा १४ वटा गोली लुकाएको आरोपमा आइतबार पक्राउ परेका एमाओवादी सांसद ल्यारक्याल लामा (सक्कली नाम-डा. खेन्पो छिमे छिरिङ) लाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित नगराई जिल्ला प्रशासन कार्यालयमा पुर्‍याएर पाँच दिनका लागि थुनामा राख्ने म्याद लिएको छ ।

    सांसद लामालाई अदालतमा हाजिर नगराई जिल्ला प्रशासनमा लगिएपछि अब उनलाई कानूनको पञ्जाबाट जोगिन सजिलो भएको छ । जिल्ला प्रशान कार्यालय भनेको गृहमन्त्रालयको मातहतमा रहेको कार्यपालिकीय निकाय हो, जहाँ सिडियोमाथि गृहमन्त्रीको समेत आदेश लाग्न सक्छ । गृहमन्त्री पनि लामाकै दल एमाओवादीका नेता हुन् ।

    लामालाई जिल्ला प्रशासन कार्यालयमा हाजिर गराइएको सुनेपछि एकजना वकिलले अनलाइनखबरलाई प्रतिक्रिया दिए, ‘अब सर्वोच्च अदालतमा कसैले बन्दी प्रत्यक्षीकरणको रिट हाल्न सक्छ, या सरकारको दबाबबाट सिडियोले उनको मुद्दालाई कमजोर बनाइदिन सक्छ ।’

    संविधानसँग बाझिएको सिडियोको क्षेत्राधिकार

    हातहतियार तथा खरखजना ऐनको दफा २४ अनुसार गोलीसहित पक्राउ परेका सांसद लामाको मुद्दा हेर्ने अधिकारी प्रमुख जिल्ला अधिकारी नै हुन् । तर, सिडियोलाई दिइएको यो अधिकार क्षेत्र नयाँ संविधानको धारा ३०० को उपधारा -१) सँग बाझिएको छ ।

    नयाँ संविधान अनुसार १ वर्षभन्दा बढी सजायँ हुने फैजदारी कसुरसम्बन्धी मुद्दाहरु यो संविधान प्रारम्भ भएपछि सम्बन्धित जिल्ला अदालतमा सर्छन् ।

    ल्हारक्याललाई कति सजायँ हुन्छ ?

    प्रहरीले ल्यारक्याललाई हातहतियार खरखजाना ऐन अन्तरगत कारवाही प्रक्रिया अघि बढाएको छ । ऐनमा बन्दुकलाई हातहतियार अन्तरगत राखिएको छ भने गोलीलाई खजनाअन्तरगत राखिएको छ ।

    ल्हारक्यालले बैंकमा गोली राखेर ऐनको दफा ८ को बर्खिलाप गरेको देखिन्छ । यस्तो कार्य गर्नेलाई ऐनको दफा २० (३) अनुसार १ वर्ष देखि ३ वर्षसम्म जेल र २० हजारदेखि ६० हजारसम्म जरिवाना हुन सक्छ ।

    ल्हारक्यालले बैंकको लकरमा लुकाएर राखेका १४ थान गोली लाइसेन्स प्राप्त वा बैधानिक हुन् वा होइनन् भन्ने खुलिसकेको छैन । यसबारे अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले एसपीको नेतृत्वमा टोली नै बनाएको छ ।

    तर, बैधानिक हतियार नै भएता पनि त्यस्तो हतियार र गोलीगठ्ठा निशेषित स्थानमा राख्न पाइँदैन । बैंकजस्तो संवेदनशील ठाउँमा गोली भेटिनु सामान्य घटना होइन ।

    नयाँ कानून नहुँदा फाइदा

    नयाँ संविधानको धारा ३०० को उपधारा ७ ले एक वर्षभन्दा बढी सजायँ हुने फौजदारी कसुरसम्बन्धी मुद्दाहरु जिल्ला अदालतले हेर्ने बताए पनि संविधानको नयाँ व्यवस्था अनुसार कानून संशोधन नभइसकेको अवस्थामा ल्हारक्यालको मुद्दा जिल्ला प्रशासनबाट अघि बढ्ने देखिएको छ ।

    तर, देशको मूल कानून संविधानसँग बाझिएको कानून बाझिएको हदसम्म अमान्य हुन्छ भनेर मान्ने हो भने ल्हारक्याललाई जिल्ला अदालतमा उभ्याइनुपर्ने हो । तर, उनलाई सिडियो कार्यालयमा हाजिर गराइयो, जसका कारण कार्यपालिकाको निर्णय वा दबावमा उनी सहजै छुट्ने अनुमान गर्न सकिन्छ ।

    किन समातिए ल्यारक्याल ?

    एमाओवादीका सांसद ल्याहरक्याल पक्राउ परेपछि यसबारे दुईवटा आशंका बाहिर आएका छन्ः प्रथमतः तिब्बतीहरुको पक्षमा ल्हारक्यालले गतिविधि गरेको आरोप चिनियाँ पक्षले लगाउँदै आएको थियो । उनी त्यसबेला पक्राउ परेका छन्, जतिबेला प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारी भइरहेको छ ।

    दोस्रो, प्रहरीले भन्दा पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ल्हारक्यालमाथि छानविन सुरु गरेको हुनाले यो घटनालाई कतिपयले ‘ठूला माछा’ प्रकरणसँग पनि जोड्न थालेका छन् ।

    अख्तियारले ठूला माछा समात्ने अभियानअन्तरगत विगतमा सांसद कृष्ण महरालाई पत्र काटेजस्तै एमाओवादीकै सांसदलाई धावा बोलेर कतै प्रचण्डलाई तर्साएको त होइन ? ल्हारक्याल प्रकरणलाई एमाओवादीमाथि अख्तियारको जवाफका रुपमा पनि केहीले टिप्पणी गर्न थालेका छन् ।

    मोडियो छानविन

    सांसद ल्हारक्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा छानविन थालेको थियो । यहीक्रममा लामालाई समेत लिएर आइतबार अख्तियारको टोली दरबारमार्गस्थित इन्भेष्टमेन्ट बकैंमा रहेको लामाको लकर खोल्न पुगेको थियो ।

    तर, अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करको दाबी अनुसार अचम्म के भयो भने सुन वा विदेशी डलर भेटिएला भनेर खोलिएको बैंकको लकरभित्र त बन्दूकमा प्रयोग गर्ने १४ राउण्ड गोली पो भेटियो ।

    सम्पत्तिमाथि छानविन भइरहेका बेला लामाका साथबाट गोली भेटिएपछि अख्तियारको छानविन अब प्रहरीतर्फ मोडिएको छ । तर, यसको अर्थ अख्तियारले उनको सम्पत्तिमाथि अनुसन्धान रोकेको चाँहि छैन ।

    एमाओवादीलाई मोटो रकम दिएर लामा सभासद बनेको भन्दै अख्तियारमा उजुरी परेको स्रोत बताउँछ । माओवादीका केही नेताले लामाबाट अपार्टमेन्ट र गाडीसमेत लिएको अख्तियार स्रोतको दाबी छ । यद्यपि यसबारे अनुसन्धान जारी रहेको उसले जनाएको छ ।

    पहिलो संविधानसभामा ल्हारक्याल एमालेबाट समानुपातिक सभासद थिए । सिन्धुपाल्चोक हेलम्बु-६ घर बताउने ५३ वर्षीय लामाको प्रोफाइलमा ‘०५७ सालदेखि राजनीतिमा लागेको’ उल्लेख छ ।

    एमाले सभासद रहेकै बेला लामा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्रीसमेत बनेका थिए । तर, दोहोरो नागरिकता रहेको प्रमाण फेला परेपछि उनी मन्त्रीबाट बाहिरिन बाध्य भएका थिए ।

    पहिलो संविधानसभामा एमालेले उपयोग गरेका लामालाई दोस्रो संविधानसभामा एमाओवादीले ल्हारक्याललाई सभासद बनाएको थियो ।

    गोली भेटियो, पेस्तोल खोई

    वौद्ध दर्शनमा पीएचडी गरेको भन्दै भिक्षुको जस्तो पहिरनमा सजिएर हिँड्ने लामाका साथबाट पेस्तोलको गोली बरामद हुँदा धेरै मानिसहरु आश्चार्यचकित बनेका छन् ।

    भिक्षुको रुप धारण गरेका लामाले बैंकमा गोली लुकाएको भेटिएपछि त्यसलाई प्रयोग गर्ने पेस्तोल कहाँ राखिएको छ भनेर प्रहरीले अनुसन्धान थालेको छ ।

    लामाको सांसद पद धरापमा

    फौजदारी अभियोगमा पक्राउ परेपछि अब ल्हारक्यालको सांसद पद धरापमा परेको छ । एमाओवादीका समानुपातिक सभासद लामालाई एमाओवादीले निलम्बन गर्ने तयारी गरिरहेको बुझिएको छ ।

    यसबारे जिज्ञासा राख्दा एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डेले अनलाइनखबरसँग-‘म आजै गोरखाबाट राजधानी र्फकँदैछु, अध्यक्ष प्रचण्ड पनि सिराहा जानुभएको छ, यस विषयमा अध्यक्षसँग सोध्न बाँकी छ ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन ३०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.