×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पुनर्निर्माण प्राधिकरणलाई पहिलो गाँसमै ढुंगा

  •  
  • आइतबार, फागुन ३०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :सिंगटी बजारमा पुनर्निर्माण प्राधिकरणको कार्यक्रममा अवरोध गर्दै स्थानीय । तस्बिर: सुवास योञ्जन

    दोलखामा कार्यक्रम नै हुन सकेन 
    दोलखाः वैशाख १२ को भूकम्पपछि क्षतिग्रस्त भएका सर्वसाधरणको घर पुनर्निर्माण शुभारम्भ कार्यक्रममा दोलखाका स्थानीयबासीले अवरोध गरेका छन् ।
    दोलखाको सिंगटी बजारबाट थाल्न लागिएको पुनर्निर्माण प्राधिकरणको पुनर्निमाण अभियानमा स्थानीयबासी र रजानीतिक दलले अवरोध गरेका हुन् ।
    प्राधिकरणका प्रमुख सुशील ज्ञवालीसहितको टोलीले लामीडाँडा–६ र लादुक–८ का १०÷१० परिवारलाई घर बनाउने पहिलो किस्ताको रकमको सम्झौता गर्ने कार्यक्रम थियो ।
    प्राधिकरणले तथ्यांक विभागले संकलन गरेको तथ्यांकका आधारमा रकम बाँड्ने तयारी गरेपछि स्थानीयले भने परिचयपत्रका आधारमा बाँडिनुपर्ने भन्दै विरोध जनाएका हुन् ।
    प्राधिकरणले राजनीतिक दलहरुलाई उपेक्षा गरेर एकलौटी कार्यक्रम गर्न खोजेको भन्दै कार्यक्रम भइरहेकै बेला एकीकृत माओवादीका युवा नेता विशाल खड्काले मञ्चमै गएर तत्काल कार्यक्रम रोक्न आग्रह गरेका थिए ।
    उनले मञ्चमै गएर दलहरुलाई उपेक्षा गरि रकम बाँडिए प्रतिकारमा उत्रिने चेतावनी दिएपछि कार्यक्रम नै अवरुद्ध भएको छ ।
    कार्यक्रममा नयाँ शक्ति नेपालका दोलखा संयोजक रविन्द्र कार्कीले दलहरु र जनताको सहमति विना प्राधिकरणले एकपक्षीय काम गरेको भन्दै आपत्ति जनाए ।
    दलहरु र स्थानीयबासीले अवरोध गरेपछि प्राधिकरणका प्रमुख ज्ञवाली अहिले छलफलमा जुटेका छन् ।
    उनले आफूहरुले जबरजस्ती काम गर्न नखोजेको बताउँदै पुनर्निर्माणको काम पनि अघि बढाउने र समस्याहरुको पनि समाधान गर्ने सोचका साथ अभियान सुरु गर्न लागेको बताएका थिए ।
    प्राधिकरणे घर बनाउने रकमको पहिलो किस्ताका लागि गाविस सचिव र २० जना घरधनीबीच सम्झौता गर्ने तयारी गरेको थियो ।
    तर स्थानीयबासीले सबै भूकम्पपीढिडतलाई परिचयपत्र नपाएसम्म रकम लिँदैनौ भनेपछि कार्यक्रम नै रोकिएको हो ।
    कार्यविधि तोकिएका केही व्यक्ति रकम लिन तयार भएपनि दल र अन्य स्थानीयले चर्को विरोध गरेपछि प्राधिकरणलाई पहिलो गाँसमै ढुंगो लागेको हो ।
    भूकम्प जानुअघि एउटै घरमा बसेका पाँच परिवारले अहिले अलग अलग घर बनाउन खोजेका छन् । तर प्राधिकरणले एउटै मात्र घर बनाउन रकम दिने जनाएपछि स्थानीय झनै आक्रोशित भएका हुन् ।
    ‘भूकम्पअघिको संयुक्त परिवार अहिले चारतिर छरिएर बसेको छ’, लामीडाँडा गाविस–५ का भवानी पाठकले भने, ‘परिचयपत्रका आधारमा रकम चाहिन्छ, कार्यविधि र लालपूर्जाका आधारमा रकम लिँदैनौं ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन ३०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.