×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

समावेशी २२ केन्द्रीय सदस्यको नतिजा सार्वजनिक

  •  
  • आइतबार, फागुन ३०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबारसम्मको मत परिणामले सभापति शेरवहादुर देउवालाई सुविधानजक बहुमतमा पुर्‍याएको छ ।

    सभापतिसहित तीन पदाधिकारी र २२ केन्द्रीय सदस्यको नतिजा आउँदा देउवा प्यानलमा सभापति सहित १५ सदस्य र पौडेल प्यानलमा महामन्त्री, कोषाध्यक्षसहित १० सदस्य छन् ।

    शनिबार महिला, आदिवासी जनजाति, मधेसी र दलिततर्फको समावेशी कोटाका २१ केन्द्रीय सदस्यको नतिजा आएको छ । मुस्लिम तर्फका एक सिटमा देउवा प्यानलका फरमुल्ला मन्सुर यसअघिनै निर्वाचित भइसकेका छन् ।

    महिला आरक्षतर्फको ६ केन्द्रीय सदस्यमा देउवा प्यानलका चार र पौडल प्यानलका दुई निर्वाचित भएका छन् । देउवा प्यानलकी डिला संग्रौला पहिलो नम्वरमा निर्वाचित भएकी छिन् । उनी महिला संघकी अध्यक्ष समेत हुन । देउवा प्यानलकै पुष्पा भुषाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र पौडेल प्यानलबाट कमला पन्त र सरिता प्रसाई विजयी भएका छन् । बस्नेत, न्यौपाने, पन्त र प्रसाई सांसदसमेत हुन ।

    आदिबासी जनजातिको खुला ३ पदमा देउवा प्यानलबाट बहादुरसिंह लामा, पौडेल प्यानलबाट चीनकाजी श्रेष्ठ र नेविसंघका पूर्वअध्यक्ष कल्याण गुरुङ निर्वाचित भएका छन् । श्रेष्ठले ९ सय ४७, लामाले ७६७ र गुरुङले ७ सय ३४ मत ल्याए । लामा सांसद हुन । श्रेष्ठ पूर्वमन्त्री एवं संसदीय दलका प्रमुख सचेतक हुन् ।

    आदिवासी जनजाति महिला २ पदको आरक्षणमा सीता गुरुङ र रत्ना शेरचन विजयी भएका छन् । गुरुङ देउवा प्यानल र शेरचन पौडेल प्यानलका हुन् । दुवै सांसद हुन् । १२ औं महाधिवेशनमा पनि यीनै दुई यहि कोटाबाट निर्वाचित भएका थिए ।

    मधेसी ३ पदको खुला केन्द्रीय सदस्यमा देउवा प्यानलका अजय चौरसिया, महेन्द्र यादव र पौडेल प्यानलका रामकृष्ण यादव निर्वाचित भएका छन् । चौरसियाले १३४१, महेन्द्र यादवले १२३६ र रामकृष्ण यादवले १२०० मत पाएका छन् ।

    यसै कोटाबाट प्रतिस्पर्धा गरेका नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जीत कर्ण भने झिनो मतान्तरमा पराजित भएका छन् । १२ औं महाधिवेशनमा पनि चौरासिया र यादव यही कोटाबाट सदस्य निर्वाचित भएका थिए । मधेसी कोटाबाट निर्वाचित रामकृष्ण यादव नयाँ अनुहार हुन । उनी पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सांसद पनि हुन् ।

    मधेसी  २ पदको महिला आरक्षणमा किरणदेवी यादव र पार्ववती डिसी चौधरी विजयी भएका छन् । यादव सबभन्दा बढी मत ल्याई विजयी भएकी छिन् । प्रत्यक्ष सिटमा निर्वाचित सांसद समेत रहेकी यादव पौडेल प्यानलकी हुन् । देउवा प्यानलबाट उम्मेदवार भएकी चौधरी पनि प्रत्यक्ष सिटमा निर्वाचित सांसद हुन् ।

    आरक्षण दलित ३ को खुला पदमा जीवन परियार, मीन विश्वकर्मा र मानवहादुर विश्वकर्मा विजयी भएका छन् । तीनै जना सांसद हुन् । परियार १४८१, मानबहादुर १४०२ र मिन १३१३ मत ल्याई विजयी भएका हुन् ।

    परियार पौडेल प्यानलका हुन् भने मानवहादुर र मीन देउवा प्यानलका हुन् । मानवहादुर केही समयअघि मात्रै संस्थापन छाडेर देउवा प्यानलमा प्रवेश गरेका हुन् । पछिल्लोपटक संस्थापन छाडेर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा मन्सुर र मानवहादुर हुन् ।

    दलित आरक्षण महिला २ पदमा लक्ष्मी परियार र सुजाता परियार विजयी भएका छन् । यी दुवै देउवा प्यानलका हुन् ।

    केन्द्रीय कार्यसमितिको सदस्यका लागि खुला र आरक्षण तर्फ गरी ४६ पदका लागि भइरहेको मतगणनामा अब ३९ सदस्यको परिणाम आउन बाँकी छ । शनिबारदेखि प्रदेशबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मत गणना पनि सुरु भएको छ ।

    खुला २५ मा शनिबार १५ सय मतको गणना सकिएको छ । १५ सय मत गणना हुँदा देउवा प्यानलका १४ र पौडेल प्यानलका ११ सदस्य अग्रस्थानमा छन् । एक नम्वर को हुने भन्नेमा शेखर कोइराला, प्रकाशमान सिंह र खुमवहादुर खड्काबीच कडा प्रतिस्पर्धा चलेको छ । शनिबार शेखर पहिलो, प्रकाशमान दोस्रो र खुमवहादुर तेस्रो स्थानमा पुगेका छन् ।

    निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार आइतबार बेलुका सम्म सवैको मत परिणाम आउन सक्ने बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन ३०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.