×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३२ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

४ लाख ७० हजारको माझबाट छानिंदै कांग्रेस नेतृत्व

  •  
  • आइतबार, फागुन ३०, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मुलुकको जेठो राजनीतिक दल कांग्रेस आफ्नो आन्तरिक जीवनको सम्पूर्ण तह तप्कामा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन अन्तिम चरणमा पुगेको छ ।

    सभापति, महामन्त्री र कोषाध्यक्षसहितको परिणाम अाइसकेको र अन्य  केन्द्रीय सदस्यको परिणाम आउनेक्रममा छ । महाधिवेशनसम्म आइपुग्दा कांग्रेसले वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला तहका चुनावी कार्यक्रम पूरा गरेको थियो ।

    ४ लाख ७० हजार क्रियाशील सदस्यबाट चुनिएर आएका ३ हजार १ सय ६१ महाधिवेशन र महासमिति प्रतिनिधिले पार्टीको शीर्ष नेतृत्व सभापति सहित ६४ सदस्यीय केन्द्रीय कार्यसमितिको चयन गर्दैछ । सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा सशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भएको परिणाम आइसकेको छ भने ६१ केन्द्रीय सदस्यको परिणाम आउने क्रममा छ ।

    नयाँ संविधान आएपछिको कांग्रेसको महाधिवेशनले दुई महिना यता देशैभर गाउँ स्तरसम्मको राजनीतिक गतिविधि बढाएको छ । संविधानअनुसारै कांग्रेसले केन्द्रीय संरचनालाई प्रादेशिक स्वरुप प्रदान गरेको छ ।

    निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी गाउँ, नगरको वडा, नगर, क्षेत्रबाट प्रतिनिधि छानिदैं त्यसबाट केन्द्रीय नेतृत्व चुनिने कांग्रेसको चुनावी प्रक्रियालाई विशिष्ट खालको मान्छन्  । सरकारले गराउने राष्ट्रिय निर्वाचनपछिको अर्को ठूलो चुनावी अभ्यास कांग्रेसको महाधिवेशन नै भएको उनी दाबी गर्छन् । ‘गाउँ स्तरसम्म प्रत्यक्ष रुपमा निर्वाचन अधिकृतमात्र ५ हजारको संख्यामा खटिएका थिए,’ अधिकारीले भने ‘देशैभर राजनीतिक गतिविधि ठूलो रुपमा बढेको देखियो ।’

    ३ सदस्यीय समितिका सदस्य अधिवक्ता गोपालकृष्ण घिमिरेले गाउँदेखि केन्द्रसम्म भएको फराकिलो स्तरको महाधिवेशनले ठूलो प्रजातान्त्रिक अभ्यास भएको बताउँछन् । अधिवक्ता घिमिरे पार्टीको आन्तरिक जीवनमा हुने यसखाले अभ्यासले प्रजातन्त्रको जग बलियो बनाउन सघाएको भन्छन् ।

    कांग्रेस महाधिवेशनलाई नियालिरहेका राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल पार्टीले आफ्नो आन्तरिक जीवनमा अपनाएको प्रजान्त्रिक प्रक्रियालाई प्रशंसा गरेपनि केन्द्रबाट नेतारुले गरेको गुटगत नियन्त्रणको प्रवृतिलाई आलोचना गर्छन् । ‘पद, प्रभाव, गुट र पैसा बिना पार्टीको नेतृत्वमा पुग्न मुस्किल देखिएको छ,’ खनालले भने ‘अहिले आइरहेको चुनावी परिणामले पनि त्यही देखाइरहेको छ । नयाँ पुस्ताको प्रवेश रोकिएको छ । गुट समाएकाले मात्रै त्यो अवसर पाएका छन् ।’

    ‘कांग्रेस मात्रै होइन अधिकांश दलले आफ्नो आन्तरिक जीवनलाई प्रजातान्त्रिक बनाउने प्रयास गरेको देखिन्छ,’ खनाल भन्छन्, ‘तर, सबैमा देखिने प्रमुख रोग नै गुटगट रुपमा कार्यकताको संरक्षण, उनीहरुको गुटबन्दी र त्यही अनुसारको प्रस्तुति बनेको छ ।’

    ‘पार्टी भित्र हुने प्रतिस्पर्धा स्वभाविक हो तर हरेक स्तरका नेताहरुमा देखिने गुटबन्दीले पार्टी जीवन कमजोर भइरहेका छन्,’ खनालले भने ‘पार्टीहरुले अपनाएको प्रजातान्त्रिक प्रक्रिया भित्रको काम र छनौट कस्तो भइरहेका छन् त्यो महत्त्वपूर्ण हुन्छ ।’

    डेढ महिनाको चुनावी प्रक्रिया, १२ हजार खटिए
    माघ १५ गतेबाट गाउँ र नगरको वडा अधिवेशनबाट कांग्रेसको १३ औं महाधिवेशनको चुनावी गतिविधी सुरु भएको हो ।

    मधेसमा आन्दोलन चलिरहेकै बेला थालिएको अधिवेशन प्रक्रियाले तराईका जिल्लामा अधिवेशन हुने नहुने चिन्ताकाबीच त्यहाँ पनि सफल भएको उल्लेख गर्दै घिमिरेले पार्टीको आन्तरिक चुनावी प्रक्रियामा पनि जनताको ठूलो सहभागिता र समर्थन देखिएको बताए ।

    निर्वाचन समिति पार्टीको चुनावी प्रक्रियमा करिब डेढ महिनादेखि सक्रिय छ । मतगणना जारी रहेको र सम्पूर्ण प्रक्रिया सक्न थप एकसाता समितिको सक्रियता रहने छ ।

    गाउँदेखि केन्द्रसम्मको सम्पूर्ण चुनावी प्रक्रियामा निर्वाचन अधिकृत र अन्य सहयोगी समेत प्रत्यक्ष रुपमा करिब १२ हजार जनशक्ति परिचालन भएको घिमिरेले जनाए ।

    ‘केन्द्रीय चुनाव सम्पन्न गर्न करिब २० दिन यता हामी अहोरात्र खटिएका छौं,’ घिमिरेले भने ‘गैरसरकारी क्षेत्रको यत्रो निर्वाचन सक्न समिति सदस्य र यसमा लागेकाहरुको इच्छा शक्ति नै ठूलो बल भएको हो ।’

    अहिले जारी मतगणना प्रक्रियामा मात्रै १ सय ५० जना गणक खटिरहेका छन् । समिति संयोजक अधिकारीले गाउँदेखि केन्द्रसम्मको निर्वाचन प्रक्रियामा खटिएकाहरु सबैले स्वयं सेवकका रुपमा सघाएको बताए । पार्टी कार्यालयका २५ जना जनशक्ति समेत चुनावी प्रक्रियामै जुटेका छन् ।

    ‘पार्टीमा प्रजातान्त्रिक प्रक्रिया र पद्धतिको संस्थागत विकासमा लग्ने प्रतिवद्धता स्वरुप डेमोक्रेटिक लयर्स एसोसिएसनमा आवद्ध अधिवक्ताहरुले निर्वाचन प्रक्रियामा सघाएका छन,’ घिमिरेले भने ‘पार्टी निकट शिक्षक संघ लगायतका संघ संगठनबाट पनि सहयोग प्राप्त भएको  छ ।’सम्पूर्ण निर्वाचन प्रक्रियामा सरकारका निकायहरुको पनि आवश्यक सहयोग रहेको संयोजक अधिकारीले बताए । गणनास्थल पार्टी कार्यालय सानेपामा जनपथ र सशस्त्रका २ सय प्रहरी खटिएका छन् ।

    गणनामा ढिलाई

    गणना अत्यन्तै सुस्त गतिमा भएको आलोचना बढेपछि समितिले शनिबारबाट त्यसलाई तीव्रता दिएको छ । यसअघि बिहान १० बजेबाट थालिन गणना शनिबारबाट ८ बजेदेखि थालिएको छ । खुला तर्फको २५ सदस्यका लागि एक स्थानमा मात्र भइरहेको गणनालाई ३ स्थानमा गरिनुका साथै सबै समावेशी पदको गणना एकै साथ थालिएको छ  । ‘पर्सि १ गते भित्र सबै परिणाम ल्याइसक्छौं,’ अधिकारीले भने ।

    समावेशी तर्फको छुट्टा छुट्टै क्लष्टर अनुसारको पद र धेरै उम्मेदवारीले बनेको ठूलो मत्र पत्र ढिलाईको कारण त थियो नै, त्यसमा पनि गणनालाई विश्वसनीय र पारदर्शी बनाउन अपनाइएको आधुनिक प्रविधिले थप ढिलाई हुन पुगेको समितिका अर्का सदस्य खम्बबहादुर खाती भन्छन् । राति मतगणना नगर्ने समितिको पूर्वनिर्णय अनुसार साँझसम्ममात्र गणना गरिएकाले पनि ढिलाई भएको देखिन्छ । ‘खासमा ढिलाई खुला तर्फको गणनामा भएको हो,’ खातीले भने ‘अन्य तर्फ स्वभाविक रुपमै भइरहेको छ ।’  २५ गतेबाट थालिएको गणना चार दिन भइसक्दा खुलातर्फ आधामात्र मतगणना हुन सकेको छ ।  

    खुला तर्फको २५ सदस्यका लागि ९० जनाको उम्मेदवारी परेको छ । उम्मेदवार र तिनका प्रतिनिधिको माग अनुसार प्रोजेक्टर मार्फत स्क्रिनमा मतपत्र देखाएर गणना गर्दा ढिलाई हुन पुगेको हो । नेताहरुकै आग्रहमा शनिबारबाट प्रोजेक्टर हटाएर तीन ठाउँमा गणना थालिएपछि गति लिएको छ । १२ औं महाधिवेशनमा समेत खटिएका घिमिरे त्यतिखेरपनि सबै परिणाम आउन एक साता लागेको स्मरण गर्छन् ।

    प्रयोग हुन सकेन विद्युतीय मेसिन
    निर्वाचनको सबै प्रक्रिया छिटो सक्न उद्देश्यले निर्वाचन समितिले इलेट्रोनिक मेसिनबाट चुनावको लागि गरेको प्रस्ताव नेताहरुले नमानेपछि सम्भव हुन सकेन ।

    नेताहरुले सुरुमा जनाएको सहमतिका आधारमा समितिले ७० थान मेसिन प्रयोग गर्ने गरी निर्देशिका समेत बनाएर एउटा कम्पनीसँग सम्झौता समेत गरिसकेको थियो । ‘आधुनिक प्रविधिमा जान सकेनौं । यत्रो निर्वाचन परम्परागत तरिकामै निर्भर रहन गयो,’ खातीले भने ‘सुरुमा सहमत भएका नेताहरु पछि मेसिन प्रयोगलाई झन्झटिलो मान्दिए ।’

    ‘मेसिन प्रयोग गरेको भए ८ घण्टामा मतदान र १ घण्टामा परिणाम आउँथ्यो,’ खातीले भने । सदस्य घिमिरेले नेताहरुले विद्युतीय उपकरणमा उम्मेदवारको नामसहित फोटो आउनु पर्ने व्यवस्थाको माग गरेपछि सम्भव नभएको सुनाए ।

    ‘मेसिनमा म्यानुअली उम्मेदवारको नाम खोज्ने प्रक्रिया मतदाताका लागि झन्झटिलो हुने उहाँहरुको बुझाई रह्यो,’ घिमिरेले भने ‘अन्तिम समयमा मेसिनको प्रयोग हुन सकेन ।’ मेसिन प्रयोग गर्दा उम्मेदवारी दर्ताको समय केही अगाडि राख्ने साथै ५ वटा मेसिनबाट पार्टी कार्यालयमा निर्वाचन पूर्व मतदातालाई अभ्यास गराउने समितिको तयारी थियो । समितिको सबै तयारीका बाबजुद नेताहरुले विश्वास गर्न नसकेपछि विद्युतीय मेसिनको प्रयोग हुन सकेन ।

    निर्वाचन समितिमा ‘नोट अफ डिसेन्ट’

    निर्वाचनको सम्पूर्ण प्रक्रियालाई सहमतिमै अगाडि बढाएका समितिबीच भने एक पटक गम्भीर असहमति देखियो । तात्कालिन पार्टी सभापति सुशील कोइरालाले मनोनीत गरेको ३० जना महाधिवेशन प्रतिनिधिलाई मतदानको अधिकार हुने नहुने विषयमा तीन सदस्यीय समिति विभाजित हुन पुगेको थियो ।

    पार्टीको नेतृत्व तह विभाजित थियो नै समितिमा पनि त्यो विषयमा मतभेद भएपछि बहुमतको निर्णयबाट ३० जना लाई मतदान गर्नबाट रोकिएको थियो ।

    समिति सदस्य घिमिरे पार्टी विधानले उनीहरुले मतदान गर्न नपाउने भनेर नलेखेको र यसअघि मनोनीतले मतदान गरेको परम्परा देखाउँदै ३० जनाको पक्षमा बैठक पुस्तिकामा आफ्नो असहमति दर्ज गराएका थिए । मनोनित ३० ले निर्वाचन बाहेक महाधिवेशनको सम्पूर्ण प्रक्रियामा सहभागी भएका थिए । उनीहरुको मतदानको अधिकारका विषयमा विधानले नबोलेकाले समितिले त्यसको व्याख्या केन्द्रीय समितिले गर्दिनुपर्ने प्रस्ताव गरेको थियो जुन निर्वाचन भइरहेका बखत सम्भव भएन ।

    ९ जिल्ला र १ क्षेत्रको अधिवेशन बाँकी

    पार्टीको केन्द्रीय अधिवेशन सकिँदा पनि ९ जिल्ला र धनुषाको क्षेत्र न.५ को अधिवेशन भने बाँकी छ । कतै विवाद र कतिपय स्थानमा महाधिवेशनपछि जिल्ला अधिवेशन गर्ने सहमतिले ति जिल्लाहरु बाँकी रहन गएको समिति सदस्य घिमिरेले जानकारी दिए ।

    उनका अनुसार कञ्चनपुर, बझाङ, डोल्पा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सिन्धुपाल्चोक र संखुवासभाको जिल्ला अधिवेशन बाँकी छ । संखुवासभामा भने मतदानबाट सभापतिका दुई उम्मेदवारको बरारबी मत आएको र उनीहरु गोला तान्न सहमत नभएकाले परिणाम रोकिएको घिमिरेले बताए । जिल्ला अधिवेशन रोकिंदा केन्द्रको मतदाता संख्यामा भने कुनै प्रभाव नपरेपनि धनुषा-५ को १२ जना प्रतिनिधि भने निर्वाचितबाट बञ्चित भए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन ३०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.