×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

जसलाई बलात्कार गरे, उनैलाई जीवन संगिनी बनाए

  •  
  • शनिबार, फागुन २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :विवाह बन्धनमा बाँधिदै दिपेन्द्र र मञ्जुकुमारी । तस्बिर: मनोहरकुमार
    जेलबाट छुटेर आफैंले बलात्कार गरेकी युवतीसँग बिहे
    राजविराजः बलात्कारको आरोपमा जेलबाट छुटेलगत्तै सप्तरीको फुलकाहीका एक युवकले आफूबाट पीडित युवतीसँग विवाह गरेका छन् ।
    पुनरावेदन अदालत राजविराजको आदेशअनुसार शुक्रबार साधारण तारेखमा रिहा भएका २० वर्षीय दिपेन्द्रकुमार यादव र बलात्कारको शिकार भएकी १८ वर्षीया मन्जुकुमारी यादवबीच अधिकारकर्मी र कानुन व्यवसायीको रेखदेखमा राजविराजको भगवती मन्दिरमा विवाह भएको हो ।
    विवाह समारोहमा युवकका वुवा जगतलाल यादव र युवतीका बुवा सिरहाको सोठियाइन–१ का पच्चु यादव, परिवारका सदस्यहरु र आफन्त सहभागी थिए ।
    विवाहपछि मान्यजनसँग आर्शिवाद लिदै गरेकी मन्जुले भनिन, ‘उसले मलाई हेरचाह गर्छ भन्ने विश्वास लागेकाले विवाहका लागि राजी भएकी हुँ ।’
    बलात्कारको आरोपमा थुनामा परेपछि उनिहरुका अभिभावकहरुले आपसमा छलफल गरी विवाहको टुंगो लगाएका थिए ।
    विवाहको सहमतिपछि नै युवतीले अदालतमा राजी खुशीका साथ शारिरीक सम्बन्ध राखेको बताएर दिपेन्द्रविरुद्ध चलिरहेको मुद्दा हलुको बनाएकी थिइन् । उता पुर्पक्षका लागि थुनिएका युवकले पनि केही वर्षदेखिको प्रेम सम्बन्ध रहेको भन्दै पत्नी स्विकारे ।
    दुबैजनाको सहमतिमा युवतीले जिल्ला अदालतमा गत फागुन ९ गते नाताकायमको मुद्दा दर्ता गराइन् भने युवकले पुनरावेदन ग¥यो ।
    दुबैले पति–पत्नीको नाता स्विकारे पनि बलात्कारको मुद्दामा पर्नसक्ने असर विचार गरेर मात्र नाताकायम गर्ने भनी अदालतले आइतबार दुबैलाई बोलाएको अधिवक्ता धर्मेन्द्र यादवले बताए ।
    जीवनमा आफूमाथि यति ठूलो हरकत गर्ने पुरुषसँगै उनले जीवन बिताउने निर्णय गर्नुको पछाडि दुबैबीचको प्रेम सम्बन्ध नै रहेको स्थानीय रामविलास यादव बताउँछन् ।
    फुलकाही–१ प्रितमपुरस्थित दिदीको घरमा बसेकी युवती र युवकलाई उनका आफन्तले गत मङ्सिर २७ गते आपत्तिजनक अवस्थामा फेला पारेका थिए ।
    दुबैका अभिभावकले दुबैबीच विवाह गराउने भनी गरेको सहमति भंग गर्दै स्थानीय नेताहरुले युवकलाई जरिवाना गराउने तर विवाह हुन नदिने निर्णय गरेपछि अलपत्र परेकी युवतीले अधिकारकर्मीको पहलमा गत पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् ।
    प्रहरीले पुस ८ गते युवकलाई पक्राउ गरेपछि पुनः विवाह गर्न तयार बनेको युवकका अभिभावक तिनै नेताहरुको प्रभावमा परेर विवाह अस्विकार गरेपछि अधिकारकर्मीहरुको पहलमा पुस १४ गते मुद्दा दर्ता भयो ।
    जिल्ला अदालतले पुर्पक्षका लागि माघ ११ गते राजविराज कारागारमा थुनामा पठाउने आदेश गरेपछि नेताहरुको आश्वासनबाट मोहभंग भएका युवकका अभिभावक पुनः विवाह गर्न तयार भए ।.
    युवतीका बाबु पच्चु यादवले भने, ‘आरोपितसँग छोरीको विवाह गरिदिनुभन्दा अर्को विकल्प मसँग थिएन ।’ उनले दुबैको विवाह नगरीदिएको भए आफ्नी छोरीको जीवन नै बर्बाद हुने पनि बताए ।
    युवकका परिवारले पनि युवतीलाई बुहारी स्विकारेर घर भित्र्याएका छन् तर उनिहरुलाई दाइजो नपाइने चिन्ताले सताएको छ । आफुले सकेजति समान दिने बताएका पच्चुले आफ्नी छोरीको विवाह दर्ता र नागरिकता बनाइ दिन पाए ढुक्क हुने बताउँछन् ।
    विवाह अघि यौनसम्बन्ध राख्नु दुबैजनाको दोष भएपनि समाजले महिलालाई मात्र दोष दिने गर्छ । महिलालाई नै नराम्रो दृष्टिले हेर्ने तथा अरु पुरुषले पनि विवाह नगर्ने भएकोले दुबैबीचको विवाह ठीक विकल्प भएको विवाह समारोहमा सहभागी सबिता झाले बताइन् ।
    बिहे नगर्दा लामो समय जेलमा बिताउनुपर्ने बाध्यताले दिपेन्द्रले जेलबाट छुट्नका लागि मात्र बिहेको नाटक गरेको हो भने मन्जुको जीवनमा संकट आउने छ । तर दिपेन्दले मन्जुलाई श्रीमतिको स्थान दिए भने यो एउटा अनौठो प्रेमकथा हुने स्थानीय बताउँछन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.