×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

भारतले माग्यो काष्ठमण्डप र स्वयम्भुको पुनर्निर्माणको जिम्मा

  •  
  • शनिबार, फागुन २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दिन नसकिने पुरातत्व विभागको भनाइ, अन्य सम्पदा जिम्मा दिने तयारी

    २९ फागुन, काठमाडौं । भारतले काष्ठमण्डप, स्वयम्भु लगायत १४ वटा सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको प्रस्ताव गरेको छ ।

    आफ्नै लगानीमा विभिन्न सम्पदाको पुनर्निर्माणको अनुमति माग्दै भारतले पुरातत्व विभागमा प्रस्ताव पेश गरेको हो ।
    उसले सिन्धुपाल्चोक रसुवालगायतका क्षेत्रका गुम्बाहरुको पुनर्निर्माणमा पनि आफूले सहयोग गर्न सक्ने भन्दै विभागलाई जानकारी गराएको छ ।

    तर, भारतको प्रस्तावभित्र परे पनि काष्ठमण्डप र स्वाम्भुमा भत्किएका प्रतापपुर र अनन्तपुर मन्दिरको पूनर्निर्माण उसलाई दिन नसकिने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले अनलाइनखबरसँग बताए ।

    ‘काष्ठमण्डप महानगरपालिकाले बनाउने तय भइसकेको छ । त्यसका लागि महानगर अन्तिम तयारीमा जुटेको छ’ महानिर्देशक दाहालले भने-‘स्वम्भुका क्षति भएका  दुईवटा मन्दिरको पुनर्निमाणका लागि विभागले प्रक्रिया थालिसकेको छ । त्यसैले यी दुई स्थानमा भारतले पुनर्निर्माणको अवसर पाउँदैन ।’

    तर, भारतले इच्छा देखाएका अन्य सम्पदाका लागि भने अनुमति दिन विभाग तयार देखिएको छ । काष्ठमण्डप र स्वम्भुको साटो अन्य सम्पदाहरुको जिम्मा दिने विषयमा विभागले गृहकार्य गरिरहेको दाहाल बताउँछन् । बुढानीलकण्ठलगायतका क्षेत्रमा भत्किएका संरचना पुनर्निर्माणका लागि भारतलाई आग्रह गर्ने विभागको योजना छ ।

    उत्तरी छिमेकी चीन सरकारले हनुमानढोकास्थित नौतले दरबार र नुवाकोटको साततले दरबारको पुनर्निमाणको जिम्मा लिएको छ । यसका लागि अर्थ मन्त्रालयसँग चीन सरकारले एमओयु गरिसकेको छ ।

    काठमाडौं महानगरपालिकाले रानीपोखरी र काष्ठमण्डपका साथै माझुदेग बनाउने निर्णय भइसकेको छ । त्यस्तै कन्जरभेसन हेरिटेज फाउण्डेसन नेपालले चाँगुनारायण मन्दिर परिसरका सत्तलहरुको पूनर्निर्माणको जिम्मा लिएको छ ।

    जापानले पनि प्रस्ताव बुझायो
    भारतले जस्तै जापानले पनि दुईवटा मन्दिर निर्माणका लागि प्रस्ताव पेश गरेको छ । त्यसअनुसार विभागले जापानलाई हनुमानढोकाको आगम्छे मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जम्मा दिन लागेको छ । यसअघि श्रीलंकन सरकारले बुङ्मतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर र आनन्दकुटी बिहार बनाउने जिम्मा पाइसकेको छ । त्यसका लागि श्रीलंकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    विभागले आफैं गर्ने काम

    विभाग आफैंले यस वर्ष १ सय ४ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्ने निर्णय गरेको छ ।  भूकम्पबाट क्षति पुगेका काठमाडौं उपत्यकासहित देशभरमा पुरतात्विक सम्पदाको पुनर्निर्माणका लागि विभागले कार्ययोजना तयार गरेको हो  ।

    यसवर्ष मात्रै ७८ करोड रुपैयाँ पुराना सम्पदाहरुको पुनर्निर्माणमा खर्च हुनेछ । यो वर्ष बसन्तपुर क्षेत्रको त्रैलोक्यो मोहनको मन्दिर, इन्द्रायणी, कंकेश्वरी, नरदेवी र जैसी देवलको पुर्ननिर्माण विभागले नै गर्ने भएको छ ।

    यसैगरी पाटनको जगतनारायण मन्दिर, भक्तपुरको कला संग्रहालय, फर्सीदेग, बत्सला देवीको मन्दिर, तव सत्तल, स्वयम्भुको प्रतापपुर र अनन्तपुर मन्दिरलगायत पुरातात्विक सम्पदाको पुर्ननिर्माणका लागि विभागले काम अघि बढाएको महानिर्देशक दाहालले बताए ।  यो वर्ष बहुवषर्ीय योजनाअन्तरगत ४३ वटा पुनर्निर्माणका काम सुरु हुनेछन् ।

     onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.