×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पति बेपत्ताको १२ वर्षपछि अन्तिम संस्कार

  •  
  • शनिबार, फागुन २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :बेपत्ता चन्द्रराज पाण्डेयका छोरा छोरी ।
    शिवराज खत्री
    अछामः बेपत्ता पतिको बाटो कुर्दाकुर्दै लुंग्रा–३ कि देवसरा पाण्डेयले १२ वर्ष बिताइन् । तर उनका पति चन्द्रराज पाण्डेय फर्केएर आएनन् । न उनका पति घर फर्केएर आए न त उनको अवस्था बारे १२ वर्षसम्म परिवारलाई कुनै जानकारी नै प्राप्त भयो । बेपत्ता पतिको वियोगमा छट्पटिएको १२ वर्षसम्म उनको अवस्था थाहा नपाउँदा पति जिउँदै छन् भन्ने आस मारेकी छन् ।
    पति जिउँदै होलान् भन्ने आस मारेर उनले बेपत्ता पारिएको १२ वर्षपछि अन्तिम संस्कार गरेकी छन् । आफ्नो संस्कार अनुसार बेपत्ता पतिको नाममा कुसको लास बनाएर मसानघाटमा जलाउँदै उनले अन्तिम संस्कारमा गर्नुपर्ने सबै कर्म भ्याएकी छन् । घरमा भएका पतिका कपडासमेत मसान घाटमा लगेर जलाउँदै देवसरा र उनका छोरा महेशले १३ दिनसम्म किरिया गरेका छन् ।
    ‘आत्मालाई शान्ति मिल्छ कि भनेर काजकिरिया गरेकी हुँ’ देवसराले भनिन्, ‘१२ वर्षसम्म पनि राज्यले बेपत्ता पतिको अवस्थाबारे कुनै जानकारी गराएन । सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका परिवारले अन्तिम संस्कार गरेको अछाममा संभवत यो नै पहिलो घट्ना हो । थुप्रै बेपत्ता पारिएका व्यक्तिका परिवारजनलाई न त उनीहरूको अवस्थाबारे राज्यले जानकारी दिएको छ न त राहत नै उपलब्ध गराएको छ ।
    तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा २०६१ साल चैत ३० गते चन्द्रराजलाई डोटीको बुडरबाट तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरेर बेपत्ता पारेको थियो । भारतबाट नोकरी गरेर घर फर्किरहेका पाण्डेयलाई सेनाले बेपत्ता पारेकाले सेनाको कब्जाबाट उम्केर बाँच्नु भएको होला भन्ने आस नभएको देवसराले सुनाइन् ।
    ‘पतिको हत्या नै गरिएको भए पनि कहिले हत्या भयो र चिहान कहाँ छ? त्यसबारे परिवारलाई जानकारी गराएको भए पनि चित्त बुझाएर बसिन्थ्यो’, देवसराले भनिन्, ‘अहिलेसम्म न सास पाइयो न लास नै ।’ भारतमा नोकरी गरेर घर फर्किएको सोझो मानिसलाई अनाहकमा बेपत्ता पार्ने व्यक्तिलाई हदैसम्मको सजाय हुनुपर्ने माग उनको छ ।
    भारत गएर पैसा कमाएर ल्याउने श्रीमान् बेपत्ता भएपछि एक छोरा, एक छोरी र बूढी सासूको लालनपालन गर्न देवसरालाई निकै गाह्रो भएको छ । ‘कुनै आयस्रोत छैन, कसरी छोराछोरी पढाउने र घरखर्च चलाउँने’, देवसराले बिलौना पोखिन्, ‘एकातर्फ श्रीमान् बेपत्ता हुँदाको पीडा अर्कोतर्फ घर परिवारको लालनपालनको समस्या, दुःखको कुरा गरेर साध्य छैन ।’
    शान्ति समितिले चन्द्रराज बेपत्ता पारिएको भन्दै आवश्यक सम्पूर्ण कागजपत्रसहित राहतका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सिफारिस गरेर पठाएको २ वर्ष बितिसक्दासम्म पनि उनलको परिवारले कुनै राहत पाउन सकेको छैन । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वबाट अछाम धेरै प्रभावित जिल्लामध्येमा पर्छ । द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही दुबैपक्षबाट जिल्लामा थुप्रै व्यक्ति बेपत्ता पारिएका थिए ।
    द्वन्द्वकालमा ज्यान गुमाउने तथा अंगभंग हुने प्रायलाई राज्यले राहत प्रदान गरे पनि बेपत्ता परिवारको हकमा भने राहतको व्यवस्था गरेको छैन । केही बेपत्ताका परिवारले मृतकको कागजजात बनाएर राहत बुझे पनि केहीले अहिलेसम्म न लास देखेका छन् न त राहत नै देखेका छन् । स्थानीय शान्ति समितिले १२ बेपत्ताका आफन्तले दिएको निवेदनका आधारमा राहतका लागि शान्ति मन्त्रालयमा सिफारिस पठाए पनि हालसम्म त्यसमा कुनै सुनुवाइ नभएको समितिले जनाएको छ ।
    नेपाल रेडक्रस सोसाइटी अछाम शाखाको तथ्यांकमा विगत सशस्त्र द्वन्द्वको समयमा अछाममा १४ व्यक्ति बेपत्ता भएको उल्लेख छ । त्यो नै बेपत्ताको एकीन तथ्यांक होइन । जिल्लामा थुप्रै व्यक्ति बेपत्ता पारिएको निवेदन शान्ति समितिमा परेका छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.