×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

भारतले यसरी बनायो दसगजा मिचेर पिच सडक

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाल्गुन २६, २०७२- अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दुई देशबीचको सीमा (दसगजा) मा १०/१० गज वारिपारिको क्षेत्रफलभित्र कसैले केही गतिविधि वा उपयोग गर्न पाइदैँन् । खुला रहनुपर्छ । यसलाई ‘नो म्यान्स ल्यान्ड’ भनिन्छ ।

    तर महोत्तरीस्थित सीमावर्ती भिठ्ठामोडदेखि नेपालको समसी क्षेत्रसम्म भारतले दसगजा मिचेर सडक बनाएको पाइएको छ । भारतले भिठ्ठामोडबाट सुरसण्ड हुँदै सितामढीसम्म जोडेको पिच सडकअन्तर्गत ३ सय एकदेखि तीन सय दुईसम्मको लम्बाइभित्र ठाउँ ठाउँमा रहेको जंगे पिलरको जगमा टाँसेर सडक बनाएको छ ।

    उक्त क्षेत्र नेपाल तर्फ महोत्तरीको मनहराकट्टी हुँदै पोखरभिण्डा र मनीबारा भिठ्ठामोडसम्म पर्दछ । सडकसँगै दक्षिणपट्टी भारतमा ठूलाठूला बस्ती बसेका छन् । नेपालतिरको बस्ती भने टाढा पर्छ । सीमा रक्षाको लागि खटिएका सशस्त्र सीमा सुरक्षा बल वा नेपाली बीओपीका अधिकारीहरुले उक्त पिच सडकमा कसैको नजरमा नपरेको बताउँछन् ।

    तीन किमी भन्दा बढी लम्बाइमा यस्तो समस्या देखिएपनि सशस्त्र वा नेपाली अधिकारीहरुको नजरमा नपर्नु उसको आफ्नो कमजोरी भएको त्यस क्षेत्रका भारतीय गाउँका बासिन्दाहरु बताउँछन् । यति दुरीसम्ममा कतै कतै त भारतीय अतिक्रमणले सीमा क्षेत्र (दसगजा) यकिन नै गर्न गाह्रो पर्दछ ।

    ‘भारतको मनपरी रवैयालाई अधिकारीहरुले वास्ता नै गरेका छैनन्,’ महोत्तरीका एक नेताले भने, ‘वास्ता गरेको भए यस्तो हुँदैन्थ्यो ।’ सडकबारे भिठ्ठामोडस्थित भारतीय एसएसबीका एक अधिकारीले उक्त सडक अस्थायी भएको बताए । ‘पुरानो पिच सडकको पूल जीर्ण भएकाले उक्त दशगजा क्षेत्रबाट केही किमी नयाँ सडक बनाइएको छ,’ उनले भने, ‘तर यो अस्थायी हो ।’

    उता सशस्त्र सीमा सुरक्षा बल महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक सुन्दर खड्काले दसगजा मिचेर बनाइएको त्यो क्षेत्रसम्म आफू नपुगेको बताए । उनी भन्छन्, ‘कसले किन बनायो भन्ने विषयमा स्थलगत अनुगमन गरेर प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँछु ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.