×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सुर्खेतमा अज्ञात रोग, दुईको मृत्यु

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    ललितबहादुर बुढा
    सुर्खेतः सुर्खेतको लगाममा पहिचान नभएको रोगका कारण गाउँ नै थला परेको छ । एक साता अघिदेखि गाउँमा फैलिएको संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । यस्तै दर्जनौ व्यक्तिहरु बिरामी भएका छन् । गाउँमा अहिलेसम्म स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् ।
    लगाम गाविसको वडा नं ५ तालागाउँमा फैलिएको संक्रमणका कारण स्थानीय ७५ वर्षका मानसिंह साँवद र ५८ वर्षका खड्कबहादुर साँवदको ज्यान गएको छ ।
    उनीहरु दुबै जनाको मंगलबार साँझ ज्यान गएको स्थानीय समजी प्राविका प्रधानाध्यापक तोजबहादुर खड्काले जानकारी दिए ।
    उनका अनुसार बिरामीहरुमा वान्ता हुने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने र रुघाखोकीको जस्तो लक्षणहरु देखिएका छन् । करिब ५८ वटा घर रहेको उक्त गाउँका हरेक घरका सदस्यहरु बिरामी रहेको र पुरै गाउँ नै थला परेको समेत प्रअ खड्काले बताए ।
    गाउँ नै थला परेपछि विद्यालय समेत बन्द गर्नुपर्ने अवस्था आएको शिक्षक देवबहादुर साँवदले बताए । एक सातादेखि रोगको संक्रमण भएपनि स्थानीयले सामान्य रुघाखोकी भन्दै उपचारमा ध्यान नदिदा गाउँ नै थला परेको शिक्षकहरुले बताएका छन् ।
    गाउँका सबै जसो एकाएक बिरामी हुन थालेपछि स्थानीयले सिटामोल खाएका थिए । तर, सिटामोलले काम नगरेको र बिरामीहरुको ज्यान नै जान थालेको भन्दै शिक्षक खड्काले डाक्टर र औषधिको व्यवस्था गरिदिन आग्रह गरे ।
    उनले टेलिफोनमार्फत भने,‘अहिले गाउँनै थला परेको छ, हरेक घरमा तीनदेखी चारजना बिरामी छन् । स्वास्थ्यचौकी पुग्न पाँच घण्टा पैदल हिँड्नु पर्छ, हामीसँग खल्तीमा भएको सिटामोल पनि सकियो ।’ डोटी र अछामको सिमानासँग जोडिएको प्रभावित क्षेत्रमा अहिलेसम्म स्वास्थ्यकर्मी पनि पुग्न सकेका छैनन् ।
    जसका कारण स्थानीयले महामारी फैलिन सक्ने भन्दै तत्काल स्वास्थ्यकर्मी पठाउन हारगुहार गरेका छन् ।
    संक्रमणका कारण बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित भएका छन् । हरेक घरमा बिरामी भएपछि उनीहरुलाई स्याहार गर्न समेत समस्या भएको छ । यता जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले भने संक्रमणको बारेमा जानकारी नभएको जनाएको छ ।
    कार्यालयका प्रमुख बसन्त अधिकारीले भने,‘रोगको बारेमा हामीलाई जानकारी छैन, हामी तत्काल यसबारेमा जानकारी लिन्छौं ।’ साथै उनले आफूहरुले वास्तविकता बुझेर तत्काल प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र औषधि पठाउने बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.