×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सीतादेवी भन्छिन्- मेरो जन्मस्थान भारत, कर्मस्थान नेपाल

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    २६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा निर्वाचित सीतादेवी यादवले आफ्नो जन्मस्थान भारतमा भए पनि कर्मस्थान नेपाल भएको बताएकी छिन् । उनले आफ्नो विजयलाई ‘शहिदको सम्मान’ का रुपमा व्याख्या गरिन् ।

    आफूलाई निर्वाचित गरेर कांग्रेस कार्यकर्ताले ‘शहिदप्रति सम्मान व्यक्त गरेको’ सीतादेवीले अनलाइनखबरलाई प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘मेरा श्रीमानले गरेको योगदानको आज कदर भएको छ, उहाँले देखेको सपना पूरा गर्न अब म लाग्नेछु । यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।’

    सीतादेवीका श्रीमान चन्द्रनारायणलाई माओवादीले ०५७ साल असार ५ गते हत्या गरेका थिए । मर्निङ वाक गर्न जाँदा माओवादीले श्रीमानको निर्ममतापूर्वक हत्या गरेको यादवले अनलाइनखबरलाई बताइन् । उनी भन्छिन्, ‘मेरा श्रीमान जिल्लाको सबैभन्दा लोकप्रिय र जुझारु नेता हुनुहुन्थ्यो, उहाँ गिरिजाको सच्चा हितैषी हुनुहुन्थ्यो । सबैभन्दा बढी भोट ल्याएर जिविस सभापति जित्नुभएको थियो । उहाँको लोकप्रियता देख्न नसकेर माओवादी आतंककारीहरुले हत्या गरे ।’

    चन्द्रनारायण तत्कालीन समयमा कांग्रेसका सिराहा जिल्ला सभापतिसमेत थिए । माओवादीले उनलाई गाँजा तस्करी गरेको, सर्वसाधारणको हत्या गरेको र सीमानामा अवैध धन्दा चलाएको आरोपमा हत्या गरेका थिए ।

    श्रीमानको हत्या भएपछि सीतादेवीलाई कांग्रेसले जिल्ला सभापति बनायो । उनी कांग्रेसकी पहिलो महिला जिल्ला सभापति हुन् । त्यसो त श्रीम्ाानको हत्यापूर्व नै आफू २५ वर्ष अगाडिदेखि कांग्रेसको क्रियाशील सदस्यका रुपमा राजनीतिमा संलग्न रहेको सीतादेवीको भनाइ छ ।
    ‘मेरा श्रीमान सबैको हृदयमा बस्नुभएको थियो, श्रीमानको सम्मानस्वरुप कांग्रेसका साथीहरुले मलाई सभापति पदमा बस्न आग्रह गर्नुभयो र मैले स्वीकार गरेँ,’ उनले भनिन् ।

    श्रीमानको हत्या भएयताको १५ वर्षमा आफू पूर्णरुपमा समर्पित भएर कांग्रेसको राजनीतिमा होमिएको सीतादेवीले अनलाइनखबरलाई बताइन् । उनले भनिन्, ‘श्रीमान नरहेको अवस्थामा मेरो जीवनमा कठिन चुनौतिहरु आए । तर, हरेक चुनौतिलाई स्वीकार गरेर मैले आफ्नो राजनीतिलाई निरन्तरता दिएकी छु ।’ त्यसो त सीतादेवी माओवादीबाट मात्रै होइन, मधेसवादी दलबाट पनि पीडित राजनीतिकर्मी हुन् । पछिल्लो मधेस आन्दोलनका क्रममा आफ्नो घर र गाडी मधेसी मोर्चाका आन्दोलनकारीले जलाइदिएको उनले दुखेसो पोखिन् ।

    चित्रलेखा बहिनीजस्तै

    सभापतिमा पराजित उम्मेदवार चित्रलेखा आफ्नी बहिनीजस्तो भएको सीतादेवीले अनलाइनखबरलाई बताइन् । ‘उमेरका आधारमा म दिदी र उनी बहिनी हो, सिराहामा हाम्रो घर पनि नजिकै पर्छ । तर हामीबीच पारिवारिक सम्वन्ध चाहिँ छैन,’ उनले भनिन् ।

    नेपाल मेरो कर्मस्थान

    भारतको बिहारस्थित मधुवनीमा जन्मेकी सीतादेवी अंगीकृत नेपाली नागरिक हुन् । उनले ०२७ सालमा सिराहाका चन्द्रनारायण यादवसँग बिहे गरेपछि उनी नेपाली नागरिक बनिन् । उनका दुई छोरीको विहे भारतमै भएको छ भने एक छोरा पनि भारतमै बसोबास गर्छन् ।

    तर, संसद सचिवालयद्वारा प्रकाशित पुस्तकमा भने सीतादेवीको जन्मस्थान सिराहाका सुखचैना गाविस वडा नम्बर-५ उल्लेख गरिएको जुन, झूटो विवरण हो । ‘म भारतमा नै जन्मेकी हुँ,’ यादवले अनलाइनखबरसित भनिन्, ‘तर यो कुरालाई धेरै कोट्याइरहन आवश्यक छैन । जन्म जहाँ भए पनि मेरो कर्मस्थान नेपाल हो र म २५ वर्षदेखि नेपाली कांग्रेसको सक्रिय राजनीति गरिरहेकी छु ।’

    सीतादेवी नेपाली कांग्रेसको उच्च ओहोदामा पुगेकी छिन् । तर, नेपालको नयाँ संविधानमा बंशज र अंगीकृत नागरिकवीच दुई किसिमको मापदण्ड हुने भएकाले सीतादेवीका लागि मुख्यमन्त्री, सभामुख, उपसभामुख, उपराष्ट्रपति वा राष्ट्रपतिसम्म बन्न संविधानले नै बाटो छेकेको छ । यद्यपि उनी मन्त्रीसम्म बन्न सक्छिन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.