×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

कम्प्युटर पढ्ने विद्यार्थी नै कम्प्युटर देख्दा अचम्भित

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दोलखा: दोलखाको दुर्गम एक गाविसका कक्षा ६ देखि ८ सम्मका कम्प्युटर विषय लिएर पढ्ने विद्यार्थी नै कम्प्युटर देखेर अचम्भित भएका छन् ।
    उत्तरी दुर्गम गाविस लापिलाङ–६ गुर्जपा निमाविका कम्प्युटर विषयका विद्यार्थी नै कम्प्युटर विद्यालयमा देखेपछि अचम्ममा परेका हुन् । उनीहरुले किताबमा कम्प्युटर देखेपनि प्रत्यक्ष कम्प्युटर भने नदेखेको बताएका थिए ।
    दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले एक संस्थाको कार्यक्रमको अनुगमनका क्रममा गाउँमा जाँदा विद्यालयमा कम्प्युटरको विषयमा शिक्षकले पढाइरहेको र विद्यार्थीले कम्प्युटर नदेखेको भनेपछि प्रजिअ आफैँ अचम्भित भए ।
    विद्यार्थीले प्रजिअ लामिछानेसमक्ष कम्प्युटर नदेखेको भनेपछि उनले तुरुन्त एक गैरसरकारी संस्था एसओएस बालग्रामलाई सहयोग गरिदिन अनुरोध गरेका थिए । संस्थाले तीन थान कम्प्युटर र एक थान प्रिन्टर दिएलगत्तै प्रजिअ लामिछाने विद्यार्थीमाझ कम्प्युटर पुर्‌याउन आफैँ गए ।
    विद्यार्थीमाझ प्रजिअ लामिछानेले कम्प्युटर हस्तान्तरण गर्दै एक्काइसौँ सताब्दीमा पनि विद्यार्थीले कम्प्युटर विषय पढ्नु तर कम्प्युटर भने देख्न र प्रयोग गर्न नपाउनु दुःखद् भएको बताए ।
    प्रजिअ लामिछानेले विद्यार्थीमाझ एसओएस बालग्रामले सहयोग गरेको कम्प्युटर देखाएपछि विद्यार्थी छक्क परेका थिए । विसं २०६८ देखि विद्यालयमा कम्प्युटर विषयमा विद्यालयमा सामान्य पढाइ भइरहे पनि विद्यार्थीलाई भने विद्यालयको आर्थिक अवस्था र विद्युत् आपूर्ति नभएका कारण कम्प्युटर किनेर प्रयोगात्मकरुपमा पढाउन नसकेको प्रअ विष्णु शाही ठकुरीले बताए ।
    कम्प्युटर पाएपछि कम्प्युटर विषय पढ्ने कक्षा ७ की छात्रा सपना थामीले कम्प्युटर देखेर अचम्म लागेको बताए । छात्रा सपनाले भनिन्, यो सानो सामग्रीले धेरै ठूलो काम गर्छ रे । यता ठकुरीले भने, विद्यालयको अवस्था नाजुक छ, भनेजति दरबन्दी छैन, निजीस्रोतमा शिक्षक राखेर तलब खुवाइ राखिएको छ, विद्यालयको यो हालत कसैले हेरिदिँदैन ।
    विद्यालयमा कम्प्युटर विषयमा अध्यापन गराउने शिक्षक हुँदा विद्यालयले विद्यार्थीको चासोमा केही वर्षयता कम्प्युटर विषय पढाउँदै आएको थियो ।
    अहिले प्रजिअ लामिछानेले विद्यालयको अवस्था बुझेर गएसँगै विद्यालयमा भुईंमा बसेर पढ्ने विद्यार्थीको पनि समस्या समाधान भएको प्रअ ठकुरीको भनाइ रहेको छ ।
    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.