×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बालबालिकाले नै रोके बाल विवाह

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजन गाउँले
     सिन्धुली: यहाँका बालबालिकाले विवाहकै दिन एक बालिकाको विवाह हुनबाट रोकेका छन् । स्थानीय मिलिजुली बाल क्लबका बालबालिकाले जिल्लाको सोल्पाठना गाविस २ स्थित हल्डेकी १६ वर्षीया रमिता खत्रीको बालविवाह रोकेका हुन् । रमिताको असहमतिमा उनको परिवारबाट जिल्लाकै लाम्पानटार गाविसका २५ वर्षीय युवासँग महाशिवरात्रीको दिन सोमबार राति विवाहको टुंगो गरिएको थियो ।
    रमिताको परिवारबाट जबरजस्ती विवाह हुँदै गरेको थाहा पाएपछि सोमबार दिउँसो रमिताको घरमा पुगेका बाल क्लबका बालबालिकाले तत्काल विवाहका सबै कार्य नरोके कानुनी न्यायका लागि प्रहरीलाई खबर गर्ने दबाब दिएर सम्झाई बुझाई गरेपछि विवाहका केही घन्टाअघि मात्र विवाह रोकिएको हो ।
    कानुनले बन्देज गरेको बालविवाहलाई परिवारले जबरजस्ती गराउन लागेको चालपाएपछि गाउँभरिका बालबालिका गएर केही घन्टाअघि मात्र रोक्न सफल भएको क्लबकी अध्यक्ष शोभा लुइँटेलले बताइन् ।
    उनले भनिन्, ‘बालिका खत्रीको मञ्जुरीबिना नै उनका बुबा तिलकबहादुर खत्री र आमा बुधमायाँले विवाह गर्न लागेको चालपाएपछि गाउँका सबै बालबालिका उनको घरमै गएर केटाका आफन्तसमेत राखेर दबाब दिएपछि रोकिएको हो ।’ बालबालिकाको दबाबपछि दुवै पक्ष रमिताको विवाह रोक्न सहमत भएका थिए ।
    रमिता फिक्कल उमावि सोल्पामा कक्षा ६ मा अध्ययन गर्दै थिइन् । उनलाई लाम्पानटारबाट एक युवक आफन्तसहित आएर विवाह गर्न परिवारसँग कुराकानी गरेपछि तिलक र बुधमायाँले छोरी रमिताको यही महाशिवरात्रीको अवसर पारेर सोमबार विवाह गरिदिने निर्णय गरेका थिए । रमितासँग विवाहको तयारी गरिएको युवकको बारेमा भने केही खुलाइएको छैन ।
    रमिताले आफूले छोरी भएकै कारण ढिला गरी पढ्ने अवसर पाएको र कम्तीमा एसएलसी नदिएसम्म विवाह नगर्ने अडान लिए पनि परिवारले विवाहका लागि सबै तयारी पूरा गरेपछि बाल क्लबलाई खबर गरेकी थिइन् ।
    रमिताको काकाको सहयोगमा बाल क्लबले बाल विवाह गर्नु गैरकानुनी कार्य भएकाले जबरजस्ती गरे केटा र केटी दुवै परिवारविरुद्ध उजुरी गर्ने दबाब दिएको थियो । यसपछि दुवै परिवारले रमिताको उमेर नपुगेसम्म विवाह नगर्ने भन्दै विवाह स्थगित गरिएको स्थानीय तथा वडा नागरिक मञ्चकी सदस्य पार्वती नेपालीले बताइन् ।
    ‘बालबालिकाको सकारात्मक कदमका कारण इच्छाविपरीत बालविवाह हुनबाट रोक्न सफल भएका छन् । उनीहरूको कदमबाट बालविवाह हुनबाट जोगिएकी रमिता पनि निक्कै खुसी भएकी छन्,’ नेपालीले भनिन् ।
    रमिताका बुबा तिलकबहादुरले भने, ‘मेरो पनि आँखा खुलिसकेको रहेनछ । बालिकाले सम्झाएपछि मेरो पनि चेत खुल्यो अब छोरीको इच्छाविपरीत कुनै निर्णय गर्दिन् । छोरीले पढ्ने चाहाना गरेसम्म पढाउँछु ।’
    बीस वर्ष कम उमेरमै बालिकाको मञ्जुरीबिना विवाह गर्न नपाइने कानुनी प्रावधान छ । विवाहका लागि कम्तिमा पनि केटीको बीस वर्ष र केटाको २२ वर्ष उमेर पुग्नु पर्ने कानुनी व्यवस्था छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.