×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बाबुराममाथि खनिए माओवादी नेता

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं: माओवादी घटक दलहरू जुट्नुपर्ने बेलामा बाबुराम भट्टराईले एमाओवादी परित्याग गरी नयाँ शक्ति नेपाल गठन गरेकामा उनका पूर्वसहकर्मी नेताहरूले आलोचना गरेका छन्। माओवादी पार्टीमात्रै त्याग नगरी माक्र्सवाद त्यागेको भन्दै सशस्त्र जनयुद्धका बेला आफन्त मारिएका जनलाई जबाफ दिन उनीहरूले भट्टराईमाथि दबाब दिएका छन्।
    उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहेका एमाओवादी सचिव टोपबहादुर रायमाझी, नेकपा क्रान्तिकारी माओवादीकी प्रवक्ता पम्फा भुसाल र क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले भट्टराईको पछिल्लो राजनीतिक गतिविधिप्रति आक्रोश व्यक्त गरेका हुन्।
    एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मतभेद हुँदा रायमाझी भट्टराईसँग नजिक थिए भने सशस्त्र जनयुद्ध सुरु गर्नुअघि संयुक्त जनमोर्चा नेपालमा भट्टराई अध्यक्ष हुँदा भुसाल महासचिव थिइन्। त्यसैगरी सशस्त्र संघर्ष हुँदा माओवादीबाट बाहिरिनुअघि थापा भट्टराई नजिक थिए। नयाँ शक्ति नेपालको संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले भने भट्टराईको बचाउ गरेका थिए।
    पत्रकार नेत्र पन्थीद्वारा लिखित ‘प्रचण्ड बाबुरामको डिभोर्स’ नामक पुस्तक विमोचनमा नेताहरूले भट्टराईको आलोचना गरेका हुन्।’तीन दिनअघि माओवादीलाई एकताबद्ध बनाएर समृद्ध नेपाल निर्माण गर्ने दस्ताबेज लेख्न हिँडेका थिए।
    तीन दिनपछि बाबुरामले पार्टी छोडेर हिँडे’, रायमाझीले भने । भट्टराईलाई कम्युनिस्ट पार्टीको सदस्यता दिने राजु नेपालीसमेत सहभागी रहेको कार्यक्रममा रायमाझीले भट्टराईप्रति लक्षित गर्दै भने, ‘माग्ने होइन, लड्ने हो। शेरबहादुर देउवा पार्टी छोडेर गए, फर्केर आएर अहिले सभापति भइसके। वामदेव गौतम एमाले छोडेर हिँडे, फर्केर आई एमालेबाट उपप्रधान तथा गृहमन्त्री भइसके। अहिले माओवादी घटक दलहरूमा पनि एकता महसुस भएको छ।’
    भुसालले भनिन्, ‘बाबुरामजीले माओवादी आन्दोलन छोड्नुभएको हो । माक्र्सवादभन्दा विकसित विचार संसारमै छैन । बाबुरामजीले एकपक्षीय रूपमा तलाक लिनुभएको छ ।’ एसएलसी परीक्षामा भट्टराईमात्रै नभएर थुप्रै विद्यार्थी प्रथम भए पनि उनीहरू भट्टराईको उचाइमा पुग्न नसकेको भुसालले बताइन्।
    ‘बाबुरामजीलाई चिनाएको माओवादी आन्दोलनले हो । बाबुराम लोकतान्त्रिक गणतन्त्रभन्दा अगाडि जानु हुन्न भनेर प्रचण्डले भन्नुहुन्थ्यो हामी पत्याउँदैनथ्यौं, तर अहिले पुष्टि भएको छ’, उनले भनिन्।
    पौडेलले आफूहरूले माक्र्सवाद नछोडेको दाबी गर्दै भने, ‘हामी सगरमाथा वा नेपाली सीमा छोडेर कतै गएका छैनौं । माक्र्सवाद कुरान र बाइबल होइन। मार्क्सवाद विज्ञान र दर्शन हो ।’ एकअर्कोलाई आलोचना नगर्न र रचनात्मक बन्न पनि पौडेलले आग्रह गरे।
    भट्टराई नेतृत्वको नयाँ शक्तिप्रति घृणा व्यक्त गर्दै थापाले भने, ‘बाबुरामसँग छोडेर रछ्यानमा फाल्न खोजिएका पात्र हौं तर हामी अहिले बाबुरामसँग छैनौं। बाबुरामले माक्र्सवाद, लेलिनवाद र माओवादलाई तलाक गर्नुभयो।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.