×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘न्यायाधीश नियुक्ति रोक्नु षड्यन्त्र’

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :गलेश्वरधाम पुगेका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ। तस्बिर: अन्नपूर्ण
    गोपाल छन्त्याल/यम विरही
    बागलुङ: सभामुख ओनसरी घर्तीबाट न्यायाधीश नियुक्ति प्रक्रिया रोकिनु न्याय र राज्यविरुद्ध षड्यन्त्र भएको भन्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आपत्ति जनाएका छन् । न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त ११ जना न्यायाधीश सिफारिस गरेकोमा सभामुख घर्तीले संविधानविपरीत भन्दै फिर्ता पठाएपछि प्रधानन्यायाधीश श्रेष्ठ आक्रोशित भएका हुन् ।
    ‘म आज संवेदनशील मोडमा आइपुगेको छु, न्याय दिने विषय मेरो निजी होइन । संविधान र विवेकको अधीनमा सबै बस्नुपर्छ,’ बागलुङमा मंगलबार कानुन व्यवसायी र न्यायाधीशहरूसँगको भेटमा श्रेष्ठले भने, ‘अदालतमा मुद्दाको चाप हुने तर नियुक्ति प्रक्रिया अलपत्र बनाउन अनर्गल प्रयास हुने ? गौंडा कुरेर बस्ने ? यो न्याय र राज्यविरुद्धको गम्भीर षड्यन्त्र हो । यो प्रवृत्तिबाट मुक्त हुनुपर्छ ।’
    श्रेष्ठले सर्वोच्चमा नियुक्ति गर्ने विधि र प्रक्रिया रहेको उल्लेख गर्दै संवैधानिक दायित्व नै निष्क्रिय पार्ने प्रयास भइरहेको टिप्पणी पनि गरे । ‘यो विचारणीय छ’, उनले भने, ‘न्यायको हक राज्यको कर्तव्य हो । कुनै बहानामा उम्कन पाइन्न । निर्णय नभए अकर्म हुन्छ, आलोच्य भए पनि ठीक हो भन्ने लागेर निर्णय भएको हो ।’
    उनले जनताको न्यायप्रतिको आस्था र चाहनामा षड्यन्त्र नगर्न पनि चेतावनी दिए । ‘न्यायिक आस्थामा कतै षड्यन्त्र नहोस्, किनकि जनताले त्यसको पहरेदारी गर्नेछन्’, उनले भने, ‘न्यायप्रतिकोण् सदासयता अभिन्न रूपमा रहनुपर्छ ।’
    अस्पतालमा बिरामीको चाप हुने तर डाक्टर नहुने अवस्था भए कस्तो होला भन्ने प्रश्न गर्दै उनले भने, ‘न्यायालयको अवस्थामा पनि त्यस्तै हो । यहाँ न्यायाधीश नियुक्ति होला भन्ने डर छ । मौका कुरेर बस्ने कस्तो प्रवृत्ति हो ?’
    प्रधानन्यायाधीशले उपभोक्ताले छिटो न्याय पाउन धेरै खर्च गर्नुपरेको र भाकल गरेर न्यायालय आउनुपर्ने समस्या रहेको पनि बताए । अहिले सर्वोच्चमा झन्डै २३ हजार मुद्दा रहेकाले रिक्त छाडेर जाने अवस्था नरहेको पनि उनले बताए । ‘हरेक दिन पेसी स्थगित गर्दा मलाई पीडा हुन्छ,’ उनले भने, ‘तर पनि मैले धिक्कार खाइरहेको छु ।’
    यसअघि प्रधानन्यायाधीश श्रेष्ठले बागलुङ जिल्ला अदालत शिलान्यास कार्यक्रममा सोमबार न्यायको घाँटी अँठ्याएर र न्यायमा अवरोध गरेर न्याय नहुने बताए । ‘घाँटी दबाउने अनि सास फेर भन्ने कुरा कसरी हुन्छ ? न्यायको चढाइँ गरेर बहादुरी हुँदैन । न्यायप्रतिको निष्ठा ठूलो हो, न्यायको विकल्प छैन’, उनले भने ।
    प्रधान्यायाधीश श्रेष्ठले मंगलबार नै म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा निर्माण हुने क्याम्पिङसहितको बहुउद्देश्यीय वाटिकाको शिलान्याससमेत गरे । संस्कृति तथा पर्यटन मन्त्रालय, गलेश्वर शिवालय क्षेत्र विकास कोष र स्थानीय बासिन्दाको सहयोग गरी ४२ लाख रुपैयाँको लागतमा निर्माण हुने वाटिकामा धार्मिक पर्यटकका लागि क्याम्पिङको व्यवस्था, व्यवस्थित भोजनालय, बालबालिका खेल्ने ठाउँ र हेलिप्याड निर्माण हुनेछ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.