×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सबै चिकित्सकको प्रमाणपत्र छानबिन सुरु

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाल्गुन २६, २०७२- नक्कली चिकित्सक भेटिने क्रम बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले मुलुकभरका सबै डाक्टरको शैक्षिक प्रमाणपत्र छानबिन सुरु गरेको छ । काउन्सिलमा दर्ता रहेका करिब १७ हजार डाक्टरको प्रमाणपत्र छानबिन सुरु गरिएको हो ।

    आगामी ६ महिनाभित्र सक्ने गरी यसै सातादेखि सबै डाक्टरको प्रमाणपत्र छानबिन काउन्सिलले थालेको हो । काउन्सिलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, उच्च माध्यमिक शिक्षा परिषद् तथा परीक्षा नियन्त्रण कार्यालयसँग मिलेर यो अभियान सुरु गरेको हो ।

    नक्कली डाक्टरको खोजी अभियानअन्तर्गत काउन्सिल, केन्द्रीय अनुसन्धान ब्युरो र उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘अपरेसन क्वाक’ लाई निरन्तरता दिँदै मुलुकभरका डाक्टरको प्रमाणपत्रलाई छानबिनको दायरामा ल्याइएको हो ।

    ‘काउन्सिलमा दर्ता रहेका सबै डाक्टरहरूको १० कक्षादेखि पास गरेको अन्तिम प्रमाणपत्रसम्मको जाँच गरिने छ,’ काउन्सिलका प्रवक्ता डा.कृष्ण अधिकारीले कान्तिपुरसँग भने, ‘जाँच प्रक्रिया सकिएपछि काउन्सिलमा दर्ता रहेका सबै डाक्टरको प्रमाणपत्र सही रहेको सन्देश गएपछि आम जनता ढुक्क हुने स्थिति आउने छ ।’

    काउन्सिलमा हालसम्म दर्ता रहेका करिब १७ हजार डाक्टरको शैक्षिक प्रमाणपत्र छानबिन सकिएपछि नयाँ थपिने डाक्टरको प्रमाणपत्र पनि छानबिन गरिने डा.अधिकारीले बताए । काउन्सिलबाट लाइसेन्स पाएका डाक्टरको प्रमाणपत्र सही भएको ग्यारेन्टी गर्न सकिने स्थिति निर्माण गरिने उनको भनाइ छ ।

    काउन्सिलका अनुसार एसएलसी र प्लस टुका प्रमाणपत्र अनलाइनबाटै जाँच्ने प्रबन्ध मिलाइएको छ भने विदेशबाट लिइएको प्रमाणपत्र विदेशी निकायसँगै समन्वय गरेर परीक्षण गर्ने प्रबन्ध मिलाउने प्रक्रिया सुरु गरिएको छ ।

    स्रोतका अनुसार हाल मुलुकमा नक्कली प्रमाणपत्रधारी डाक्टरहरू १ हजारभन्दा बढी रहेको आकलन गरिएपछि काउन्सिललगायत निकायले खोजी अभियानको दायरा फराकिलो पारेका हुन् ।

    हालै करिब २ सय डाक्टरको प्रमाणपत्र छानबिन गर्दा १५ को प्रमाणपत्र नक्कली पाइएको हो । ‘हालसम्म नक्कली प्रमाणपत्रअन्तर्गत पक्राउ परेका १५ डाक्टरको नाम मात्र सार्वजनिक गरिएको हो,’ डा.अधिकारीले भने, ‘हालको स्थितिलाई विश्लेषण गर्दा मुलुकमा नक्कली प्रमाणपत्रधारी डाक्टरको उपस्थिति भयावह रूपमा हुनुपर्छ ।’

    केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता दिवेश लोहनीले नक्कली प्रमाणपत्रधारी डाक्टरहरू कारबाहीको दायरामा नआएकाले यो गलत प्रक्रिया मौलाएको बताए ।

    ‘नक्कली प्रमाणपत्रधारी चिकित्सक आजको समस्या होइन, २० औं वर्षदेखि नै यस्तो खालको प्रमाणपत्रमा पढेकाहरू हुन्छन्,’ उनले भने । हाल देखिएको नक्कली प्रमाणपत्रधारी डाक्टर ‘टिप अफ आइसवर्ग’ मात्र भएको उल्लेख गर्दै लोहनीले वास्तविकता योभन्दा पनि बढी भयावह हुन सक्ने बताए ।

    हालसम्मको अनुसन्धानअनुसार मुलुकमा पढेकाहरूको दाँजोमा भारत वा विदेशबाट पढेर आउनेहरूको प्रमाणपत्र बढी मात्रामा नक्कली देखिएको छ । विगतमा पनि नक्कली शैक्षिक प्रमाणपत्रबारे छानबिन हुन्थ्यो । तर जोविरुद्ध उजुरी परेको छ, त्यसको मात्र छानबिन थाल्ने र एउटा ठाउँमा पुगेपछि छानबिन प्रक्रिया रोकिने गरिएको स्रोतको भनाइ छ ।

    ‘उजुरी परेकाको मात्र छानबिन गर्ने र एउटा ठाउँमा पुगेपछि रोकिनेवाला हामी छैनौं,’ काउन्सिल प्रवक्ता डा.अधिकारीले भने, ‘यसैले सीआईबीसहित तीनवटा सरकारी कार्यालयको संयुक्त टोलीले सधैंका लागि निरन्तर जाँच सुरु गरिएको हो ।’

    प्रमाणपत्र छानबिनको दायरामा सेवा निवृत्त चिकित्सकहरूसमेत परेका छन् । ‘काउन्सिलमा दर्ता भएका बहालवाला, सेवा निवृत्त वा जुनसुकै चिकित्सक हाम्रो छानबिनको दायरामा छन्,’ डा.अधिकारीले भने, ‘दर्तावाला चिकित्सक जीवनभरि अभ्यास गर्ने भएकाले लाइसेन्स पाएका हुन् कि होइनन् भन्ने मात्र हाम्रो सरोकार हो ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.