×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

यसरी अघि बढ्दै समानताका पाइला

  •  
  • मङ्गलबार, फागुन २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    विकास, समानता र सहभागितामा अन्नपूर्ण अन्तरसंवाद
    विमला राई पौडेल, पूर्व सदस्य राष्ट्रिय योजना आयोग
    सहस्राब्दी विकास लक्ष्यले हासिल गर्न नसकेका उपलब्धि प्राप्त गर्दै त्यसलाई दिगो बनाउन विश्वव्यापी रूपमा यो अभियान अघि बढाइएको छ। दिगो विकास लक्ष्य नयाँ होइन, तर महत्वपूर्ण लक्ष्य हो। यो लक्ष्यमा विश्वका सबै सरकार प्रमुखले हस्ताक्षर गरेका छन्। सन् २०१५ बाट सुरु गरिएको विकास लक्ष्यको पहिलो महत्वपूर्ण पक्ष भनेको गरिबी न्यूनीकरण गर्ने हो।सहस्राब्दी लक्ष्यअनुसार कुन क्षेत्रमा के कस्ता उपलब्धि हासिल भए र केके उपलब्धि हासिल गर्न बाँकी छ त्यसको पहिचान गरी पूर्ण रूपमा कार्यान्वयन नै दिगो विकासको लक्ष्य हो । गरिबी घटाउने लक्ष्य पूरा भए पनि असमानता कायमै रहेकाले त्यो हटाउने प्रयत्न गर्नुपर्छ।

    विश्वव्यापीरूपमै यही मुद्दामा बढी केन्द्रित छ दिगो विकास । नेपालले लैंगिक समनातालाई छट्टै लक्ष्यका रूपमा अघि सारेर सोही अनुसारको नीति र योजना बनाउन थालेको छ । लैंगिक असमानता विभेदीकरण न्यून गर्ने मात्रै होइन अन्य क्षेत्रका महत्वपूर्ण उद्देश्य हासिल गर्ने गतिलो माध्यम पनि हो।

    नेपालको परिपेक्ष्यमा के कस्ता उद्देश्य राख्ने भन्नेमा हामीले धेरै गृहकार्य गरेका थियौं। लैंगिक समानता र बालिकाको सशक्तीकरण दिगो विकासको पाँचौं लक्ष्य हो। सहस्राब्दी विकास लक्ष्यअनुसार प्राथमिक शिक्षा तहमा लैंगिक समानता कायम गर्न नेपाल सफल भएको छ तर उच्च शिक्षामा लैंगिक समानता अझै कायम हुन सकेको छैन।

    गैरकृषि क्षेत्रमा महिलाको रोजगारी ५० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ, जुन आफैंमा महत्वपूर्ण हो । समान कामका लागि समान ज्याला सुनिश्चित गर्ने भनिएको छ । गरिबी निवारणमा चुनौती छ।

    बालविवाह गर्ने, शिक्षा र स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुनेलगायत अनेकौं समाजिक समस्या छन् । जसको न्यूनीकरणका लागि महिलालाई उत्पादनमूलक स्रोतको पहुँचमा पुर्याउन आवश्यक छ।

    ऋण, जग्गा, सानाठूला व्यवसाय सबैमा महिलाको पहुँच हुन आवश्यक छ । राजनीति र निर्णय प्रक्रियामा महिलालाई समान सहभागी गराउन सहस्राब्दी विकास लक्ष्यले सकेको छैन ।सन् २०३० मा नेपालको संसद्मा २९ बाट बढाएर ४० प्रतिशत महिलाको सहभागिता जुटाउने लक्ष्य तोकिएको थियो।

    स्थानीय निकायहरुमा ३३ बाट बढाएर २४ प्रतिशत महिलाको सहभागिता पुर्याउने लक्ष्य राखिएको छ। सरकारी सेवाको निर्णय प्रक्रियामा १४ बाट २८ प्रतिशत पुर् याउने लक्ष्य पनि महत्वपूर्ण छ।

    डा. सुमित्रा अमात्य, सदस्य, राष्ट्रिय योजना आयोग
    महिलाको विकासका लागि विश्वले लिएको दिगो विकासको लक्ष्य आफैंमा महत्वपूर्ण छ। हामीले अहिले गर्ने विकासले भविष्यका सन्ततीको जीवन पनि सुखद् हुनुपर्छ। आर्थिक समानता, आर्थिक वृद्धि र वातावरण संरक्षण दिगो विकासका महत्वपूर्ण आयम हुन् । जसको कार्यान्वयनका लागि विश्वव्यापी हातेमालो जरुरी छ।
    लैंगिक समानतालाई पनि सशक्त रूपमा उठाउनुपर्छ। समानताको मुद्दा उठाउँदा त्यो न्यायिक छ कि छैन भन्ने मूल्यांकन पनि गर्न जरुरी छ। राष्ट्रिय योजना आयोगले महिलाको विकासका लागि के गर्नुपर्छ भन्ने मात्रै होइन, कसरी गर्ने भन्नेमा जोड दिएको छ । जलवायु परिवर्तनले महिला मारमा परेका छन्।खाद्यान्न अभाव हुँदा होस् या प्राकृतिक प्रोकपका बेला सबैभन्दा बढी पीडित महिला छन् । उनीहरूलाई त्यस्ता समस्याबाट जोगाउन सबै क्षेत्र महिलामैत्री हुनुपर्छ।आयोग यतिबेला तीन वर्षे चौधौं योजना निर्माणको क्रममा छ। त्यसका लागि मुलुकका सातवटै प्रदेशमा छलफल गर्ने तयारीमा छ। नयाँ संविधानका आधारमा महिलाको अधिकार संरक्षणका लागि योजना बनाउने छौं।

    भूकम्पपछि पुनर्निर्माणमा महिलालाई कसरी सहभागी गराउने भन्नेमा जोड दिएका छौं। महिलामा पनि आफू कमजोर छैनौं भन्ने सोचको विकास हुनुपर्छ। उनीहरू जबसम्म आर्थिक रूपमा स्वतन्त्र हुन सक्दैनन् तबसम्म अन्य विषयको स्वतन्त्रता प्राप्त गर्न कठिन छ।

    रुपामा भट्टराई, मानवअधिकारका लागि महिला एकल महिला समूह, भक्तपुर
    भूकम्पपछि ग्रामीण भेगमा महिला दिदीबहिनी बढी पीडित भएका छन्। उनीहरू असुरक्षित भएका छन्। यौन हिंसाको सिकार हुनेहरू पनि धेरै छन्। आर्थिक प्रलोभनमा पारेर कतिपय महिलालाई यौन हिंसाको सिकार बनाइएको छ । भूकम्पले सबै घरबारी गुमाएका दिदीबहिनी हिंसामा पर्नु आफैंमा दुखद् हो।ती महिलाले कुण्ठित हुनु परेको छ। ती महिलाको सुरक्षाका लागि नेपाल सरकार, सरोकारवाला निकाय र शिक्षित महिलाले आआफ्नो ठाउँबाट पहल गर्नुपर्छ।भूकम्पपीडित महिलाको समस्या न्यूनीकरण गर्न सकिएन भने ठूलठूला लक्ष्य पूरा गर्न सकिन्न।

    रुपा न्यौपाने
    हरेक आमाले छोराछोरीलाई समान व्यवहार गर्नुपर्छ । सासु र बुहारीले पनि एक अर्कालाई समान गर्नुपर्छ। बुहारीले पनि सासुसँग सिक्नुपर्छ र उसको सही व्यवहारको अनुसरण गर्नुपर्छ भने सासुले पनि बुहारीलाई छोरीसरह व्यवहार गर्नुपर्छ।परिवारभित्रै समानता कायम भयो भने समाजबाट असमानता आफैं हट्छ। नारी दिवसको दिन मात्रै कार्यक्रम र बहस चलाउनुभन्दा यसलाई राष्ट्रिय अभियानकै रूपमा अगाडि बढाए समाजमा समानता कायम हुन सक्छ।

    शशी प्रधान
    तराई, मधेस र पहाडमा बस्ने महिलालाई नारी दिवसबारे खासै जानकारी छैन । उनीहरूलाई यो दिवसको महत्व बुझाउन मिडियाले सशक्त भूमिका खेल्नुपर्छ। एक दिन मात्र होइन हरेक दिन सबै महिला र पछि पारिएकाहरूलाई सम्मान गर्नुपर्छ।असोजमा जारी नयाँ संविधान कार्यान्वयनमा ल्याउनुपर्छ । धेरै वर्षदेखि सम्पत्तिमा समान अधिकारको लागि संघर्ष चलिरहेको छ। यस्तो अवस्था कहिलेसम्म रहने ? नागरिकतामा समेत समान अधिकार छैन । यस्ता मुद्दालाई चाँडो समाधान गर्न विकास समानता र सहभागिताको अवधारणाले सहयोग गरोस्।

    यशोदा तिम्सिना, आयुक्त, राष्ट्रिय सूचना आयोग
    सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य कार्यान्वयन हुन नसक्नु भनेकै सूचनाको हकबारे जानकारी नभएकाले नै हो । महिलाले सूचना नपाउँदा उनीहरूको हितका लागि आएका कार्यक्रम पनि अरूले नै लिएर जान्छन्। सूचनाको हक कार्यान्वयन नभएसम्म दिगो विकासको लक्ष्य पूरा गर्न समस्या हुन्छ। जस्तै, छाउपडीबारे नबुझाएसम्म यसको अन्त्य गर्न सकिन्न।
    सरु जोशी, यूएन वुमन
    ‘दिगो विकासको लक्ष्य’ आफैँमा महत्वपूर्ण विषय हो । यस्तो विषयमा छलफल चलाउनु जरुरी हुन्छ, किनकि यो विषय विश्व समुदायमा आएको विकासको खाका हो। जुन संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकले कार्यान्वयन गर्दै आएका छन्, जसमा नेपाल पनि संलग्न छ। यसको सफल कार्यान्वयन भए विश्व अर्थतन्त्रमै परिवर्तन आउनेछ। धेरैभन्दा धेरै महिला हिंसामा परेका छन्। उनीहरूको सुरक्षा अहिलेको प्रमुख मुद्दा हो।
    प्राडा. मीना सिंह खड्का, शिक्षाविद्
    शिक्षा क्षेत्रमा दसकौं बिताएकाले धेरै महिलालाई शिक्षित बनाएको छु । पढाइ सकेको अनुभव भए पनि अझै आधा काम गरेजस्तो पनि लाग्दैन । जुन काम दिगो विकासको लक्ष्यसँगै पूरा हुन्छ भन्ने मेरो मान्यता हो । हामीले महिला विकासका लागि धेरै काम गर्नु छ । परिस्थिति सहज बनाउँदै जान सके लक्ष्य हासिल गर्न अप्ठेरो छैन।

    मेघना लामा, सदस्य, नील हीरा समाज

    आफू महिला भए पनि तेस्रो लिंगी भएकाले यस्ता कार्यक्रममा म आफ्नै परिचय पाउन सक्दिनँ । सबैतिर महिला र पुरुषको मात्रै कुरा सुन्छु, त्यसैले सबैतिर हराउएको महसुस गर्छु। तेस्रो लिंगीलाई कतै समावेश गरिँदैन। अल्पसंख्यक समूहलाई पनि समावेशीमा संलग्न गर्नुपर्छ । कसैको घरको सदस्यमा तेस्रो लिंगी नै हुनुपर्छ अनि मात्र उनीहरूको आवाज सुनिनुपर्छ भन्ने हैन । यस्तै बुझाइले धेरै तेस्रो लिंगी मरेतुल्य जीवन बिताइरहेछन् । अनि मात्रै विकास सम्भव होला।

    स्टेला तामाङ, महिला अधिकारकर्मी

    नारी दिवस भनेको गुनासो मात्र गर्ने दिन होइन । कतै हामी यही गुनासोमा मात्र अल्मलिएका त छैनौँ ? यो दिन महिला भएकोमा गर्व गरेर रमाइलो गर्ने हो।महिलाको ज्ञान, बुद्धि र सीपको प्रयोग गर्नुपर्छ र यसको प्रवद्र्धन गर्दै अघि बढ्नुपर्छ। यो अहिलेको खाँचो हो। महिलालाई सधैँ पीडित बनाएर राख्नु हुन्न । उनीहरूलाई हिरो बनाउनुपर्छ, अनि मात्रै घोषित लक्ष्य सार्थक बन्नेछन्।
    वीण सिन्हा, पत्रकार
    यस्ता अन्तरसंवाद कार्यक्रम सहरमा भन्दा ग्रामीण भेगमा गर्न सके उत्तम हुनेछ। उनीहरूलाई नारी दिवस किन मनाइन्छ भन्नेबारे जानकारी गराउन सक्नुपर्छ। उनीहरूले महिला हक, अधिकार भनेको के हो जान्न दिनुपर्छ । नयाँ संविधानमा पनि महिलाको विषयमा लेखे पनि कार्यान्वयन नभएसम्म त्यसको औचित्यमाथि प्रश्न उठिरहनेछ । मधेसी महिलाको पनि समान सहभागिता हुनुपर्छ हरेक क्षेत्रमा।
    टीका दाहाल, अपांग संघ
    यस्ता कार्यक्रमका लागि नारी दिवस नै कुर्नुपर्छ भन्ने छैन। अपांगता भएका महिलाको जीवन कष्टपूर्ण छ । त्यसैले समयानुकूल अपांग भएका महिलाबारे पनि सोच्नुपर्छ सरोकारवाला निकायले।
    पद्मिनी प्रधानांग, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल
    महिलाले भ्रष्टाचारविरुद्धको अभियानमा सशक्त भई सुशासन र विकासमा जोड दिनुपर्छ। सहनशील भएकै कारण महिला पछाडि परेका हुन् । विकासका लक्ष्य पूरा गर्न यस्ता अभियानमा सहभागी बन्नुपर्छ।
    भावना भट्ट, एनजीओ फेडरेसन नेपाल
    सरकारले महिलाबारेका सूचक निर्माण गर्नु भनेकै लैंगिकमैत्री नहुनु हो। यसले हामी सबैको भूमिकाको बोध गराउँछ । मिडियासँग सहकार्य नगर्दा यस्तो हुने गर्छ। हरेक संघसंस्थामा महिलाको सहभागिता हुनुपर्छ, सुशासन कायम हुनुपर्छ।
    बबिता बस्नेत, अध्यक्ष म्याक
    यसपटक राष्ट्रसंघले उठाएको विषयवस्तु राम्रा छन् । प्रतिबद्धता नपुगेका विषयमा प्रतिबद्धता जनाई कार्यान्वयन गर्नुपर्छ। अहिलेको परिस्थिति हेर्दा महिलाको अवस्थामा केही परिवर्तन आएको छ। आमाको पालामा बुबाको मुखसमेत सीधा हेर्न नसक्ने महिला अहिले सेनामा बुट बजारिरहेका छन्। यो परिवर्तन हो। महिला दिदीबहिनी ठूलाठूला पदमा पुगेका छन् । घोषित प्रतिबद्धता जोगाउन र बचाउन राज्यले काम गरोस्। प्रत्येक दिन महिला दिवस बनून्।
    निर्मला शर्मा, सञ्चारिका समूह
    नारी दिवस एक दिन मात्रै हैन, तीन सय ६५ दिन नै मनाउनुपर्छ । महिला उत्थानका लागि काम गर्नुपर्छ। भएका कानुनमा आवश्यक परे परिवर्तन गर्नुपर्छ, भएका कानुन कार्यान्वयन गर्नुपर्छ। महिला आयोग पुरानो छ । संविधानले दिएका हक, अधिकार कार्यान्वयन गर्नुपर्छ।
    मीरा हाडा
    ठूला कार्यक्रममा बोलिने कुरा व्यवाहरमा लागू हुन सकेका छैनन् । स्त्रीले स्त्री जन्माउँदा किन रुन्छन् ? कहिलेकाहीँ आफैँलाई प्रश्न गर्छु । एउटी महिला नै छोरी, आमा, सासू र बुहारी बन्छिन् । तर उनीहरूकै व्यवहारमा किन परिवर्तन आउन सकेन ? पति कमजोर हुन्छ भनेर पत्नीले परिवार नियोजन गर्छन् । यसमा समानता छैन । गर्भपतन गरेर महिलाको जीवन बर्बाद भइरहेको छ । यस्तो अवस्थामा ठूला एजेन्डा ल्याएर कुनै परिवर्तन हुँदैन।  

    डा. किरण रेग्मी, प्रमुख विशेषज्ञ, स्वास्थ्य मन्त्रालय

    सहस्राब्दी  विकास लक्ष्य निर्धारण सकारात्मक पक्ष हो। दिगो विकासका लागि भइरहेका प्रयास सकारात्मक छन्,  जसको कदर गर्नैपर्छ । तर यसमा यसअघि हामीले लिएका सहस्राब्दी लक्ष्यअनुसार केकस्ता उपलब्धि हासिल भए र ती कसरी प्राप्त भए भन्ने यकिन गर्दै दिगो विकासका लक्ष्य प्राप्तितिर लाग्नुपर्छ।दिगो विकासका लक्ष्य तोकिएको एक वर्ष पूरा भइसक्न लाग्यो । यसबीचमा केकस्ता काम भए भन्ने पनि मूल्यांकन हुन आवश्यक छ । सँगसँगै नेपालजस्तो देशमा तोकिएको समयमा दिगो विकासका लक्ष्य हासिल गर्ने अवस्था छ त ?

    सोच्ने बेला आएको छ । यहाँ कतिपय क्षेत्र र समुदायमा त्योभन्दा पनि आधारभूत अधिकार सुनिश्चित नभएका बेला दिगो विकासका ठूलाठूला लक्ष्य कसरी हासिल होलान्, यो पनि अर्को प्रश्न हो। यसको पनि खोजीनीति जरुरी छ। महिलाले समानता होस् या अन्य कुनै काममा पुरुषसरह पुग्नका लागि मेहनत गर्नुपर्छ। संघर्ष गरेरै प्राप्त भएको उपलब्धि दिगो हुन्छ।–

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.