×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘कहीँ छैन नारीको सम्मान’

  •  
  • मङ्गलबार, फागुन २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :जनकपुरमा मधेस आन्दोलनको क्रममा सडकमा विरोध गर्दै महिला नेतृ ।
    मनिका झा
    जनकपुरधाम: मधेस आन्दोलनमा जनकपुरका केही महिला नेतृहरू अहोरात्र खट्थे । घरको दैनिक धन्दासमेत छाडेर सडकमा जुलुस र विरोधसभामा भाग लिने गरेका विभिन्न मधेस केन्द्रित दलहरूमा आवद्ध महिला नेतृहरू ठोस नतिजाबिना आन्दोलन स्थगन गर्दा शीर्ष नेतृत्वले एकपटक आफूहरूसँग सल्लाहसमेत नलिएपछि रुष्ट भएका छन् ।
    मधेस आन्दोलनमा अग्र पंक्तिमा देखिने गरेकी तराई–मधेस लोकतान्त्रिक पार्टीकी नेतृ रेणु झाले नारी दिवसको अवसरमा जनकपुरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको बेला भनेकी थिइन्, ‘जति सुकै दिवस मनाए पनि नारीलाई न घरमा सम्मान छ न त राजनीतिमा ।’ नारी दिवसमा महिला समानताका कुरा गरिए पनि तिनै दलका नेताहरूले पार्टीभित्र महिलालाई बोल्नसमेत नदिने झा बताउँछिन् ।
    उनले भनिन्, ‘आन्दोलनका बेला प्रहरीको प्रतिकार गर्दा कुटाइ खानेदेखि जेल पर्ने पनि महिला पुरुषभन्दा कहीँ कम थिएनन् तर महिलालाई कमजोर र अज्ञानी भनेर जहिले पनि पछि पार्ने गरिएको छ ।’
    ‘अधिकारका लागि भन्दै मधेस आन्दोलनमा छ महिनादेखि तन, मन र धनले म र मजस्तै महिला लाग्यौं, कतै भेला हुनुपर्दा, लाठी लिएर जुलुसमा अगाडि हिँड्नु पर्दा मात्र महिलालाई खोजिन्छ तर कुनै निर्णायक बैठकमा कहिले पनि बोलाइँदैन । अब मधेसमा महिला समानताका लागि आन्दोलन गर्नु आवश्यक छ,’ रेणुले भनिन् ।
    ‘मधेसमा महिलालाई घरमा समेत घुम्टोभित्र बस्नुपर्ने र कुनै प्रकारको निर्णय लिँदा रायसमेत लिइँदैन’, सद्भावना पार्टीको महिला मञ्चकी महासचिव विभा ठाकुरले भनिन्, ‘घरबाटै संघर्ष गरी राजनीतिमा आउने महिलालाई अझ बढी शोषण र विभेदको सामना गर्नु परिरहेको छ ।’
    पहिलाका आन्दोलनमा पुरुषले केही महिलालाई देखाउनका लागि प्रयोग गरे पनि अहिले चेतनाको स्तरमा वृद्धि भई महिला स्वयं पनि नेतृत्व लिनका लागि सडक संघर्षमा सहभागी हुने गरेका छन् । तर पुरुषले क्षमता हुँदाहुँदै पनि विभिन्न प्रकारका बाधा अड्चन खडा गरी महिलालाई पछि पार्ने गरेको ठाकुरको भनाइ छ ।
    अधिकारकर्मी भारती झाको भोगाइ पनि उस्तै छ । ‘विशेष गरी घरबाट निस्केर राजनीतिमा, जागिरमा वा कुनै पनि पेसा अवलम्बन गर्न खोज्ने महिलालाई चारित्रिक रूपमा लाञ्छना लगाउने, उनीहरूप्रति हेय दृष्टिले हेर्ने प्रवृत्तिका कारण नारी समानताको कुरा व्यावहारमा लागू हुन नसकेको हो’, उनले भनिन् ।
    ‘पुरुषहरू राजनीतिमा लाग्दा उनीहरूलाई नेता भनी जहाँ सम्मान गर्ने गरिन्छ । त्यहीँ महिलाहरू राजनीतिमा लागे भने उनीहरूलाई उद्दण्ड, काम नपाएका, बढी जान्ने जस्ता उपमाले समाजमा नकारात्मक दृष्टिले हेर्ने प्रवृत्ति छ । यसले गर्दा मधेसी महिलाहरू राजनीतिक रूपमा अगाडि बढ्न सक्दैनन्’, भारती झाले भनिन् ।
    नारी समानता र अधिकारकै लागि भनेर धनुषामा मात्रै दर्जनौं सरकारी र गैरसरकारी संघसंस्था कार्यरत छन् । लाइफ नेपालका प्रमुख सुरैत ठाकुर तिनीहरूको निरन्तरको प्रयासका कारण ग्रामीण क्षेत्रमा महिला संगठित हुने, आयआर्जनको काममा सहभागी हुने र समूहगत बैठक गरी सामाजिक विकासका कार्यमा चासो लिने प्रयास गर्न थालेको बताउँछन् ।
    तर घरायसी रूपमा नै महिला पुरुषबीच बनाइएको विभेदको ठूलो खाडल भर्न अझै पनि दसकौं लाग्ने उनको भनाइ छ । दिवस मनाएर मात्र नारी समानताको कुरा गर्नुभन्दा पनि आर्थिक, सामाजिक र राजनीतिक रूपमा अति नै पछि परेका मधेसी महिला आफैं एकतावद्ध भई अधिकारको पक्षमा नयाँ प्रकारको आन्दोलन वा अभियान चलाउनु आवश्यक रहेको झाको भनाइ छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.