×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

विदेशीले पनि पत्याएका देउवा

  •  
  • मङ्गलबार, फागुन २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शेरबहादुर देउवालाई यतिखेरको कांग्रेस महाधिवेशनजस्तै लागेको थियो २०५८ को पुस तेस्रो साता । भारत र पाकिस्तानको तिक्ततापूर्ण अवस्थामा उनले नेपालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ११औं शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेका थिए । जसरी सभापति हुन उनले आफ्नो सबै बुद्धि, विवेक र शक्ति लगाए त्यतिबेला पनि सबै सदस्य मुलुकलाई मनाएर शिखर सम्मेलन गराउन लागिपरेका थिए । उनी बाहिर देखिएको जस्तो जे पनि बोल्ने र हडबड गर्नेभन्दा भित्री रणनीति र राजनीतिका चतुर खेलाडीमा गनिने व्यक्तिका रूपमा विदेशीले समेत बुझेका छन् ।

    भारत र पाकिस्तानको बोलचालसमेत नरहेको अवस्थामा शिखर सम्मेलन सफलतापूर्वक आयोजना मात्र गराएनन् कि भारत–पाकिस्तानको अनौपचारिक वार्तासमेत काठमाडौंमा गराए । त्यसमा उनले सफलता हात पारे । तर, अन्तिम समयसम्म उनको सफलता पूरा हुने/नहुनेमा ढुकढुकी भइरहयो । सभापतिमा पनि पहिलो राउन्डमा उनका दुवै प्रत्यासीभन्दा बढी मत भए पनि सफलता चुम्न सकेनन् । तर, दोस्रो राउन्डमा उनी अब्बल ठहरिए ।

    यस्तै भएको थियो । २०५८ पुस २० र २२ को  सार्क शिखर सम्मेलनमा । त्यतिबेला अफगानिस्तान सदस्य थिएन । भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सका कार्यकारी प्रमुख नेपाल आइसकेको भए पनि पाकिस्तानका राष्ट्रपति परवेज मुसरफ नेपाल आउन सकेका थिएनन् । तर, देउवा विश्वस्त थिए । पाकिस्तानका राष्ट्रपति मुसरफ जसरी पनि नेपाल आउनेछन् भन्नेमा । त्यो पूरा भयो । भारतले हवाई मार्ग नदिए पनि परवेज चिनियाँ मार्ग उपयोग गरेर शिखर सम्मेलनको उद्घाटन हुनु केही घण्टा अघि काठमाडौं ओर्ले ।
    उनी प्रधानमन्त्री भएपछि शिखर सम्मेलन गर्न जोड दिएका देउवाले भारत र पाकिस्तानको प्रधानमन्त्री र राष्ट्रपतिलाई एकै स्थानमा भेटाउन सफल भए । यतिखेर पनि नेपालको मित्र मुलुकको ध्यान उनीतिर केन्द्रित गरेका छन् । भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी र मुसरफबीचको वार्ताको समाचार विश्वमा त्यो बेला छाएझैं अहिले कांग्रेस महाधिवेशन पनि सबैको चासोमा परेको छ ।

    विद्यार्थी नेतादेखि विदेशीको नजरमा परेका देउवालाई सबैले आफूनिकट मान्छन् । उनलाई भारतको एक लबीले आफूनिकट मान्छ भने अमेरिका र युरोपेली मुलुकले पनि देउवालाई निर्णय गर्नसक्ने नेताका रूपमा लिएका छन् । उनले कांग्रेस फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएदेखि आफ्नो दलमै समावेशी आरम्भ गरेका देउवा आफैंले पनि आफूमा न्याय, निर्णय र समानुपातिक भावना भएको नेताका रूपमा व्याख्या गरेका छन् ।

    २०५८ को शिखर सम्मेलनमा नेपाल आएका आगन्तुक सबैले देउवाको प्रशंसा गरेका थिए । त्यसमध्ये पनि विशेष थियो परवेजको प्रशंसा । उनले भनेका थिए, ‘दुई ठूलो मुलुकबीच रहेको सार्वभौम सम्पन्न र सबल मुलुकका प्रधानमन्त्रीले यस क्षेत्रको शान्ति र विकासमा देखाएको उत्साहमा साथ दिन आउन पाउँदा खुसी लागेको छ । मेरो मुलुकप्रति अर्को छिमेकले देखाएको सानो सोचलाई यहाँको सानो मुलुकको ठूलो हृदयले जवाफ दिएको छ ।’

    नेपाली राजनीतिमा लगातार दु:ख गरेर भाग्यमानी बन्न पुगेका देउवा कांग्रेसको सभापतिमा चयन हुने पक्का भएदेखि नै विदेशीहरूले चासोका साथ जानकारी लिइरहेका छन् । राजनीतिमा बाहिर निकै हल्का देखिएको टिप्पणी हुने गरे पनि भित्र गम्भीर रूपमा गृहकार्य गर्ने व्यक्तिमा विदेशी आकलन अहिलेको निर्वाचनले झन् साबित गरेको छ । त्यसो त उनी पार्टी फुटाएको र पारिवारिक लिगेसीका कारण पार्टी नेतृत्वमा आउन सकेका थिएनन् । यद्यपि उनले २०४६ सालको परिवर्तनपछि को संसदीय तथा संविधानसभाको कुनै पनि निर्वाचनमा हार बेहोर्नु परेको छैन ।

    विद्यार्थी राजनीतिदेखि नै विदेशीको आँखामा परेका देउवाको विवाहसमेत विदेशीले जुराइदिएको उनी निकटस्थहरू अझै स्मरण गर्छन् । उनलाई भारतले भन्दा बढी पश्चिमा मुलुकले रुचाउने गरेको भन्ने धारणा राख्नेको कमी नभएको समयमा उनको विवाहसमेत पश्चिमाले जुराएपछि उनलाई दुवै छिमेकीले अलि दूरीमा राखेका थिए । तर, उनी भारतको सीमावर्तीमै हुर्केका व्यक्ति हुन् । उनको थर भएका व्यक्ति नेपालमा भन्दा भारतमै धेरै छन् । २००३ सालमा डडेलधुरामा जन्मिएका देउवाको राजनीतिक जीवन विद्यार्थीकालबाटै अघि बढेको हो । प्रजातन्त्र पुन:स्थापना हुँदा ०४६ मा देउवा कांग्रेसका सशक्त युवा नेताका रूपमा उदाएदेखि विदेशीले उनलाई विश्वासमा लिन खोजेका थिए । तत्कालीन अमेरिकी राजदूतले आरजु र देउवाको कुराकानी अघि बढाएको उल्लेख गरिन्छ । गृहमन्त्री हुँदा विवाह सम्पन्न गराउने कामसमेत विदेशीकै लबीमा भएको स्मरण उनका समकक्षीहरू गर्छन् ।

    ०४८ सालको आमनिर्वाचनमा उनी अत्यधिक मतान्तर र त्यसपछिका निर्वाचनमा विजय हासिल गर्दै आएका छन् । उनी ०५२ सालमा प्रधानमन्त्री बनेपछि उनको व्यक्तित्व थप चुलिएको हो । उनको विदेशीसँगको सम्बन्ध आफैंमा निकै राम्रो रहेको छ । सबै विदेशीलाई प्रभावमा पर्नसक्ने व्यक्तिका रूपमा उनीसँगै काम गरेको कूटनीतिज्ञहरू बताउँछन् । पार्टीभित्रको अन्तर्संघर्षमा देउवाले ०५९ सालमा कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस गठन गरी त्यसको सभापति बनेपछि पनि विदेशीले उनलाई साथ दिए । र २०६४ मा गिरिजाप्रसाद कोइरालाले नै रेड कार्पेट ओछयाएर नेपाली कांग्रेस एक भएको हो । यतिबेला उनी नेपालको मात्र नभएर अन्तर्राष्ट्रिय नेताका रूपमा पनि परिचित छन् । सोसलिस्ट इन्टरनेसनलमा रहेर काम गरिरहेका उनी सन् २००८ देखि २०१२ सम्म उपाध्ययक्ष थिए ।

    सन् २०१३ देखि हालसम्म सो संगठनको एसिया क्षेत्रको अध्यक्ष र अन्तर्राष्ट्रिय उपाध्यक्ष देउवा राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् । प्रजातान्त्रिक आन्दोलनमा पटक–पटक गरेर १० वर्ष जेलजीवन बिताएका देउवालाई यतिबेला सबैजसो विदेशीको समर्थनसमेत रहेको छ । विदेशीसँगको हेलमेल बढी भए पनि उनी राष्ट्रवादी नेताको छविमा रहेका छन् । उनले यो छविलाई कायम राख्ने या नराख्ने उनको आगामी कार्यशैलीले देखाउनेछ । भारतसँगको बिग्रँदो सम्बन्ध, चीनको सुरक्षा चासो र पश्चिमाहरूको चासोलाई मिलाएर अघि बढ्न त्यति सहज भने छैन । दुई उदीयमान शक्तिबीच रहेको पुरानो मुलुकलाई उनीहरूको हैसियतमा लैजान पुरानो र ठूलो दलको नाताले कांग्रेसको महत्त्वपूर्ण भूमिका रहन्छ, यसमा देउवाको पुरानो अनुभव र खारिएको पना जनताले हेर्न बाँकी नै छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.