×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

यसरी हुँदैछ कांग्रेसको चुनाव

  •  
  • आइतबार, फागुन २३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    फाल्गुन २२, २०७२- कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न आइतबार मतदान हुँदैछ । देशभर र विदेशस्थित जनसम्पर्क समितिबाट चुनिएर आएका करिब ३२ सय प्रतिनिधीले पार्टी सभापतिसहितको ६४ सदस्यीय केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचनमा भाग लिनेछन् । महाधिवेशनस्थल भृकुटीमण्डप अगाडिको राष्ट्रिय सभागृहमा मतदान गरिनेछ ।
    ‘निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको छ,’ कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने- ‘आइतबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।’ पार्टी कार्यालय सानेपामा रहेको निर्वाचन समितिको युनिट सभागृहमा पनि स्थापना गरिएको छ । कांग्रेसले आफ्नो महाधिवेशनमा विद्युतीय निर्वाचन प्रणालीलाई अपनाएको छैन ।


    मतदान गर्ने स्थल सभागृहमा जडित सीसी क्यामेरा । अंगद ढकाल/कान्तिपुर
    घिमिरेका अनुसार धनुषा-५ मा क्षेत्रीय निर्वाचन हुन नसकेकाले ३ हजार १ सय ६१ मतदाता छन् । तात्कालिन सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जना महाधिवेशन प्रतिनिधिले मत दिन पाउने/नपाउने भन्नेमा निर्णय हुन बाँकी छ । मनोनीतले मत दिन पाएमा मतदाता ३ हजारा १ सय ९१ पुग्ने जानकारी घिमिरेले दिए ।

    सभापति, १ महामन्त्री, १ कोषाध्यक्ष सहित खुला, महिला, प्रदेश र समावेशी सहितको केन्द्रीय सदस्य गरी ६४ पदका लागि निर्वाचन हुनेछ । पदाधिकारीको ३ पदमा १० जना सहित ३ सय १२ जना उम्मेदवार छन् ।

    घिमिरेले ति पदहरुमा मतदानका लागि ९ किसिमको मत्रपत्र तयार पारिएको बताए । उनका अनुसार पदाधिकारीमा सभापतिका लागि छुट्टै तथा महामन्त्री र कोषाध्यक्षलाई एउटै मत्र पत्र बनाइएको छ । बाँकी ७ वटा छुट्टा छुट्टै मत पत्र खुला, महिला खुला, आदिवासी जनजाति, मुस्लिम, मधेसी, दलित र प्रदेशबाट छानिने केन्दि्रीय सदस्यका लागि तयार पारिएको छ ।

    अपरान्ह ४ बजेसम्म मतदान सक्न सभागृह भित्र १ सय २५ वटा गोप्य मतदान बुथ बनाइएको घिमिरेले जानकारी दिए ।  पार्टीको विधान अनुसार बढीमा ८५ सदस्यीय केन्द्रीय समितिमा १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्रीमा निर्वाचित भएका केन्दि्रीय समिति सदस्य मध्येबाट केन्द्रीय कार्यसमितिले चयन गर्ने प्रावधान छ । महिला, दलित, जनजाति, मधेसी, मुस्लिमबाट १-१ जना सहित २१ केन्द्रीय सदस्य निर्वाचित सभापतिलाई मानोनित गर्ने अधिकार छ ।

    मतदान स्थल सभागृहमा तयार गरिएको गोप्य मतदान केन्द्र ।  अंगद ढकाल/कान्तिपुर

    सभापति जित्न ५० प्रतिशत बढी मत
    पार्टीको विधान अनुसार सभापति पदका लागि निर्वाचित हुनेले ५० प्रतिशतभन्दा एक मत बढी ल्याउनुपर्ने हुन्छ । महामन्त्री सहित अन्य पदका लागि बढी मत ल्याउने उम्मेदवार विजयी हुने छन् ।
    आइतबार हुने निर्वाचनमा कुनै उम्मेदवारले त्यती मत नल्याए सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुनेछ । मतदान सम्पन्न भए लगत्तै आइतबार साँझ सभागृहमा नै सभापतिका लागि खसेको मतको मतगणना गरिने र आवश्यक परे सोमबार बिहानदेखि दोस्रो चरणको निर्वाचनको तयारी गरिएको निर्वाचन समितिका सदस्य घिमिरेले बताए ।

    सभापतिका लागि दोस्रो चरणमा हुने निर्वाचनमा बढी मत ल्याउने २ जनाबीच प्रतिस्पर्धा हुने र त्यसमा साधारण बहुमत ल्याउने उम्मेदवार विजयी हुनेछन् ।

    अन्य पदको मतगणना सोमबारबाट
    सभापतिको परिणाम घोषणापछि मात्रै अन्य पदका लागि मतगणना हुनेछ । त्यतिन्जेल ति मतपेटिका पार्टी कार्यालय सानेपामा रहनेछन् । सभापतिको मतगणना सभागृहमा भएपनि अन्य मतगणना सानेपामा हुने घिमिरेले बताए । सभापति बाहेकको मतगणना राति नगरिने उनले जानकारी दिए ।


    मतदान गर्ने स्थल सभागृहमा मत पेटिका तयार गर्दै कर्मचारी ।   अंगद ढकाल/कान्तिपुर
    पार्टी कार्यालय सचिव प्रदीप पराजुलीले सभापति पदका लागि पुनः निर्वाचन गर्नुपरे थप एक दिन महाधिवेशन लम्बिने बताए । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको संयोजकत्वमा गोपालकृष्ण घिमिरे र खमबहादुर खाती सहितको पार्टीले गठन गरेको तीन सदस्यीय केन्द्रीय निर्वाचन समितिले क्षेत्रदेखि केन्द्रसम्मको सम्पू्र्ण निर्वाचन प्रक्रिया सञ्चालन गरेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.