×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

नितिशको चासो पानीमा

  •  
  • बिहिबार, फागुन २०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बिहारका मुख्य मन्त्री नितिश कुमारले नेपाल भारत जनस्तरको सम्वन्ध थप उचाईमा पुर्‍याउन आवश्यक भएको बताएका छन् । उनले दुई देशबीचको परम्परागत सम्वन्धलाई नयाँ पन दिदै उचाईमा लैजान सक्नुपर्नेमा जोड दिएका छन् । उनले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीसँगको भेटमा भने, ‘नेपाल र भारत बीच रहेको सामाजिक, सास्कृतिक र भावनात्मक सम्बन्धलाई उचाईमा पुर्‍याउन आवश्यक छ । यसलाई कतैबाट दखल हुने प्रकारको गतिविधी हुन दिनुहुदैन ।’

    उनी काठमाडौं आइपुगे लगत्तै सशांक कोइरालाको निवासमा पुगेर सुशील कोइरालाको तस्विरमा माल्यार्पण गर्दै उहाँप्रति श्रद्धान्जली दिएका थिए । त्यसपछि उनी राजनीतिक भेटघाटमा ब्यस्त रहेका हुन् । उनी कांग्रेसको १३ औं महाधिवेसनको उदघाटन सत्रमा सहभागी हुन काठमाडौंमा आएको भए पनि उनको भ्रमणलाई औपचारिक बनाइएको छ । सबै भेटघाटको प्रवन्ध भारतीय दूतावासले मिलाएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए ।

    उनले राष्ट्रपतिसंग नेपालको पछिल्लो अवस्था, संविधान कार्यान्वयन गर्दै अघि बढ्न राजनीतिक दलहरुले देखाएको अग्रसरतालगायतको विषयमा छलफल गरेका थिए । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि द्विपक्षीय भेटघाट गरेका छन । उक्त भेटमा पनि नेपालको राजनीतिक अवस्था, नेपाल भारत सम्वन्धको विषयमा नै चर्चा भएको थियो । उनले समृद्ध नेपाल भारतीय चाहना रहेको भन्दै त्यसमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए ।

    भारत सरकारले पछिल्लो पटक लगाएको नाकाबन्दी र त्यसले पारेको असरको बारेमा समेत उनीहरु बीच चर्चा भएको निकटस्थले बताए । जनस्तरको सम्वन्धलाई थप उचाईमा लैजानको लागि यसप्रकारको नाकाबन्दीले झन विगार्ने समेत उल्लेख गरेका थिए । उनले त्यसलगत्तै प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । ओलीसंग उनले एक घण्टा भन्दा बढि समय विताएका छन् । मुख्य मन्त्री नितिश मंगलबार (मार्च–१)  ६५ बर्षमा प्रवेश गरेकोले ओलीले जन्म दिनको शुभकामना समेत ब्यक्त गरेका थिए । प्रधानमन्त्रीले उनको शुस्वास्थ्यको कामना गर्दै जन्मदिनको उपहार समेत दिएका थिए । ओलीको भारत भ्रमण, नेपाल भारत सम्वन्ध, देखिएको असझदारी, तराईको समस्या, विहारमा बसेर नेपाली नेताहरुले गरेको तराई आन्दोलन लगायतको विषयमा छलफल भएको भेटमा सहभागिले बताए ।

    नितिशले विभिन्न अफट्रयाक छलफलमा कोशीको पानीको उपयोग गर्ने बारेमा समेत चासो देखाए । ‘बाढि नियन्त्रण मिलेर गरौला । जलस्रोतको उपायोग गर्दै मुलुकलाई समृद्ध बनाउन सक्नुहुन्छ,’ नीतिशले सुझाउँदै भने, ‘अब समृद्धिमा जोड दिनु होला ।’ सहभागिले उक्त भेटको बारेमा निकै लामो र उपायोगी रहेको भन्दै भने भारतको विहारमा भएको विकासलाई मोडलको रुपमा लिएर नेपालले पनि समृद्धिको बाटो अघि बढाएको जानकारी प्रधानमन्त्रीले दिएका थिए । उनले सुरक्षा देखि सबै क्षेत्रको लागि नेपाल शान्त, स्थिर र समृद्ध भएको हेर्न भारतले चासो देखाएको मुख्य मन्त्रीले बताएका थिए ।

    उनी अहिले होटल द्धावारिकामा बसेका छन । उनी बिहीबार कांग्रेसको महाधिवेसनमा सहभागि हुने छन् । त्यहाँ उनले सम्वोधन समेत गर्ने कार्यक्रम रहेको छ । पटक पटक नेपाल आउन खाजेपनि उनले केन्द्र सरकारबाट स्विकृत पाउन सकेका थिएनन् । भारतका आफ्नो प्रदेशको मुख्य मन्त्रीले विदेश भ्रमण गनै केन्द्रबाट स्विकृत लिन पर्ने हुन्छ । त्यो कारण उनी सरकारमा रहदा रहदै पनि नेपाल आउन निकै असहज भएको थियो । उनलाई स्वागत गर्न कांग्रेस विदेश विभागका पदाधिकारीहरु एअरपोर्ट पोगेका थिए । उनले आए लगत्तै नेपालमा निमन्त्रणा गर्नेहरु प्रति आभार ब्यक्त गरेका थिए । नेपाली कांग्रेसले नेपाली जनतलाई प्रजातन्त्रको लागि मात्र लडेन र भारतको स्वतन्त्रताको लागि पनि लडेको इतिहास बोकेको पार्टिको महाधिवेसनमा सहभागि हुन आफू आउन पाउदा खुसी लागेको समेत ब्यक्त गरेका थिए ।

    नेपालको सीमा जोडिएको विहारका मुख्यमन्त्री हुनाले उनको यो आगमनलाई सरकारले पनि महत्व दिएको छ । होटलमा मधेसी दलका नेताहरुलाई भेटेका छन् । मोदीका कडा आलोचकको रुपमा रहेको भए पनि उनी नेपाल आउनु अघि मोदीसंग छलफल गरेर नेपाल आएका थिए । उनले विदेशमन्त्रालयको अधिकारीसंग पनि निकै छलफल गरेर नेपाल आएका हुन । दारिकामा आयोजित रात्री भोजमा पनि अधिकांश राजनीतिक दलका नेताहरु उपस्थित भएका थिए । उनलाई भारतिय राजदूत रणजित रायले पनि विमानस्थलमा स्वागत गरेका थिए भने सबै भेटमा पनि उनी साथ साथ थिए ।

    भारतीय जनता दल युनाईटेडका नेता केसी त्यागी पनि नीतिशसँगै थिए । विहिबार आउने भाजपा उपाध्यक्ष र नेपाल भारत प्रबुद्ध समुहको सदस्य भगतसिंह कोशियारीले पनि प्रधानमन्त्रीलाई भेट्ने छन् । त्यस्तै बंगलादेशका संचारमन्त्री हसनुल हक इनु, सोसलिस्ट इन्टरेनसनलका महासचिव लुइस आइला पनि नेपाल आइसकेका छन । अन्य दर्जन भन्दा बढि विदेशी राजनीतिज्ञहरु नेपाल आइसकेको विदेशी समन्वयमा लागेका राकेश हमालले बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन २०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.