×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

संस्थापनबाटै दुई प्यानल

  •  
  • बिहिबार, फागुन २०, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फाल्गुन २०, २०७२- कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलको नेतृत्वमा संस्थापन पक्षको प्यानल बुधबार औपचारिक रूपमा घोषणा भएको छ । यो प्यानलबाट महामन्त्रीमा शशांक कोइरालाले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षको उम्मेदवार घोषणा हुन सकेको छैन ।

    पौडेलले अपराह्न ४ बजे पार्टी कार्यालयबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

    पौडेल नेतृत्वको प्यानल घोषणा हुनु एक घण्टाअघि संस्थापन पक्षकै महामन्त्री कृष्णप्रसाद सिटौलाको प्यानल घोषणा भएको थियो । संस्थापन पक्षको निर्णयसँग असहमति राख्दै गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताले पनि सभापतिमै उम्मेदवारी घोषणा गरेकी छन् । उनले आफ्नै निवासमा दिउँसो १ बजे उम्मेदवारी घोषणा गरेकी हुन् ।

    कार्यवाहक सभापति पौडेल नेतृत्वको प्यानल पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक घोषणा भइरहँदा ठूलो भीडका कारण कार्यक्रमस्थल अस्तव्यस्त बनेको थियो । आफ्नो नेतृत्वमा उम्मेदवारीको औपचारिक घोषणापछि बोल्दै गर्दा पौडेल केहीबेर भावुक पनि भए । संस्थापन पक्षबाटै सिटौला र सुजाताको उम्मेदवारीका कारण उनी भावुक भएका हुन् ।

    उनले कांग्रेसको मूलधार आफ्नै नेतृत्वको प्यानलसँग रहेको बताउँदै कार्यकर्तालाई नअत्तालिन आग्रह गरे । ‘विवाद भएका बेला कार्यकर्ताले कांग्रेसको मूलधार कहाँ छ भनेर हिजो पनि बीपीलाई सोध्ने गर्थे । बीपीले भन्नुहुन्थ्यो, ‘जहाँ गणेशमान, कृष्णप्रसाद र म छु, त्यहीं कांग्रेसको मूलधार हो भन्नुहुन्थ्यो,’ बीपी–पुत्र शशांक र गणेशमान–पुत्र प्रकाशमान सिंहको अनुहार देखाउँदै पौडेलले भने, ‘अहिले कांग्रेसको मूलधार भनेको यही हो । हामी नै हौं ।’

    कोषाध्यक्षका लागि चर्चा रहेकामध्ये पद्मनारायण चौधरी र फरमुल्ला मन्सुर कार्यक्रममा समेत उपस्थित थिएनन् । मन्सुर, चौधरी, सीतादेवी यादव र किरणदेवी यादवमध्येबाट कोषाध्यक्ष चयन गरिने संस्थापन पक्षका एक नेताले बताए । घोषणा सभामा प्रवक्ता दिलेन्द्र बडु, केन्द्रीय सदस्यहरू रामशरण महत, महेश आचार्य, शेखर कोइराला, आनन्द ढुंगाना, आमोद उपाध्याय, आफताव आलम, दिलबहादुर घर्ती, मीनेन्द्र रिजाल, बलबहादुर केसी, धनराज गुरुङ, मीना पाण्डे, कमला पन्त, जीवन परियार, रामचन्द्र तिवारी, प्रदीप पौडेल, गोविन्द भट्टराई, कल्याण गुरुङ, महेन्द्र शर्मालगायतको उपस्थिति थियो ।

    महामन्त्री प्रकाशमान सिंहको प्रस्ताव र केन्द्रीय सदस्य रामशरण महतको समर्थनमा पौडेल प्यानलको औपचारिक घोषणा गरिएको थियो । पौडेलले बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईकै लिगेसी आफ्नो प्यानलसंँग जोडिएको बताए । पौडेलले बीपी–पुत्र शशांकलाई सिंगो कांग्रेसको इतिहासको प्रतीकका रूपमा अघि सारे । ‘डा. शशांक कोइरालालाई महामन्त्री बनाउन पाएकोमा मलाई ठूलो बल मिलेको छ,’ पौडेलले भने, ‘हाम्रो यो टिमले नै कांग्रेसलाई नयाँ जीवन दिन्छौं ।’

    पौडेल आफ्नै समकालीन प्रतिस्पर्धीप्रति केहीछिन आक्रामक पनि भए ।

    नेविसंघले बिहान लैनचौरमा राखेको कार्यक्रममा आफूमाथि गरिएको दुव्र्यहारप्रति संकेत गर्दै उनले कांग्रेसको संस्कृति र संघर्षमाथि हमला हुन लागेको बताए । ‘साम, दाम र दण्डभेद अपनाएर पार्टी हडप्ने प्रयास भइरहेको छ,’ पौडेलले भने, ‘यस किसिमका विकृति, विसंगतिबाट सावधान हुन म सबैसँग आग्रह गर्छु ।’ कार्यक्रममा पौडेललाई बोल्न नदिने गरी हुटिङ भएको थियो ।

    पौडेलले ‘हाम्रो कांग्रेस, राम्रो कांग्रेस’ बनाउने प्रतिबद्धता राख्दै पार्टी, लोकतन्त्र र राष्ट्रको पक्षमा निरन्तर सोच्ने, बोल्ने र गर्ने कर्मठ नेतृत्व आवश्यक रहेको उल्लेख गरे । उनले मधेसमा समस्या समाधान गरी संविधानको कार्यान्वयन गर्ने दिशामा आफू लाग्ने प्रतिबद्धता जनाए ।

    उनले संस्थापन पक्षबाटै उम्मेदवारी परेका सिटौला, केन्द्रीय सदस्य गगन थापा र सुजाता कोइरालालाई समेट्न प्रयास भइरहेको बताए । ‘उहाँहरू कुन ठाउँमा बसेर काम गर्न चाहनुहुन्छ । रोजेर बस्नुहोस्, व्यवस्थापनका लागि हामी खुला छौं,’ पौडेलले भने, ‘मलाई अझै आफ्नो निर्णयमा पुनर्विचार गर्नुहुन्छ भन्ने लागेको छ ।’

    पौडेलले आफूले मध्यमार्गी नेताका रूपमा भूमिका निर्वाह गर्ने बताए । ‘हिजो पनि बीपी र सुवर्णशमशेर, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादबीच विवाद हुँदा मध्यस्थकर्ता बनेर मिलाउने भूमिका मैले खेलें,’ उनले भने, ‘यो पार्टीलाई मिलाएर लैजान सक्ने खुबी र क्षमता मसँग छ ।’

    महामन्त्री सिंहले संविधान कार्यान्वयन गर्ने दिशामा पौडेल नेतृत्वको टोली सक्षम रहेको बताए । उनले सबैलाई मिलाएर पार्टी हाँक्न सक्ने क्षमता भएकै कारण आफूहरूले पौडेललाई समर्थन जनाएको बताए । नेता महतले इमानदारी, निष्कलंक, क्षमतावान नेताका रूपमा पौडेलको चिनारी रहेको बताउँदै यो टिमले पार्टीलाई हाँक्न सक्ने बताए ।

    संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्ध बनाउने दिशामा पौडेल नेतृत्वको टिम सक्षम हुने उनको दाबी थियो । महामन्त्रीका उम्मेदवार शशांकले महाधिवेशन नीति, नेतृत्व र संगठनमा केन्द्रित हुने बताउँदै अहिलेपनि समाजवादको सान्दर्भिकता उत्तिकै रहेको बताए ।

    ‘कृष्णप्रसाद र बीपीको आदर्शबाट म प्रभावित छु,’ उनले भने, ‘तपाईं कार्यकर्ताको मार्गनिर्देशनबाट म अघि बढ्छु ।’ यसैबीच प्यानल नबनाई सभापतिमा उम्मेदवारी दिएकी सुजाताले युवाको प्रतिनिधित्व गर्न आफ्नो उम्मेदवारी आएको बताइन् । उनले गिरिजाप्रसाद कोइरालाको विरासत आफैंले लिने बताउँदै सुजाताले थपिन्, ‘गिरिजाप्रसादकी छोरी हुँ । म जे भन्छु, त्यही गरेर छाड्छु ।’

    पार्टीलाई नयाँ दिशाबाट हाँक्न र सबैको भावनाअनुसार पार्टी सञ्चालन गर्न आफूले उम्मेदवारी दिएको उनले बताइन् । सुजाता आफूलाई नबनाएर शशांकलाई महामन्त्री बनाएकोप्रति असन्तुष्टि जनाउँदै आएकी छन् । उनले आफ्नो उम्मेदवारीबाट पछि नहट्ने बताइन् ।

    वरिष्ठ नेता शेरबहादुर देउवाको घोषणा आज
    वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले बिहीबार आफ्नो प्यानल घोषणाको तयारी गरेको छ । देउवा पक्षीय केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहान ११ बजे महाधिवेशनको उद्घाटनअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्यानल घोषणा गरिने भएको हो । देउवा पक्षबाट महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादव छन् ।

    देउवा पक्षले केन्द्रीय सदस्यहरूमा पनि मोटामोटी उम्मेदवार तय गरेको छ । उसले पार्टीभित्र छुट्टै समूह बनाएका खुमबहादुर खडका, कुलबहादुर गुरुङलगायतलाई पनि समेट्ने गरी केन्द्रीय सदस्यको प्यानल बनाउने तयारी गरेको छ ।

    स्रोतका अनुसार प्यानलमा पूर्वसभामुख तारानाथ रानभाट, पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, पूर्वमन्त्री लक्ष्मण घिमिरेलाई पनि केन्द्रीय सदस्यमा राख्ने तयारी छ । आफ्ना सदस्यहरूको संरक्षण गरी संस्थापन पक्षीय प्रतिनिधिहरूलाई आफूतिर तान्न देउवा पक्ष रणनीतिक योजनाका साथ लागेको छ ।

    सिटौला समूहबाट थापा र चौधरी

    कांग्रेस महामन्त्री कृष्ण सिटौला र गगन थापाको समूहले नेतृत्वका लागि छुट्टै प्यानल घोषणा गरेको छ ।

    सिटौलाले सभापति, थापाले महामन्त्री र उमाकान्त चौधरीले कोषाध्यक्षमा उम्मेदवारी दिने बुधबार पत्रकार सम्मेलनमार्फत घोषणा गरेका हुन् । राजधानीको बत्तीसपुतलीमा महाधिवेशन प्रतिनिधि र शुभेच्छुकहरूले भरिएको हलमा तीन नेताले उम्मेदवारीको औचित्यबारे प्रस्ट पारेका थिए । सभापतिका उम्मेदवार सिटौलाले कांग्रेस अब ‘लिगेसीको आधारमा कुनै परिवारमा सीमित रहन नसक्ने बताए । युवा समेतलाई समेटेर पार्टीलाई अघि बढाउन र संविधानका उपलब्धि कार्यान्वयन गर्न आफ्नो नेतृत्व आवश्यक परेको उनले बताए ।

    ‘बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला लगायतले आफ्ना लागि राजनीति गर्नुभएको थिएन,’ सिटौलाले भने, ‘कांग्रेस ‘लिगेसी’को नाममा कुनै परिवारमा रहन सक्दैन ।’ पार्टीमा यति वर्ष उति वर्ष काम गरेको भन्दा पनि मुलुक र पार्टीलाई कसरी अघि बढाउने भन्ने भिजनका आधारमा नेतृत्व स्थापित हुनुपर्ने उनको भनाइ थियो । उनले आफ्नो सम्बोधनको अधिकांश समय मुलुकलाई शान्ति प्रक्रियामा ल्याउने, संविधान निर्माणलाई पार लगाउने लगायत काममा आफ्नो भूमिकाबारे व्याख्या गरेका थिए ।

    गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा शान्तिप्रक्रिया र संविधान निर्माण पूरा भएकाले अब संविधान कार्यान्वयनमा पनि उनीहरूकै भावनाको प्रतिनिधित्व गर्न सक्ने नेतृत्व आवश्यक पर्ने सिटौलाको धारणा थियो । उनले महाधिवेशन प्रतिनिधिहरूलाई लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशितालगायत संविधानका प्रावधानको व्यावहारिक कार्यान्वयनमा नेतृत्वले प्रभाव पार्ने भएकाले गम्भीरतापूर्वक विचार गर्न आग्रह गरे । ‘हामी तीनै जना (सिटौला, थापा, चौधरी) लाई अहिले तपाईंहरूले जिम्मा लिनुहोस्,’ सिटौलाले भने, ‘अहिले हाम्रो जिम्मा लिनुभयो भने भोलि तपाईंहरूको जिम्मा हामी लिनेछौं ।’

    महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले पनि संविधानको मर्म बुझ्ने पुस्ता नेतृत्वमा आउनुपर्ने बताए । नयाँ पुस्ताको अपेक्षालाई पूरा गर्ने गरी पार्टीलाई अघि बढाउने योजनाअनुसार आफूले उम्मेदारी घोषणा गरेको थापाले बताए ।

    पार्टी मात्र नभई देश नै मिलाउने नेतृत्वको खाँचो रहेकाले त्यसका लागि नयाँ पुस्ताको विचार समेट्न सक्ने व्यक्ति आवश्यक परेको उनको धारणा थियो । ‘पहिलो पुस्ताप्रति हाम्रो सम्मान छ, उहाँहरूले गरेका योगदान महत्त्वपूर्ण छन्,’ थापाले भने, ‘तर अब नयाँ परिवेशमा पुरानो पुस्ताले नयाँलाई जिम्मेवारी दिँदै जानुपर्छ ।’ उनले बीपी कोइराला, गिरिजाप्रसाद कोइरालाको विचारको उत्तराधिकारी अहिले कांग्रेसले खोजेको र आफूहरूको समूहले त्यसको प्रतिनिधित्व गर्ने दाबी गरे । ‘बीपीको छोरा होइन, उहाँको रगत मसँग छैन । तर मेरो नसा–नसामा उहाँको विचार बगेको छ,’ थापाले भने ।

    ससुरा अर्जुननरसिंह केसीसमेत महामन्त्रीको उम्मेदवार बनेको सन्दर्भमा उनले उम्मेदवारी घोषणा गर्दा कोसँग प्रतिस्पर्धा हुँदै छ भन्ने आफूलाई राम्ररी ख्याल भएको बताए । ‘म मेरो ससुरा होइन, बुवासँग चुनाव लड्दै छु । ससुरा र मेरो सम्बन्धप्रति मेरो ठूलो आस्था र गौरव पनि छ, यो प्रतिस्पर्धामा उत्रिँदा मलाई व्यक्तिगत रूपमा जटिलता पनि थियो,’ थापाले भने, ‘यो कठोर निर्णय गर्ने बेलामा मैले मेरो परिवार, व्यक्तिगत सम्बन्ध हेरेको छैन, मेरा छोरी पुस्ताको भविष्य हेरेर गरेको छु ।’

    ४० वर्षभन्दा मुनिको पुस्ताले विदेशमा कमाएको पैसाले मुलुक चलिरहेको उल्लेख गर्दै ती पुस्तालाई अबको १५ वर्षभित्र कुनै आशा जगाउने काम नहुने हो भने अहिले प्राप्त राजनीतिक उपलब्धिसमेत गुम्न सक्ने थापाले बताए । ‘महाधिवेशन प्रतिनिधिहरूलाई भन्न चाहन्छु, अब लगत्तै स्थानीय निकाय, प्रदेशको चुनाव आउँदै छन्, ती चुनावमा ४० वर्षभन्दा कम उमेरका झन्डै ६२ प्रतिशत मतदाता हुनेछन्,’ उनले भने, ‘आफ्नै लागि मत माग्दा कुन पुस्तालाई तपाईंले पार्टीलाई ल्याउनुभयो, त्यसको ख्याल मतदाताले राखिरहेका हुनेछन् ।’

    प्रतिस्पर्धामा उत्रने अन्य उम्मेदवारलाई आफ्नो उम्मेदवारीको औचित्य सावित गर्न पनि थापाले चुनौती दिए । ‘पहाडसँग कुहिनो बजार्न खोज्दा आफ्नै कुहिनोलाई चोट पुग्छ,’ थापाले भने । उनले पार्टीभित्र संस्थापन पक्ष भनेर गरिने कित्ताकाटप्रति तीव्र रोष प्रकट गरे ।

    ‘पार्टी एकीकरण भएपछि सबै संस्थापन हो, को संस्थापन हो, को विस्थापन हो भन्ने सर्टिफिकेट दिने को हो ?’ उनले प्रश्न गरे । कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका चौधरीले संविधान कार्यान्वयनका लागि आफूहरूको उम्मेदवारी आएको बताए । उनले पैसाका नाममा पार्टीको सिद्धान्तलाई खरिद गर्न खोजिएको टिप्पणी गरे । सभामा कांग्रेस नेताहरू भीमसेनदास प्रधान, रामकुमार चौधरी, अमरराज कैनी, उषा गुरुङ, अमृतलाल राजवंशीलगायत उपस्थित थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन २०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.