×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चीनसँग जोडिएका सीमास्तम्भबारे सरकार बेखबर

  •  
  • बिहिबार, फागुन २०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो

    दोलखा: नेपालको चीनसँग सीमा जोडिएको दोलखाको लामाबगर गाविसमा रहेको सातवटा सीमास्तम्भमध्ये दुईवटा सीमास्तम्भबारे सरकार बेखबर रहेको पाइएको छ ।
    सीमामा दुई स्तम्भ पहिलेकै ठाउँमा नभए पनि नेपाल सरकारले त्यसबारे कुनै चासो दिएको देखिँदैन ।
    चीनसँग सिमाना जोडिएको लामाबगर गाविसस्थित जोमखोला ङुयाङ्लुङमा रहेको ६० नम्बरको पिलर २०५५ सालमा बाढीले बगाइसकेको छ ।
    ५६ नम्बरको पिलर पनि बगाउने अवस्थामा रहेको स्थानीयवासीले पटकपटक जानकारी गाउँदा पनि स्थानीय प्रशासनले कुनै ध्यान नदिएको उनीहरुके गुनासो रहेको छ ।
    त्यसैगरी लामाबगरको लप्ची गुम्बाभन्दा माथि रहेको ५७ नम्बरको पिलर पनि हिउँले ढाकेको स्थानीयको भनाइ छ ।
     चीनसँग सीमा जोडिएको लामाबगर गाविसमा रहेको ५५, ५८, ५९ र ६१ नम्बरको पिलर भने पहिलेकै अवस्थामा रहे पनि ती पिलरको देखरेख हुन नसकेको स्थानीयवासीको भनाइ छ ।
    चीनसँग सीमा जोडिएको लामाबगरको फलाक मार्ग सञ्चालन, नेपाल, भारत र चीन जोड्ने लामाबगरसम्मको सडक निर्माण, नियमित सीमा बैठक, भूकम्पपछि अवरुद्ध भएको तातोपानी नाका निर्वाध सञ्चालनजस्ता कुरालाई नेपाल सरकार र चीन सरकारले प्राथमिकता दिन नसकेको सरोकारवालाको गुनासो रहेको छ ।
    चीनसँग सीमा जोडिएका जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र नेपालसँग सीमा जोडिएको चीनको सीमा क्षेत्रका प्रशासकबीच कम्तीमा हरेक वर्ष संयुक्त बैठक हुनुपर्नेमा सोसमेत हुन नसकेको बताइन्छ ।
    दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने सीमास्तम्भ र सीमा क्षेत्रको गतिविधिबारे सरकारले चासो दिएको उल्लेख गर्दै भूकम्पपछि भने दुई देशको सीमा अधिकारीको बैठक भने हुन नसकेको बताउँछन् ।
    दोलखाको लामाबगरस्थित चीनसँगको सिमानामा रहेको सीमास्तम्भमध्ये ५६ र ६० नम्बरको स्तम्भमा समस्या रहेको उनी बताउँछन् ।
    समस्या रहेको पिलरको मर्मत गरि साविक ठाउँमा राख्न नेपाल तथा चीन सरकारको नापी विभागको प्राविधिकसहितको टोलीले छिट्टै काम सुरु गर्ने दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने बताउँछन् ।
    चीनसँग सीमा जोडिएको दोलखाको लामाबगर नाकाबाट बेलाबेलामा तिब्बती शरणार्थी प्रवेश गर्ने घटना भएकाले पनि लामाबगर छोटी भन्सार तथा सीमा कार्यालयलाई व्यवस्थित गर्न दुवै देशले चासो दिनुपर्ने देखिन्छ ।
    तर लामो समयदेखि सीमाका कर्मचारी भने जिल्ला प्रशासन कार्यालय चरिकोटमा नै बसेर दुर्गमको समेत तलब भत्ता खाने गरेका छन् । यहाँ अधिकृत र केही कर्मचारीको दरबन्दी रहेको छ । रासस

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन २०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.